फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

  • काठमाडौं । नेपाली बजारमा साताको पाँचौँ कारोबार दिन आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

    छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation