विश्वकपअघि नेपालले अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग अभ्यास खेल (वामअर्प म्याच) खेल्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग अभ्यास खेल खेल्ने पक्का भएको हो।

आईसीसीले वामअर्प म्याचका लागि २७ मेदेखि १ जुनसम्मको तालिका सार्वजनिक गरेको छ ।

नेपालले २७ मेमा क्यानडासँग खेल्ने छ। यो खेल ग्रान्ड प्रेयरी क्रिकेट रंगशाला, टेक्सासमा हुनेछ। दुई दिनपछि सोही रंगशालामा नेपालले अमेरिकासँग अभ्यास खेल खेल्ने छ।

  • प्रकाशित मिति :- शुक्रबार, जेष्ठ ४, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |