साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

  • काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से बढेर २६९५.५५ अंकमा पुगेको हो ।

    आज नेप्सेमा भएको शेयर कारोबारमा म्यूचुअल बाहेक सबै समूहको परिसूचक बढेको छ । जसमध्ये आज कारोबार भएका कम्पनीमध्ये २२२ वटाको शेयर मूल्य बढ्यो भने २२ वटाको शेयर मूल्यमा गिरावट आयो ।

    आज नेप्सेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु स्मार्ट फन्डको कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation