विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा आइनँ आमा यो तीजमा शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डष्ट्रिज युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीले गरेका छन् ।

 

  • प्रकाशित मिति :- शनिबार, भदौ ८, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |