साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से बढेर २६९५.५५ अंकमा पुगेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा म्यूचुअल बाहेक सबै समूहको परिसूचक बढेको छ । जसमध्ये आज कारोबार भएका कम्पनीमध्ये २२२ वटाको शेयर मूल्य बढ्यो भने २२ वटाको शेयर मूल्यमा गिरावट आयो ।

आज नेप्सेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु स्मार्ट फन्डको कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

  • प्रकाशित मिति :- आइतवार, चैत्र १६, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |