Tag: टी-२० विश्वकप

  • अमेरिकाले सुपर ओभरमा हरायो पाकिस्तानलाई

    अमेरिकाले सुपर ओभरमा हरायो पाकिस्तानलाई

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अमेरिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।

    समूह ‘ए’मा रहेको अमेरिकाले बिहीबार राति ग्रान्ड प्रिएरीमा भएको खेलमा पाकिस्तानलाई सुपर ओभरमा ५ रनले पराजित गर्दै ऐतिहासिक जित निकालेको हो।

    पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो। एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले अतिरिक्त ७ रन उपहार दिएका थिए। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पाकिस्तान एक विकेट गुमाएर १३ रनमा समेटिएको हो।

    त्यसअघि सुरुमा ब्याटिङ गरेको पाकिस्तानले ७ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको अमेरिकालेसमेत ३ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

    विश्वकपमा पहिलो हारसँगै पाकिस्तान अंकबिहीन बनेको छ। अमेरिका दोस्रो जितसँगै चार अंकका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। अमेरिकाले पहिलो खेलमा क्यानडालाई सात विकेटले हराएको थियो।

    पहिलो खेलमा नै पराजित भएपछि पाकिस्तानलाई सुपर-८ मा पुग्न दबाब पुगेको छ।‌ अब पाकिस्तानले दोस्रो खेल चिरप्रतिद्वन्द्वी भारतसँग खेल्दैछ।

  • विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित

    विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित

    काठमाडौं । आईसिसी टी-२० विश्वकपको समूह ‘सी’मा रहेको युगान्डाले पहिलो जित निकालेको छ। दोस्रो खेलमा बिहीबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गर्दै युवान्डाले दुई अंक जोडेको हो। यसअघि पहिलो खेलमा युवान्डा अफगानिस्तानसँग १२५ रनले पराजित भएको थियो।

    पिएनजीले दिएको ७८ रनको लक्ष्य युवान्डाले १८ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो।

    युवान्डाका लागि ५६ बलको सामना गर्दै एक चौकाको मद्तमा रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए। जुमा मियागीले १३ रन जोडेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    पिएनजीका लागि अले नाओ र नर्मन भानुआले समान दुईदुई विकेट हात पारे भने असद भालाले एक विकेट लिए।

    टस हारेर सुरुमा ब्याटिङ गरेको पिएनजीले १९ दशमलव १ बलमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको थियो। उसका लागि हिरि हिरिले सर्वाधिक १५ रन जोड्दा लेगा सियाका र किप्लिन डोरिगाले समान १२–१२ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका थिएनन्।

    पिएनजीको ब्याटिङ लाइनलाई कमजोर पार्न युगान्डाका लागि चार जना बलरले समान दुई दुई विकेट लिएका थिए। अल्पेश रामजानी, कोशमास क्युवटा, जुमा मियागी, फ्रैंक न्युबगडाले समान दुईदुई विकेट लिएका थिए भने ब्रायन मसाबाले एक विकेट लिएका थिए।

    दोस्रो खेलमा युवान्डाले दुई अंक जोड्दा पिएनजी भने अंकबिहीन बनेको छ। पहिलो खेलमा पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले पराजित भएको थियो। समूह ‘सी’मा अफगानिस्तान, वेस्ट इन्डिज, पिएनजी, युवान्डा र न्युजिल्यान्ड छन्।

  • ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

    ओमानविरुद्ध ब्याटिङ गर्दै अस्ट्रेलिया

    काठमाडौं बिहीबार बिहानै आईसिसी टी-२० विश्वकप अन्तर्गत दुई खेल हुँदैछन्। बिहान ६ : १५ बजे सुरु हुने खेलमा टस जितेर ओमानले फिल्ड रोजेपछि अस्ट्रेलियाले सुरुमा ब्याटिङ गर्दैछ।

    समूह ‘बी’मा रहेको अस्ट्रेलिया पहिलो खेल खेल्दैछ। पहिलो खेलमा नामिबियासँग सुपर ओभरमा पराजित भएको ओमान पहिलो जितको खोजीमा हुनेछ।

    बिहान ५:१५ बजे सुरु भएको खेलमा पपुवा न्युगिनी (पिएनजी)ले युगान्डाविरुद्ध ब्याटिङ गरिरहेको छ। टस जितेर सुरुमा फिल्डिङ रोजेको युगान्डाले सातौं ओभरको समाप्तिमा पिएनजीको चार विकेट लिइसकेको छ।

    समूह ‘सी’का युगान्डा र पपुवा न्युगिनी दुवै पहिलो जितको खोजीमा छन्। यसअघि युवान्डा अफगानिस्तानसँग पहिलो खेलमा १२५ रनले पराजित भएको थियो भने पिएनजी वेस्ट इन्डिजसँग ५ विकेटले हारेको थियो।

  • भारतविरुद्ध आयरल्याण्ड ९६ रनमा अलआउट

    भारतविरुद्ध आयरल्याण्ड ९६ रनमा अलआउट

    काठमाडौं आइसीसी टी–२० विश्वकप अन्तर्गत समुह ए अन्तर्गतको खेलमा आयरल्याण्डले भारतलाई ९७ रनको लक्ष्य दिएको छ ।

    न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड १६ ओभरमा अल आउट हुँदै ९६ रन मात्रै बनाउन सक्यो ।

    उसका लागि ग्यारेथ डेलानीले २६ रन बनाए । १४ बलको सामना गरेका उनले दुई चौका र दुई छक्का प्रहार गरे । त्यस्तैकर्टिस क्याम्फरले १२, लोर्कन टकर १६ रन बनाए । ओपनर एन्ड्रयू बालबर्नीले ५ र पॉल स्टर्लिंगले २ रन बनाए ।

    यता भारतका लागि हार्दिक पाण्ड्याले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले २७ रन खर्चिए । त्यस्तै अर्शदीप सिंह र जस्प्रीत बुमराह दुईदुई तथा अक्षर पेटल र मोहमद सिराजले एकएक विकेट लिए ।

    यस विश्वकपमा दुवैको यो पहिलो खेल हो । टी२० खेलमा आयरल्याण्डले अहिलेसम्म भारतलाई पराजित गर्न सकेको छैन । अहिलेसम्म दुवैबीच ७ खेल भएको छ, जसमा सबै खेल भारतले जितेको छ ।

    समुह ए मा रहेको अमेरिकाले आफ्नो पहिलो खेल जितेको छ भने क्यानडा पराजित भएको छ ।

  • नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

    नेदरल्याण्ड्ससँग नेपाल ६ विकेटले पराजित

    काठमाडौं । टी२० विश्वकप क्रिकेट २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

    फिल्डिङमा लगातार कमजोरी गर्दा र महत्वपूर्ण क्याच छोड्दा नेपालले पहिलो खेलको जीत पनि नेदरल्याण्ड्सको पोल्टामा हालिदिएको हो ।

    टस हारेर पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन जोडेको थियो । १०७ रनको विजय लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १०९ रन बनायो ।

    नेदरल्याण्ड्सका लागि म्याक्स ओ डाउडले अविजित सर्वाधिक ५४ रन जोडे । विक्रमजीत सिंहले २२, साइब्राण्ड ई. ले १४ र बास डी लीडीले अविजित ११ रन बनाए ।

    त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले पाँच चौकासहित ३७ बलमा ३५ रन जोडे ।

    करन केसीले २ छक्कासहित १२ बलमा १७ रन जोड्दा गुल्शन झाले १५ बलमा १ छक्कासहित १४ रन जोडे । अनिल साहले ११ रन जोड्दा बाँकी ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले १/१ विकेट लिए ।

    १३औ‍ं ओभरको पहिलो बलमा सोमपाल कामीले नेदरल्याण्ड्सका ननस्ट्राइक ब्याट्सम्यान साइब्राण्ड ई.लाई रनआउट गरेका थिए ।

  • विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा

    विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा युगान्डामाथि अफगानिस्तानले १२५ रनको शानदार जित निकालेको छ। टस टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो।

    १८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो। युगान्डाका लागि रोबिन्सन ओबुयाले सर्वाधिक १४ रन बनाए भने रियाजत अली शाहले ११ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। पावर प्लेमै युगान्डाले पाँच विकेट गुमाएको थियो।

    युवान्डालाई सस्तैमा समेट्न अफगानिस्तानका फजलहक फारुकीले ९ रन दिएर लिए पाँच विकेट लिए। राशिद खान र नविन उल हकले समान दुईदुई विकेट लिए भने मुजीब उर रहमानले एक विकेट लिए।

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका थिए। अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन्।

    रहमान ४५ बलमा चार चौका र चार छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा अर्का ओपनर इब्राहिम ४६ बलमा ९ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदै आउट भए। ओपनिङ आकर्षक गरेको अफगानिस्तानको मध्यक्रमका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्। मोहम्मद नाबीले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    टस जितेर सुरुमा फिल्ड रोजेको युगान्डाका लागि कशमस कियुटा र ब्रायन मसाबाले दुईदुई विकेट हात पारेका थिए भने अल्पेश रामजानीले एक विकेट लिएका थिए।

    समूह ‘सी’मा अफगानिस्तान र वेस्ट इन्डिजले विजयी सुरुवात गरेका छन्। यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको थियो। पपुवा न्युगिनी (पिएनजी)लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो। यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

  • युगान्डालाई जितका लागि अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

    युगान्डालाई जितका लागि अफगानिस्तानले दियो १८४ रनको लक्ष्य

    काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरकेको खेलमा अफगानिस्तानविरुद्ध जितका लागि युगान्डाले १८४ रनको लक्ष्य पाएको छ ।

    युगाण्डाले टस जितेर फिल्डिङ रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । जसमा निर्धारित २० ओभरमा अफगानिस्तानले ५ विकेट गुमाउँदै १८३ रन बनाएको हो ।

    अफगानिस्तानका ओपनरद्वय रहमनुल्लाह गुरबाजले ७६ र इब्राहिम जद्रानले ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै नाजिबुल्लाह जद्रानले २ रन जोडे भने गुलबदीन नइब र अजमतुल्लाह उमरजाइ ५ रनमा आउट भए । मोहम्मद नबीले नटआउट १४ रन जोडे भने राशिद खान २ रनमा नटआउट रहे ।

    युगाण्डाका लागि ब्रेइन मासाबा र कसमस केवाटाले २/२ विकेट लिए । त्यस्तै अलपेस रमाजानीले १ विकेट लिए ।

    अफगानिस्तान र युगाण्डा दुवै समूह सीमा छन् । यसअघि यो समूहमा रहेका वेस्ट इन्डिज र पपुवा न्युगिनीबीच खेल भइसकेको छ । जसमा वेस्ट इन्डिजले पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

  • सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध

    सुपर ओभरमा नामिबियासँग ओमान स्तब्ध

    काठमाडौं । अमेरिका–वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा पहिलोपटक भएको सुपरओभरमा ओमानले हार व्यहोरेको छ ।

    नामिबियाले ६ बलमा २१ रनको विशाल स्कोर खडा गरेको थियो । जवाफमा ओमानले खराब ब्याटिङ गर्दै नतिजा सुम्पियो ।

    नामिबियाले ६ बलमा एक विकेट गुमाएर १० रन मात्र जोड्न सक्यो । नामिबियाका डेबिड वाइजी उत्कृष्ट बलिङ गर्दै टिमलाई जित दिलाए ।

    त्यसो त नामिबियाले खेल नियमित २० ओभरमा नै जित्नुपर्थ्यो । अन्तिम ओभरमा जितका लागि ५ रन मात्र आवश्यक हुँदा पनि नामिबियाले जित निकाल्न सकेन । पहिलो ओभरमा विकेट, दोस्रोमा डट बल र तेस्रोमा फेरि विकेट खेलमा अप्रत्याशित ट्वीस्ट आएको थियो ।

    अन्तिम ओभरमा नामिबियालाई जितका लागि २ रन चाहियो । यहाँ ओमानले खेल आफ्नो पक्षमा पार्ने सहज मौका सदुपयोग गर्न सकेन । फिल्डरले रन आउटको अत्यन्तै सजिलो मौका खेर फालेपछि खेल सुपरओभरमा धकेलिएको हो ।

  • ओमान र नामिबियाको खेल सुपर ओभरमा

    ओमान र नामिबियाको खेल सुपर ओभरमा

    काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नामिबिया र ओमानबीचको खेल सुपर ओभरमा धकेलिएको छ ।

    ११० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०९ रन मात्रै बनाउन सक्यो ।

    अन्तिम ओभरमा नामिबियालाई जितका लागि ५ रन मात्रै चाहिएको थियो भने हातमा ६ विकेट बाँकी थियो । तर पहिलो र तेस्रो बलमा विकेट गुमाएपछि नामिबिया दबाबमा आयो ।

    अन्तिम ३ बलमा नामिबियालाई ५ रन आवश्यक रह्यो ।

    चौथो बलमा ब्याट्सम्यानले १ रन मात्रै जोड्न सके । ५ औँ बलमा २ रन बटुले । अन्तिम बलमा नामिबियालाई जितका लागि २ रन आवश्यक थियो ।

    मेहरान खानले फ्याँकेको बलमा डेबिट वाइजी बिट भएपछि १ रनका लागि दगुरे । ओमानसँग रन आउटको सजिलो मौका थियो तर फिल्डरले नजिकैबाट पनि विकेट ढाल्न सकेनन् । नामिबियाका ब्याट्सम्यानले १ रन पूरा गरेपछि खेल बराबरी भयो ।

  • आयोजक वेस्ट इन्डिजले पीएनजीलाई हरायो

    आयोजक वेस्ट इन्डिजले पीएनजीलाई हरायो

    गुयाना । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औँ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।

    रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर ९ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए । चेसले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।

    टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए ।

    बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए भने अलेई नाओ र चाद सोपर र जोन कारिकोले एक–एक विकेट हात पारे ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का हिर्काए ।

    त्यस्तै, किपलिन डोरिगाले १८ बलमा २७ रन बनाए भने कप्तान असद भालाले २२ बलमा २१ रनको योगदान दिए । चाल्र्स अमिनीले १४ बलमा १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।

    वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट हात पारे ।