ट्राफिक चाप घटाउन अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा

  • काठमाडौँ । ट्राफिक चाप घटाउन सरकारले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अण्डरपास र ओभरपास निर्माणलाई प्राथमिकता दिने घोषणा गरेका हुन् ।

    आगामी वर्षभित्र ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपास सञ्चालनमा ल्याइने राष्ट्रपति पौडेलले बताए । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले भने,‘दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राखेर सडक निर्माण गरिनेछ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation