शिल्पीमा परियारको नाटक ‘बाजी’ 

  • काठमाडौं। रूसी कथाकार एन्टोन चेखवको कथा ‘द बेट’ मा आधारित नाटक ‘बाजी’ को यहीँ बैशाख २४ गतेदेखि बत्तीसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ। नाटकलाई रंगकर्मी रविन परियारले नाट्य रूपान्तरण तथा निर्देशन गरेका छन्। परियारको यो पहिलो नाटक निर्देशन हो ।

    एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा ‘द बेट’ एक सोच उत्तेजक कथा हो। जसले मानवको प्रकृति, नैतिकता र ज्ञानको खोजीका विषयवस्तुहरू माथी अन्वेषण गरेको छ। नाटकले भौतिक सम्पत्ति र नैतिक सम्पत्तिको मूल्य बीचको भिन्नतालाई परिभाषित गर्न खोजेको छ।

    शिल्पी थिएटरको प्रस्तुति रहेको नाटक ‘बाजी’मा अनुप तिमिल्सिनाले संगीत संयोजन गरेका छन्। यसैगरी प्रकाश व्यवस्थापन प्रेम चन्द पाण्डेयको रहेको छ भने भेसभुषा संगीता उराँवले गरेकी छिन्।

    ‘बाजी’ मा कलाकारहरू गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, रविन परियार र जय प्रकाश ताजपुरियाले अभिनय गरेका छन्।

    नाटक यही वैशाख ३० गतेसम्म मंगलबार बाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation