युगान्डालाई जितका लागि अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

  • काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरकेको खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ ।

    युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २० ओभरमा अफगानिस्तानले ५ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।

    अफगानिस्तानका ओपनरद्वय रहमनुल्लाह गुरबाजले ७६ र इब्राहिम जद्रानले ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै नाजिबुल्लाह जद्रानले २ रन जोडे भने गुलबदीन नइब र अजमतुल्लाह उमरजाइ ५ रनमा आउट भए । मोहम्मद नबीले नटआउट १४ रन जोडे भने राशिद खान २ रनमा नटआउट रहे ।

    युगाण्डाका लागि ब्रेइन मासाबा र कसमस केवाटाले २/२ विकेट लिए । त्यस्तै अलपेस रमाजानीले १ विकेट लिए ।

    अफगानिस्तान र युगाण्डा दुवै समूह सीमा छन् । यसअघि यो समूहमा रहेका वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच खेल भइसकेको छ । जसमा वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation