Category: मनोरञ्जन

मनोरञ्जन

  • ‘गाउँ आएको बाटो’ सामाजिक व्यवसायिक जिबनको यथार्थ चित्रण

    ‘गाउँ आएको बाटो’ सामाजिक व्यवसायिक जिबनको यथार्थ चित्रण

    बुटवल। नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर समेत सार्वजनिक गर्दै निर्देशक सुब्बाले नेपाली समाजको यथार्थ चित्रण भएको कथा बुनिएको बताए।

    ३ मिनट ३० सेकेण्ड लामो ट्रेलरले फिल्मको कथावस्तुबारे विस्तृत प्रकाश पार्छ । फिल्मले नेपालको पूर्वी पहाडी क्षेत्रको एउटा दुर्गम गाउँमा बस्ने एक बाबुछोराको सम्बन्धमा नवनिर्मित बाटोले ल्याएको उतारचढावको कथा पेश गर्छ । चोयाको उत्पादन गर्दै गाउँ बाटै बजारीकरण गरेको बाबुले गाउंमा बाटो आएपछि व्यापारमा तुसारापात आएको र पारिवारिक कस्ट भोग्नुपरेको कथालाई स्पस्ट चित्रण गरिएको निर्देशक सुब्बा बताउछन। सो अवसरमा बोल्दै फिल्मका कलाकार समेत रहेका राज थापा काउचाले नेपालि समाजको वास्तविक कथा र आफ्नै पनको फिल्म भएकाले दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल शाखा रुपन्देहीको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा बोल्दै फिल युनिटले नेपाली दर्शकको लागि जेष्ठ २५ गते ‘गाउँ आएको बाटो’ ठुलो उपहार बन्ने अपेक्षा गरेका छन्।

    फिल्ममा दयाहाङ राई र पशुपति राई दम्पतीको भूमिकामा छन् । बाल कलाकार प्रसन राईले बिन्द्रेको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा फिल्मको दृश्य कम्पोज, रङ संयोजक र पार्श्वध्वनि सशक्त महसुस हुन्छ। समाजको यथार्थ कथा बुनिएको फिल्मले नेपाली चलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउने बिश्वास फिल्म टिमको रहेको छ।

    ‘सडकले केही लिएर आउँछ, केही दिन्छ र लगेर पनि जान्छ,’ टिजर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निर्देशक सुब्बाले भने, ‘यो कथा हाम्रो बाल्यकालको कथा पनि हो ।’प्रसिद्ध टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म बुसान, मुम्बई, साओ पाउलो, बेइजिङ फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको छ ।
    फिल्मको छायांकन अमेरिकी छायांकार जोस हेरम, ताइवानका क्वान पुन लुङले सम्पादन र हङकङकी हाइडी लीले संगीत कम्पोज गरेका हुन् । यो फिल्मको लेखन निर्देशक सुब्बा र महेश राईले गरेका हुन् भने आमोद राई निर्माता हुन् ।

    मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको प्रस्तुतिमा फिल्मको नेपाल रिलिज हुन लागेको हो । जेष्ठ २५ गते देश बिदेशमा एकैपटक यो फिल्म प्रदर्शन हुने जनाइएको छ ।

  • बिक्की र श्रद्धाको शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक (भिडिओ)

    बिक्की र श्रद्धाको शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक (भिडिओ)

    काठमाडौं । प्रसारणको तयारीमा रहेको टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ को टिजर सार्वजनिक गरिएको छ।

    ओएरसआर रियालिटी युट्युब च्यानलमार्फत सार्वजनिक टिजरमा शोका कलाकारहरूलाई प्रस्तुत गरिएको छ।

    अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा, अभिनेता विजय बराल, मोडल पवित्रा साँकी (मिस पबि), कमेडियनहरू सुन्दर खनाल, हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा शोमा देखिँदैछन्। त्यस्तै, गायक सिडी बिजय अधिकारी र भिजे सुजाता श्रेष्ठ पनि शोमा जोडिएका छन्।

    बिक्की अगरवाल र श्रद्धा प्रसाईंले निर्देशन गर्ने शोलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले  होस्ट गर्दैछिन्। असार दोस्रो सातादेखि शो प्रसारणमा आउने तयारीमा छ।

    यसअघि ‘आम्मा कसम याँ दुख्छ’ को होस्टसँगै ‘कमेडी क्लब विथ च्याम्पियन’ को निर्देशन पनि गरेका बिक्कीले ‘कमेडी दरबार’ पारिवारिक कमेडी शो हुने र आइरहेका भन्दा फरक फर्माटमा ल्याउन लागिएको बताए।

    माया इन्टरटेन्मेन्ट स्टुडियोले प्रस्तुत गरेको शो प्राइम टाइम टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने छ।

    भिडिओः

    https://youtu.be/HDJX59awxd4?si=xIkCckuSOcFVol2r

     

  • दर्शकको रोजाइमा अनमोल

    दर्शकको रोजाइमा अनमोल

    बुटवल। दर्शकले अनमोल केसीको १० औ फिल्म फर्की-फर्की लाई असाध्यै मनपराएको तथ्य खुलेको छ। उनको यस अघिको चलचित्रबाट निराश दर्शकले अनामोल्लाई एकपटक फेरी फिल्म क्षेत्रमा चान्स दिएका छन्। आफ्नो जोडी जसिता गुरुङ संग जमाएका अनमोल अभिनित पछिल्लो फिल्म फर्की-फर्की मा दर्शक खचाखच भरिएपछि अहिले फिल्महलमा पनि रौनक छाएको छ। रिलिजको दिन बिहिबार देखि नै हाउसफुल बनिरहेको फर्की-फर्की लाई अनमोलको फरक अभिनय , दमदार चकलेटीपन र एक्सनलाईफेरी दर्शकले मनमा क्याच गरेका छन।

    बुटवलको द्वारिका उदय सिनेमाका कृष्ण श्रेष्ठका अनुसार फर्की-फर्कीले ओपनिङ्ग देखिने लगातार एकानासाको ब्यापार गरेको बताउछन। त्यस्तै क्यु बक्स आइ एन आइ का संचालक महेन्द्र नारायण श्रेष्ठले बुटवलला दर्शको रोजाईमा फेरी अनमोल परेकोले फिल्म शुरु देखि नै हाउसफुल बनेको बताएका छन्। त्यस्तै दर्शक अधिक आउने भटभटेनिमा रहेको क्यु एफ एक्समा पनि लगातार हरेक दिन हाउसफुल रहेको म्यानेजर महेश्वर बताउछन। बिहिबार देखिने फिल्म हेर्न आउने दर्शक उत्तिकै संख्यामा रहेको उनको दावी छ।

    टीनएजमा आउने उतारचढाव र त्यो उमेरमा गरिएका स साना गल्ति र आडम्बरले जिबनमा पार्ने प्रभावका बारेमा बनेको फिल्म फर्की-फर्कीको कथा बस्तु घर आउदा सम्म फर्की-फर्की मनमा आउने दर्शक बताउछन। अनमोलको अभिनयले जो कसैलाई पनि फेरी एउटा उत्साह थपिदिएको दर्शकको भनाई छ। फिल्ममा अनमोल र जसितासंगै निर्मल शर्मा, कृष्ण मल्ल, रवि काफ्ले र समृद्धि अर्यालको पनि अभिनय छ ।

  • बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !

    बादशाह र हनी सिंहको शत्रुवत सम्बन्ध अन्त्य !

    काठमाडौं । भारतीय र्‍यापरद्वय बादशाह र हनी सिंहबीच लामो समयदेखि चल्दै आएको शत्रुवत सम्बन्धको अन्त्य भएको छ । बादशाहले आफ्नो तर्फबाट शत्रुवत सम्बन्धको अन्त्य भएको घोषणा गरेका छन् ।
    देहरादुनमा भएको ‘ग्राफेस्ट २०२४’मा बादशाहले हनी सिंहसँगको आफ्नो झगडा अन्त्य भएको घोषणा गर्दै फ्यानलाई अचम्मित बनाएका हुन् ।

    मे २४ मा भएको कन्सर्टमा बादशाहले आफ्नो प्रस्तुतीलाई बीचमा नै रोकेका थिए । त्यसपछि उनले हनी सिंहको बारेमा बोलेका थिए । ‘मेरो जीवनको एक समय थियो, जब एक व्यक्तिविरुद्ध इश्र्या गर्थे र अब त्यसलाई पछाडि छोड्दैछु । र त्यो हनी सिंह हो । म कुनै गलत हल्लाका कारण खुशी थिइनँ । मलाई महशुस भयो कि जोड्ने वाला थोरै थिए र तोड्ने वाला धेरै । आज म सबैलाई भन्न चाहन्छु कि जिन्दगीको त्यो समयलाई मैले छोडिदिएको छु, मेरो शुभकामना ऊप्रति छ’, बादशाहले भनेका छन् ।

    बादशाह र हनीबीचको शत्रुता र झगडाको सुरुवात सन् २००९ मा भएको थियो  दुवैले माफिया मुुन्डिरबाट आफ्नो बाटो अलग गरेका थिए । यसपछि दुवै कलाकारबीच तनाव बढ्दै गएको थियो । कहिले सामाजिक सञ्जालमा त कहिले आफ्नो गीतको माध्यमबाट एकअर्कालाई निशाना साँधिरहेका थिए । तर, ति दुवै एकै समयमा एकै एउटै क्षेत्रबाट उदाएका कलाकार थिए ।

    कन्सर्टमा बादशाहले हनीसँगको शत्रुतापूर्ण व्यवहारको अन्त्य भएको घोषणा गरेपछि उनका फ्यानहरुले तालि बजाएर खुशी ब्यक्त गरेका थिए ।

  • शिल्पीमा परियारको नाटक ‘बाजी’ 

    शिल्पीमा परियारको नाटक ‘बाजी’ 

    काठमाडौं। रूसी कथाकार एन्टोन चेखवको कथा ‘द बेट’ मा आधारित नाटक ‘बाजी’ को यहीँ बैशाख २४ गतेदेखि बत्तीसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन सुरु भएको छ। नाटकलाई रंगकर्मी रविन परियारले नाट्य रूपान्तरण तथा निर्देशन गरेका छन्। परियारको यो पहिलो नाटक निर्देशन हो ।

    एन्टोन चेखवले सन् १८८९ मा लेखेको कथा ‘द बेट’ एक सोच उत्तेजक कथा हो। जसले मानवको प्रकृति, नैतिकता र ज्ञानको खोजीका विषयवस्तुहरू माथी अन्वेषण गरेको छ। नाटकले भौतिक सम्पत्ति र नैतिक सम्पत्तिको मूल्य बीचको भिन्नतालाई परिभाषित गर्न खोजेको छ।

    शिल्पी थिएटरको प्रस्तुति रहेको नाटक ‘बाजी’मा अनुप तिमिल्सिनाले संगीत संयोजन गरेका छन्। यसैगरी प्रकाश व्यवस्थापन प्रेम चन्द पाण्डेयको रहेको छ भने भेसभुषा संगीता उराँवले गरेकी छिन्।

    ‘बाजी’ मा कलाकारहरू गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, रविन परियार र जय प्रकाश ताजपुरियाले अभिनय गरेका छन्।

    नाटक यही वैशाख ३० गतेसम्म मंगलबार बाहेक हरेक दिन साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुनेछ।

  • प्रदिप भन्छन् : प्रेमको ट्याग हटेर मैतबहादुर हुँदैछु

    प्रदिप भन्छन् : प्रेमको ट्याग हटेर मैतबहादुर हुँदैछु

    बुटवल। चकलेटी अभिनेता केहि बर्ष अगाडी प्रेमको नाममा परिचित भए। यस्तो लाग्छ कि दर्शकले उनलाई बाटोमा हिड्दा समेत प्रेम भनेर बोलाउन लागे। आफ्नो बास्तबिक नाम समेत अभिनयका कारण फेरिएका प्रदिपको अब नाम फेरिने गरी अझै कसरत भएको बताउछन चलचित्र पुजार सार्कीमा ! एक पछि अर्को सुपरहिट फिल्म खेल्दै आएका प्रदीप खड्का नेपाली फिल्मका वर्तमान समयका सुपरस्टार हुन् । ‘प्रेमगीत’बाट अभिनेताको रूपमा पहिचान बनाएका खड्का नेपाली फिल्म बलिउडसम्म पुर्‍याउन सफल छन् । सन्तोष सेनाले निर्माण तथा निर्देशन गरेको उनको फिल्म ‘प्रेम गीत ३’ बलिउडमा रिलिज भएको थियो ।पछिल्लो समय फिल्म ‘प्रकाश’ अभिनयबाट माउथ पब्लिसिटीका कारण समीक्षागत रूपमा पनि चर्चा कमाएका उनी करिब ४ वर्षपछि ‘पूजार सार्की’ मार्फत दर्शक माझ आएका छन् । फिल्म समीक्षागत र व्यावसायिक दुवै रूपमा सफल हुने उनको अपेक्षा छ । ‘पूजार सार्की’मा अहिलेसम्मकै फरक र स्वतन्त्र क्यारेक्टर निर्वाह गरेको उनी बताउँछन् ।

    विभिन्न तरिकाले पुजार सार्कीको प्रमोशनमा व्यस्त प्रदिप आर्यन सिग्देल र पल शाहसंगै गीत संगीत सारबजनिक भएसंगे नयाँ लुकमा दर्शक रिझाउदै छन्। स्वतन्त्र पात्रले समाजमा राम्रो स्थान पाउँदा त्यसको सकारात्मक या नकारात्मक कुन दिशा तिर जान्छ भन्ने बिषयमा मैतबहादुर तल्लिन रहेको प्रदिप बताउछन। फिल्म ‘प्रेम गीत’ पछि पनि धेरै फिल्ममा फरक फरक भूमिका निर्वाह गरेका प्रदिपले आफ्नो चरित्रले परिचय फेर्न नसकेको बताउंदै ‘पूजार सार्की’मा गरेको ‘मैतबहादुर’को चरित्रले आफ्नो परिचय फेर्ने बिश्वास ब्यक्त गरेका छन्। प्रदिप भन्छन-“फिल्म रिलिजपछि धेरैले मलाई यही नामले बोलाउँछन् भन्ने विश्वास हो । फिल्ममा त्यो चरित्रले जतिको इन्जोय गरेको छ, मैले पनि अभिनय सिलसिलामा त्यतिकै इन्जोय गरेको थिए । दर्शकले त्योभन्दा पनि इन्जोय गर्छन् । यो मेरो विश्वास हो।”

    जेठ १० गते रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को टिम र राष्ट्रिय दलित आयोगका पदाधिकारी बिच छलफल भएको छ। जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित भएर बनेको यो चलचित्र प्रति योगले चासो देखाउँदै यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा छलफल कार्यक्रम राखेको थियो।दिनेश राउतको निर्देशनमा तयार भएको ‘पूजार सार्की’मा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ।फिल्मको २ वटा प्रमोसनल गीत रिलिज भैसकेको छ भने ट्रेलर रिलिज हुने तयारीमा छ।

  • ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृस्ट प्रतिक्रिय

    ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन, दर्शकको उत्कृस्ट प्रतिक्रिय

    काठमाडौं । युवा डाइरेक्टर तथा लेखक एबम संचारकर्मी रामजी ज्ञवालीको पछिल्लो डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौंमा विशेष प्रदर्शन गरिएको छ।शुक्रबार बेलुका कमलपोखरीस्थित बिग मुभिजनमा गरिएको प्रदर्शनमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रह्यो।फिल्मका कलाकारहरू हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र सविना राउतसहित निर्माण टिमका सदस्यहरू विशेष प्रदर्शनमा उपस्थित रहे।

    रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार ‘रित्तो गाउँ’ ले युवा पलायनले रित्तिंदै गएको गाउँको कथा प्रस्तुत गरेको छ। यसअघि आधा दर्जन बढी सर्ट फिल्म केही म्युजिक भिडिओ निर्माण गरेका ज्ञवालीले त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रा.डा उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित रहेर डकुमेन्ट्री सर्ट फिल्म निर्माण गरिएको बताए।रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौंको आयोजनामा विशेष प्रदर्शन गरिएको थियो।

    निर्देशक ज्ञवालीले काठमाडौंबाट फिल्मको विशेष प्रदर्शन सुरूआत गरिएको बताए। उनका अनुसार अब देशका विभिन्न ठाउँसँगै विदेशमा समेत ‘रित्तो गाउँ’ प्रदर्शन गर्ने तयारी छ।बुटवल, हेटौंडामा छिट्टै विशेष प्रदर्शन गर्ने तयारी रहेको बताउँदै ज्ञवालीले जापान, हङकङ र अमेरिकामा पनि फिल्मको प्रदर्शन तय भएको जानकारी दिए।आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल कार्यकारी निर्माताका रूपमा छन्।

    निरज कंडेलको छायांकन रहेको फिल्मको सम्पादन नहकुल खड्काले गरेका हुन्। फिल्ममा कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् भने साउण्ड डिजाइनर भरत कंडेल हुन्।