Tag: उपनिर्वाचन

  • इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

    इलाम- २ मा एमालेका सुहाङ नेम्बाङ विजयी

    इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन्।

    सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

    पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाउँदा रास्वपा उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत पाएका छन् ।

    ६९ हजार ३७४ मत गणना भइ सुहाङ विजयी भएका ह्रुन्।

  • बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

    बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

    कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

    नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् ।

    एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

    यहाँ नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।

  • बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता

    बझाङको मतगणना अन्तिम चरणमा, एमालेको अग्रता

    बझाङ । बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । २८ हजार ५६८ सदर मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको हो । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।

  • भाेट छिटाे गन्न इलाममा गणक टाेली थप

    भाेट छिटाे गन्न इलाममा गणक टाेली थप

    विराटनगर । इलाममा भइरहेको मतगणनाको परिणाम छिटो दिन गणना स्थल बढाइएको छ । आज बिहानबाट ३ स्थानबाट मतगणना भइरहेको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ३ वटा टोली खटाएर मतगणना सुरु गरिएको बताए ।

    ६ वटा पालिकाको ४२ वटा वडा मध्ये अहिले सम्म २ वटा गाउँपालिकाको मतगणना सकिएको छ । फाकफोकथुम र चुलाचुली गाउँपालिकाको मतगणना सकिँदा अहिले माङ्सेवुङ्ग गाउँपालिकाको मतगणना चलिरहेको छ । माङ्सेबुङ्गको वडा नम्बर १ को मतगणना भने सकिएको छ । अहिले माङ्सेवुङ्ग वडा नम्बर २ र ३ को गणना जारी रहेको छ ।

    अहिलेसम्म २१ हजार ८१० मतगणना भएको छ । सो क्षेत्रमा भएको निर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो । मतगणनामा ढिलाइ भएपछि गणना टोली बढाइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

    हिजो दिउँसोबाट मतगणना सुरु भए पनि अहिलेसम्म १४ वटा वडाको मात्र मतगणना भएको छ ।

  • फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु, यस्तो छ गाउँपालिकाको दलीय शक्ति सन्तुलन

    फाकफोकथुमबाट इलाम २ को मतगणना सुरु, यस्तो छ गाउँपालिकाको दलीय शक्ति सन्तुलन

    विराटनगर । बहुप्रतिक्षित रहेको इलाम २ को मतगणना फाकफोकथुम गाउँपालिकाबाट सुरु हुँदैछ । त्यसपछि क्रमशः चुलाचुली,माङसेबुङ गाउँपालिका र माइ,देउमाइ र इलाम नगरपालिकाको हुनेगरी सर्वदलीय सहमति भएको छ ।

    मतगणना शुरु हुने फाकफोकथुमको परिणाम कस्तो होला ? उम्मेदवारको ढुकढुकी बढाइरहेको छ ।

    वडा नम्बर १ बाट गणना शुरु गरेर प्रत्येक वडाको अलग अलग परिणाम सार्वजनिक गर्ने तयारी छ । एउटा वडाका जतिवटा मतदान केन्द्र भए पनि ती सबै मत एकै ठाउँमा मिसाएर गनिनेछ ।

    फाकफोकथुम गाउँपालिका २ वर्षअघि भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले जितेको ठाउँ हो । तत्कालीन सत्ता गठबन्धनका डिकबहादुर थापालाई नेकपा एमालेका दिपेन्द्र खनालले ५ सय मतको अन्तरले अध्यक्ष पदमा पराजित गरेका थिए ।

    एमालेका खनालले ५ हजार ३२२ मत पाउँदा कांग्रेसका थापाले ४ हजार ८ सय २१ मत पाएका थिए । कांग्रेसलाई माओवादी र नेकपा एसको पनि साथ थियो ।

    फाकफोकथुमको उपाध्यक्षमा पनि एमालेकी कल्पना राई ५ हजार १५८ मतसहित बिजयी हुँदा गठबन्धनबाट माओवादीका कुलवहादुर राईले ४१७४ मत पाएका थिए । ७ वडा वडामध्ये कांग्रेसले वडा नम्बर १,२,४ र ७ मा कांग्रेस र बाँकी ३ वडाध्यक्ष एमालेले जितेको थियो ।
    २ वर्षअघिको स्थानीय तहको निर्वाचनको मत र अहिलेमा धेरै फरक आइसकेको छ ।

    त्यसबेला कांग्रेसको साथमा रहेका माओवादी केन्द्रले यसपटक एमालेलाई साथ दिएको छ भने नेकपा एसले आफ्नै उम्मेदवार उठाएको छ । त्यसबेला अस्तित्वमा नरहेको रास्वपा र पहिचानवादी शक्तिका उम्मेदवारले उल्लेख्य मतको अपेक्षा गरेका छन् ।

  • बझाङ उपनिर्वाचन : सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक

    बझाङ उपनिर्वाचन : सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक

    धनगढी ।  बझाङ निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन गरिएको छ ।

    शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले ११ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । लगत्तै मत गणना हुने उनले जानकारी दिए ।

  • इलाममा सर्वपक्षीय बैठक सुरू, केहीबेरमा मतगणना हुँदै

    इलाममा सर्वपक्षीय बैठक सुरू, केहीबेरमा मतगणना हुँदै

    इलाम। प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम २ को मतगणनाका लागि सर्वपक्षीय बैठक भर्खरै सुरू भएको छ।

    राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक भर्खरै सुरू भएको हो।

    बैठकपछि मतगणना सुरू हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

    शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो।

    संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।

    यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए।

    इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्‍याइसकिएको छ।

    चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिकाका सबै वडा, इलाम नगरपालिकाका १० नम्बर बाहेकका सबै (११ वटै) र माई नगरपालिकाका ६, ७ र ८ गरी कुल ४२ वडा इलाम–२ मा पर्छन्।

    मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा व्यवस्था गरिएको छ। सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार गणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन्। ’गणनाको अंक प्रत्येक घन्टा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘इलाम चोक बजारको डिस्प्लेमा समेत मतगणनाको नतिजा सार्वजनिक गर्दै जाने तयारी गर्दैछौं।’

  • बझाङमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै

    बझाङमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै

    काठमाडाैं ।  निर्वाचन आयोगले शनिबार सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम चैनपुरमासम्म ल्याउन लागिएको जनाएको छ ।

    निर्वाचन आयोगले आवश्यक सबै साधनबाट आज बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।

    मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।

  • इलाममा २० प्रतिशत मत खस्यो

    इलाममा २० प्रतिशत मत खस्यो

    विराटनगर । उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।

    इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अहिलेसम्म २३ हजार भन्दा बढी मत खसेको छ ।

    इलाम २ मा मतदाता १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेका छन् । अहिले सम्म सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

    बिहान ७ बजे सुरु भएको मतदान १० बजेसम्म सबैतिर मर्यादित रूपमा भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र छन् । उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।

  • उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृत

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृत

    राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

    नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ ।