घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गरिने

  • काठमाडौँ । सरकारले घरेलु मदिरा ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन गरिने बताएका हुन्।

    सरकारले ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिएको उनको भनाइ छ ।

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले घरेलु मदिरालाई वैधानिकता दिने नीति लिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation