देवदह वडा नम्बर -५ मा वडा खेलकुद समिति गठन

देवदह । देवदह नगरपालिका वडा नं ५ ले वडास्तरको खेलकुद समिति गठन गरेको छ । देवदह नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं ५ का वडाअध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा शुक्रबार बैठक बसी  वडास्तरीय खेलकुद समिति गठन गरिएको हो ।

वडा अध्यक्ष डुम्रेले वडा नं ५ खेलकुद समिति गठन गर्ने पहिलो वडा भएको दाबी गरे । उनले वडामा रहेका खेल प्रेमी युवाहरुलाई हिम्मत र प्रोत्साहन गर्ने, नयाँ खेलाडी उत्पादन गर्ने उद्देशका साथ उक्त समिती गठन गरिएको बताए । उनले पहिला खेल्कुद समिती नबनेको हुदा बजेट पास गर्न उपभोक्त समिती निर्माण गर्नु पर्ने भएको र उक्त क्रियाकलपले बेरुजु देखिने हुदा आगमी दिनहरुमा यस समितीले वडामा आयोजना हुने सम्पुर्ण खेलको नगर खेलकुद समिती सङ समन्वय गरि विकास गर्न आग्रसर रहने बताए ।

गणेश डुम्रेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नविन लुईटेलको अध्यक्षमा ९ सदस्यीय समिती निर्माण गरिएको छ। जसको उपाध्याक्ष कुलबिर घर्ती मगर, सचिव सलिना रेग्मी,कोषाध्यक्ष पारस न्यौपाने, सह सचिव निश्वल अर्याल, सदस्य विबेक खराल,बालकृष्ण सुनार,संगिता तामाङ्ग,सुवास चापागाई रहेका छन ।

  • प्रकाशित मिति :- शुक्रबार, चैत्र १४, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |