नेपाललाई जितका लागि वेस्ट इन्डिजले दियो २१० रनको लक्ष्य

  • काठमाडौं । नेपालले जितका लागि २१० रनको विजय लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएपछि नेपालले २१० रनको लक्ष्य पाएको हो ।

    वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट ८४ रन जोडे । उनले ५४ बलको सामना गरे । त्यस्तै फाबिअन एलेन ३३ रनमा नटआउट रहे । त्यस्तै एलिक एथान्ज ५ रन बनाएर आउट हुँदा जोनसन चार्ल्सले ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै केइसी कार्टीले ४ रन जोडे ।

    नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १/१ विकेट लिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation