एक कप समय

  • क्याफेको टेबलमा २ कप चिया लिएर पर्खिरहे तिमीलाई तर तिमी आएनौ र थाहा छ आउदैनौ पनि
    त्यो कपमा रहेको चियासङ्गै चिस्सिदै छ हाम्रो सम्बन्धपनि तर पर्खिरहन्छ मन, पर्खन छोड् भन्यो पट्क्कै मान्दैन।

    जुध्छन् नजर अनि अनायसै लुक्छन् पनि
    जोडिन खोज्छ मन अनि पलभरमै छुट्छन् पनि
    पोखिन खोज्छ भावना अनि क्षणमै समेटिन्छ पनि
    कोरिन्छन् शब्दका विम्बहरु अनि धुँवासरी मेटिन्छ पनि ।ब्यर्थ छ सब,
    थाहा छ तिनमा अर्थ राख्न सकिन्न , न सकिन्छ व्यर्थ मान्न
    तिमीले सहजै इन्कार गरेको चियाको कपबाट पर मन जादैँ जान्न ।
    तर एक अन्तिम पटक तिमीसगँ भेट्न मन छ
    न नछुट्टिने बाचा बुन्न मन छ, न तिम्रो समिपमा उघ्नँ मन छ
    बस् एक कोस परबाट हेर्नु मन छ , मनमनै अङ्गालो बेर्नु मन छ
    समयलाई पल भरको लागी थुन्न मन छ, मप्रतिको तिम्रो भावना सुन्न मन छ ।

    बस् एउटा क्याफेमा एक कप चिया पिउन्जेलको अवधि
    सुनीरहन चाहन्छु तिम्रा आवाज आफु एक शब्द केही नभनी
    त्यसपछि बिलिन हुने छु, न खोज्ने छु न भेटिने छु
    मानौ म थिइदै थिइन जगतमै त्यसरी नै मेटिने छु
    कसम छोड्ने छैन तिमीलाई कुनै रुपको आपत्ती
    के दिन सक्छौ मात्र एक कप समय सापटी ?

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation