माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर अस्ट्रेलियामा दुई नेपालीको मृत्यु

  • काठमाडौं । अस्ट्रेलियाको सिड्नीको समुद्रमा माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ ।

    उनीहरूको नाम सार्वजनिक भएको छैन । तर, २२ र २५ उमेरका दुई नेपालीहरू को दक्षिण सिड्नीको समुद्र किनारमा सोमबार पौने तीन बजे दिउसो ज्यान गएको सेभेन न्यूज ले जानकारी दिएको छ ।

    उच्च जोखिम क्षेत्रमा लाइफ ज्याकेट नलाईकन माछा मार्ने क्रममा उनीहरूको ज्यान गएको बताइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation