वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो १७३ रनको लक्ष्य

  • काठमाडौं । अन्तिम टी–२० खेलमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको हो ।

    वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे । रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

    बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ – ३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो ।
    अभिनाश बोहोराले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation