इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

  • इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

    सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

    पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।

    ६९ हजार ३७४ मत गणना भइ सुहाङ विजयी भएका ह्रुन्।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation