विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक

  • काठमाडौं । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

    हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक गर्ने गरेकी माझीले यस वर्षमा आइनँ आमा यो तीजमा शीर्षकको गीत शनिबार सार्वजनिक गरेकी छन् ।

    माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डष्ट्रिज युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । गीत सार्वजनिक भएको केही घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

    गीतको रचना र सङ्गीत सुन्दर मणि अधिकारीले गरेका छन् ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?


    © 2026 खोजप्रेस : नेपाली अन्लाईन पत्रीका All right reserved Site By : Himal Creation