एकपटक बोल्न पाउनु पर्‍यो, मागेको त्यत्ति हो : गृहमन्त्री लामिछाने

  • काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफुले संसद्मा बोल्न पाउनुपर्ने माग कायमै राखेका छन् ।

    बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हु्न् । उनले लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्‍यो, त्यत्ति हो मागेको । यति घिन लाग्दो मिडिया ट्रायल ???’

    सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

    केहिबेरमा संसद् बैठक बस्दै छ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation