Category: साहित्य

साहित्य

  • यात्रा जिन्दगीको

    यात्रा जिन्दगीको

    जिन्दगी यस्तो भइदिए भन्ने त केवल परिकल्पना हो । बिना कुनै कल्पना पनि सहनै परेका, बुझ्नै परेका, भोग्नै परेका परिस्थिति जिन्दगी हो । धेरैको दृष्टिकोणमा जीवन र जिन्दगीको अर्थ एकै छ । तर मेरोलागी फरक अर्थ राख्छ । बाँचिरहेको पल जीवन हो तर बाँचेका पललाई समेट्दा बन्ने यादका शृङ्खला वा अध्याय जिन्दगी हो ।

    जीवनको अन्तिम मुनामा म मेरो जिन्दगी समेट्दै छु ।मैले घडी हेर्न जान्दा देखि त्यही एकै ठाउँमा रहेर आफ्नो हातलाई एउटै गतिमा रिङ्गाउने त्यो घडी आजपनि त्यही ठाउँ र त्यही गतिमा छ तर ऐना हेर्दा म परिवर्तन महसुस गर्दछु । न कतै टाढा पुग्ने हतास न थकितको आराम। एकै गतिमा यति परिवर्तन ल्याउने समय कहाँ सामान्य हो र ! काखदेखि घाटको पर्खाइ सम्मको जिन्दगी मेरो स्मरणमा रहेसम्म यहाँ पोख्दै छु । मेरो जीवनको रङ्गमञ्चबाट बिदाइको पर्खाइमा म छु । जीवन यहाँसम्म आउँदा आज म एक्लो छु । यही हो जिन्दगी एक्लो, अन्तिमसम्म आइपुग्दा । त्यो बालपनदेखि यहाँसम्म आइपुग्दा जिन्दगी भनेर धेरै कुरा बुझ्ने अवसर मिल्यो। जीवनमा मिल्ने ठक्करले धेरै कुरा सिकाउदोँ रहेछ ।

    सम्झिन चाहेपनि सम्झन नसकिने त्यो आमाको काखमा बिताएको शिशु काल र जीवनमा बिर्सिन चाहेरपनि बिर्सिन नसकेको त्यो पलले आजपनि मनलाई त्यही चोटमा पुर्याउँछ । बालपनमा सँगै खेलेका मितेरीहरु कहाँ पुगे कुन्नी? तर आजपनि उनीहरूसँग बिताएको पल सम्झँदा मेरा चाउरी परेका ओठ मुस्कुराउँछन्। याद पुरानो भएपनि मुस्कान भने ताजा नै हो। अनि त्यो युवक पल र जवानीको रस भरिएको पल जहाँ कसै सगैं जिन्दगानी काटुँला भन्ने रहर थियो ,केही सपना सजाएको थिए तर आज सबैसँग छुटिएर यहा आइपुगे यही हो जिन्दगी । सोचाइ एउटा थियो , खुसी एउटामा थियो अनि भाग्यले एउटासँग जोडिदियो, अनि भोगाईसंगै बुझाइमा आएको जिन्दगी फरक भइदियो। भाग्य र मन सधैँ विपरित हुदोँरहेछ । भाग्यमा नभएको मान्छे मनमाभने रहिरहने। जिन्दगीको अर्को पल जागिरको लागि ठक्कर खादाको पल । जिम्मेवारी काधँमा पर्दाको पल । श्रृणले पछ्याउँदाको पिर । पिता बन्नुको खुसी जिन्दगीको अर्को मिठासको लाली पोतिएको पल ,खुसीको मुना फक्रिएको पल । बाबा खै भन्दै खोज्ने त्यो नयन अनि मसँग खेल्न पाउदा रमाउने त्यो मुहार आजपनि सम्झन्छु। खुट्टामा राखेर उफार्दा , ढाडमा राखेर घर घुमाउँदै अनि काधमा राखेर गाउँ घुमाउँदा मेरो छोरोको ओठमा आएको मुस्कान तर हिजो आज मलाई देखेर मुस्कुराउन छोड्यो हुन त अब पहिलेको जस्तो जोस र होश कहाँ छ र ? जवानीले छोड्दै गर्दा त सबै आफैंसगं लादो रैछ । जवानीले भरिएको रसिला गाला खुम्चिँदै गर्दा पुरै जिन्दगी खुम्चिएको अनुभुति मैले गरे । जसोतसो आट गरेर यहाँसम्म आएकै हो।

    जिन्दगीमा सङ्गिनी खुसी बाडेर हाँस्दाको पल अनि दुखले काधँमा रोएको पल । पल पल जोडिएर हरपल ज्ञान बाड्छ जिन्दगीले । हुन त म पनि मेरो जिम्मेवारी भनेर दौड्दैगर्दा मेरो बाबालाई छोडेर हिडेको हुँ । पृथ्वी गोलो छ । दुखैदुखले जीवन पोत्दापनि आफ्ना भनि कोही बटुल्न नपाउने खेल रहेछ जिन्दगी । हिड्दा हिड्दै लडाउने र रोक्नेसगँको भेट रहेछ जिन्दगी । लडाउने र रोक्नेको भरमा रोकिए असन्तुष्टि र कौटुहलताले एक्लो बनाउने अनि मनको आवाज सुने सबैको साथ छुटेर एक्लो हुने ।आज नियाल्छु दायाँबायाँ नकोही नकोही । जिन्दगी ज्युँदा लामो हो , सम्झँदा केवल दुई पल छ ।

    एक सुख अनि अर्को दुख । जसोतसो अप्ठ्यारो भए पनि जीवनको अर्थ बुझियो । कतै कसैसँगको भेट अनि कतै बिछोड अनि अन्त्यमा एक्लो यही हो जिन्दगी । मानिसका इच्छा, चाहना र आशयहरू पूरा हुन नपाउँदै, जिन्दगीको परिभाषा नबुझ्दै एउटा जिन्दगीको अवसान हुँदोरहेछ ।

  • खै ! कता मग्न छु

    खै ! कता मग्न छु

    खै ! कता मग्न छु,
    खै! कता मग्न छु , म कतै छुटे जस्तो लाग्छ,
    हिजोआज त आफैँसॅंग नाता टुटेजस्तो लाग्छ ।

    उदाएको घामले पनि मनलाई,
    अँधेरोमा धकेल्न थालेको छ,
    आफ्नै समिपले आफैँलाई,
    कोशौँ टाढा लखेट्न थालेको छ ।

    भिडमा पनि एक्लोएक्लो भएको जस्तो हुन्छ,
    आफै अनविज्ञ छु भनुभने महसुस कस्तो हुन्छ,
    न त उत्साह,नत रमाइलोले कसैगरी छुन्छ,
    गह भिज्दैनन् तरपनि मन भित्रभित्रै रुन्छ ।

    भगवानपनि एकपल निर्दयी र निरिह लाग्छ,
    हरक्षण हरपल तिम्रै याद प्रिय लाग्छ,
    सुस्तसुस्त सपनाहरु सखाप हुन थालेको छ,
    कसरी भॅंनु, मनलाई तिम्रो अभाव हुन थालेको छ ।

    -रिचा भट्टराई

  • चङ्गा

    चङ्गा

    तिमी,
    हलुङ्गो कागजको टुक्रामा,
    आफ्नो मनलाई लवजको सिन्काले बाँधेर बसेकी हुन्छौँ,
    अनि,
    तिम्रो हाँसोमा अल्झिँएर
    तिमीलाई एकटकले निहार्दै,
    तिमीलाई, भेटाउने रहरले
    पछ्याउँदै

    रेशमको धागो’ ,
    तिमीसँगै बाँधिएर हावाको
    लयमा आकाशमुनि
    उडिरहेको हुन्छु,
    तर,
    थाहा छैन !
    कति क्षणको लागि हो यो ?
    थाहा छैन !
    यो विछोडको बतासले
    हाम्रो सम्बन्धको धागो चुँडाएर,
    कति टाँढासम्म लग्छ हामीलाई,
    मलाई जहाँ लगेपनि,
    तिमी’ क्षितिजसम्म पुग्नु ।

  • निर्दोष बालपन

    निर्दोष बालपन

    मेरो मनभित्र कैद भएको ‘म’ बालिकाको निर्दोष बालपन
    गुनासो के गर्नु र कोसॅंग गर्नु ,कहिलेसम्म गर्नु र कॅंहासम्म गर्नु ?
    निशब्द र निउर्जल भएर मैले बालपन काटेकी छु
    नाई! मलाई हिड्न ,डुल्न,खेल्न मन लाग्दैन भनी धेरैसॅंग ढाटेकी छु।

    आमाको हत्केलाले सेकिन नपाएपछि मनहरु कमलो नहुने रैछ।
    साच्चै भन्नुपर्दा निर्दोष बालपन गुमेपछि फेरि रम्ने उत्साहले मनलाई नछुने रैछ।
    पिएर कॅंयौ रातहरु आशुको ढिका भोक मनाएकी छु
    जलाएर आफ्नै तस्विर आफ्नै मृत्युको शोक मनाएकी छु।

    एक्लो हुदा चिच्याएर र भिडमा लुकाएर मैले दुख बगाएकी छु।
    आफ्नो मनभित्रका कयौ भावनाहरु यसै भगाएकी छु।
    के भॅंनु र आमा तिमीबिना यॅंहासम्म एक्लो परेकी हुन्छु।
    सबैको भिडमा नितान्त स्वास फेर्दा पनि म मरेकी हुन्छु।

    तिम्रो अनुहारमा बसेको डाम सम्झन्छु
    तिमीबाट पर भागेको आराम सम्झन्छु
    यतिले गर्दा त तिमीले खुसी पाएकी छौ जस्तो लाग्छ
    तिमीले सन्तोक भरेर मतिर हेर्ने नयन सम्झन्छु

    कहिलेकाही त मनलाई पनि धिक्कार लाग्छ
    आफु समय र परिस्थितिको सिकार लाग्छ
    बिर्सिएर तिमीलाई केबल दुख सम्झिए
    मनभित्रको बाच्ने आधार भाग्छ ।

  • रुमाल हराएको दिन

    रुमाल हराएको दिन

    शिक्षक बिद्यार्थीको सामु कहिले अभिभावक बन्नुपर्छ।कहिले उनीहरुकै साथी जस्तो बन्नुपर्छ भने कहिलेकाही पुलिस र अदालत पनि बन्नुपर्छ। बिद्यार्थीहरुले शिक्षकसंग अरुको सिकायत गर्न निकै तछाडमछाड गर्छन्। कहिले आफु आफु झगडा गर्छन्। कुटाकुट गर्छन् । उनीहरुको झगडाको कारण पत्ता लगाउन बढो कठिन हुन्छ। जसलाइ हेरेपनि निर्दोष देखिन्छन्। र उनीहरुले आफुलाइ कहिल्यै दोषी ठान्दैनन्। कहिले कलम चोर्यो भन्ने सिकायत। कहिले कापी च्यातिदियो भन्ने सिकायत त कहिले नास्ता, क्याल्कुलेटर, किताब ,घडी हराएको वा चोरिएको भन्ने सिकायत दिनहु आउने गर्छ।

    एकदिन  भर्खर दोस्रो पिरियड सकिएर तेस्रो पिरियड सुरु भएको थियो। मेरो तेस्रो पिरियड कक्षा सात मा थियो । म शिक्षण सामाग्री बोकेर कक्षा कोठा तर्फ गएँ। कक्षा सातको उक्त सेक्सनमा जम्मा पैँतालीस जना बिद्यार्थी थिए। म कक्षामा नपुग्दै त्यहा बिद्यार्थीहरु झगडा गरेको सुने। कसैको चिच्याएर बोल्ने स्वभाव पनि हुन्छ। झगडा गरेको सुनेपछि म फटाफट कक्षा कोठा तिर लागेँ। कक्षामा केहि छात्राहरु एकअर्कालाइ ” तँ चोर हो  । हिजो  मेरो कलम हराएको थियो।तैले चोरेको हो बुझिस्।” तैले पनि त मेरो गणितको नोट कापी चोरेर लगेकी थिइस् नी, आफुले नजान्ने अर्काको चोर्ने खुप।”  यस्तै यस्तै आरोप प्रत्यारोप चलिरहेको थियो। म कक्षामा पसेर उनीहरुलाइ शान्त बनाउनका लागि उनिहरुको ध्यान मतिर आकर्षण गरेँ

    एउटी छात्रा टाउको तल गरेर विब्हल हुदै रोएकी थिइन्। मैले “तिमीलाइ के भयो  प्रगती ( नाम परिवर्तन ) तिमीलाइ ? किन रोएकी भनेर सोधेँ।” धेरैपटक सोधेँ तर केही जवाफ दिइनन्। अरु बिद्यार्थीहरुले भन्दै थिएँ-  ” प्रगतिले सिमाको नयाँ रुमाल चोरेकी छिन् रे, त्यही भएर प्रगतीलाइ सबैले चोर भनेर गाली गरे। अनि रोएकी हुन्। मैले सोधे – प्रगती ! तिमीले रुमाल चोरेकी हो त?  तर उनले केही जवाफ दिइनन्। उनको अनुहार मलीन् थियो। सायद उनको स्वास्थ्यमा पनि केही समस्या थियो।

    उक्त समस्या कक्षाकोठामा समाधान होला जस्तो लागेन।  कक्षामा  विद्यार्थीहरुलाइ केहि गणितका अभ्यासहरु गर्न दिएर  म प्रगतिलाइ कक्षाको बाहिर अलि एकान्तमा लगि सोधपुछ गर्न थालेँ। उनी त्यहा पनि बोल्न अन्कनाइन। मैले सोधेँ – तिमीलाइ सन्चो छैन हो?” के दुखेछ?  महिनावारी भएको हो? उनी भुँइतिर फर्केर ,हो भन्ने संकेत गरिन्। बेस्सरी पेट दुखेको , रुदै  आफुलाइ सहन गाह्रो भएको कुरा पनि भनिन्।

    अनि मैले सोधेँ – कक्षामा तिम्रा साथीहरुले त तिमीलाइ रुमाल चोरेको आरोप लगाएका छन् नि त? तिमीले लगेको हो? अनि उनले भनिन्-  हो मिस्”

    किन चोरेकी त? अर्काको सामान त्यसरी चोर्नु हुन्न नि। यस्तो बानी राम्रो होइन। त्यो रुमाल कहाँ राखेकी छौ? फिर्ता गर है!

    उनले मलिन हुदै भनिन्-” मिस म हिजो मिन्स भएको थिएँ। मलाइ यस्तो बेला धेरै गाह्रो हुन्छ। अनि धेरै रक्तश्राव पनि हुन्छ। घरबाट हिड्दा राखेको टालो पुरै भिजेछ। मेरो पोषाक पनि छोएछ। मसंग अरु कपडा थिएन। साथीको रुमाल देखेँ।त्यही लगेर प्रयोग गरेँ।अब कसरी रुमाल फिर्ता गर्न सक्छु र मिस्।” त्यतिबेला बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था थिएन। गाउँघरमा प्याड किन्नु। फजुल खर्चको रुपमा हेरिन्थ्यो। पुराना कपडाहरु च्यातेर प्रयोग गर्नुपर्ने बाध्यता थियो। उनको कुरा सुनेपछि म नतमस्तक भएँ। अब रुमाल नयाँ किनेर दिनुपर्ला भन्ने सोचेर उनलाइ कक्षा लिएर गएँ।

    मैले कक्षा कोठामा पसेपछि महिनावारी केहो भन्ने विषयमा कुरा गर्न थालेँ। सबैजना लजाए। कोही मुसुमुसु हास्न थाले। कसैले आफ्नो मुख छोप्न र खानेखुशी गर्न थाले। तर मैले उनीहरुलाइ खुलेर यसबारे चर्चा गरेँ। प्रगतिको समस्याको कुरा पनि सुनाएँ। सबै सुनिसकेपछि उनीहरु भावुक भए। मैले सिमाको लागि नयाँ रुमाल किनिदिने बाचा गरेँ। मेरो कुरा सुनि सकेपछि सिमाले प्रगतिसंग माफी माग्दै मलाइ भनिन्- ” मलाइ नयाँ रुमाल चाहिन्न मिस्। मलाइ माफ गरिदिनु है। मैले साथीको पिडा बुझ्न सकिन। मलाइ माफ गरिदिनु मिस्। प्रगतीलाइ अंगाल्दै भनिन् -“मलाइ माफ गरिदेउ साथी प्रगती।”

    मेरो मनमा एक किसिमको सन्तुष्टि प्राप्त भयो। अनुभवको एउटा सफल बिन्दु आलिङ्गित गर्दै कक्षाबाट निस्केँ।

    हिजोआज यो खाले समस्या आउन छाडेको छ।

  • घर बनाउन नसकेपछि घरले छोडेको मान्छे

    घर बनाउन नसकेपछि घरले छोडेको मान्छे

    पाहुना

    एक दिन को पाउना मिठो मिठो खा

    दुइ दिन को पाहुना जसोतसो खा

    धेरै दिन को पाहुना जतासुकै जा

    परदेशी आफ्नै घरमा पनि पाहुना हुन्छ …।

    म के महसुस गर्थे थाहा छ?

    घर बनाउन घर छोडेको मान्छे।

    म के महसुस गर्छु थाहा छ?

    घर बनाउन नसकेपछि घरले छोडेको मान्छे ।

    म सोच्छु

    एकातिर मैले हेर्नुपर्ने बुढो परिवार छ पुरानो घर छ

    अर्को तिर मैले हेर्ने नपाको मेरो रहर छ ।

    निधारको लेक र बेसी लुछुप्पै छ पसिनाले

    निधारको फेदमुनि परिवारको झल्को छ

    घर छोड्ने सपना बुद्धिजीवी को होला

    घर फर्किने सपना यो पागलको छ ।

    फुट्छ कुन दिन मर्ने गरि,

    मेरो टाउकोमा तनाबहरु परमाणु बोकेर हिडेका छन्

    अनि मेरा आखा सपना जन्माउने नसक्ने सुकराणु बोकेर हिडेका छन्।

    म यति टाढा बसेको छु आफै सित पनि

    यति टाढा कि अचानक मलाई ऐनाले देख्यो भने पनि चिन्दैन।

    बर्षौ भयो कानतिर गाला हिडेको छैन

    म जबर्जस्ती धकेल्छु साला हिडेको छैन

    तिम्रो रहरको बाटोमा पुरै परिवार हिडेको छ कसरि

    मेरो रहरको बाटोमा मेरै पैताला हिडेको छैन ।

    एक्लै छु कसैलाइ पनि कहिले सुनाउदिन

    म सुनिदिन्छु सबको पिडा तर मैले सुनाउदिन

    २० नाघेको ज्यान भित्र २० कुन्टल तनाब छन्

    कसैले बुझ्दैन थाहा छ त्यसैले सुनाउदिन।

    जिन्दगी यस्तै भो

    प्रेम पाइएन अनि घिडा मा छु

    म रिसाको छैन बस् पिडा मा  छु

    एक्लै हुदा रोइदिन्छु मतलब यो होइन कि यसैले निको हुन्छु

    फकाउने कोहि छैनन् त्यसैले निको हुन्छु।

    डिल फुलेर पिलो निस्केको औला जस्तो भाछ

    दिल सुकेर टिप्न बिर्सिएको घिरौला जस्तो भाछ

    फुलेको डिलमा आफ्नो एउटो सपना कहिल्यै अटाएन

    सुकेको दिलमा अटिरहे चोटहरु ….।

    सानो प्रश्न थियो…

    उसले ले यो परीक्षा दिन सक्छ कि दिन सक्दैन

    दिनै सक्दैन भने राम्रो लेखिदिन किन सक्दैन?

    जिन्दगि कस्तो चल्दै छ नासोध्नुहोला बिन्ति

    मेरो भाग्य लेखिदिने मान्छे , मेरो  चप्पल मा उभिन सक्दैन ।

    – अस्मित रेग्मी

  • ‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

    ‘द पोएट आइडल’ सिजन २ को उपाधि सिक्किमका सिमियोनलाई

    काठमाडौं । ‘द पोएट आइडल सिजन २’को उपाधि सिक्किमका सिमियोन सुकिता राईले जितेका छन् । शनिबार रातीको फिनाले एपिसोडमा उनले नगद १० लाखसहितको पुरस्कार जिते ।

    राईले एभरेस्ट फिल्म कलेजबाट १ वर्षको स्नातक अध्ययनको छात्रवृत्ति, कथालयसँग पुस्तकको सम्झौता, उत्पला क्याफेको तर्फबाट १ लाखको गिफ्ट भौचर प्राप्त गरे ।

    फिनालेमा अभिनेता सुनिल थापा र फिल्म ‘पुजार सार्की’को कलाकार तथा निर्देशक अतिथिको रुपमा सहभागि थिए । अभिनेता प्रदीप खड्काले कविता वाचन गरे ।

    फिनालेमा ‘भ्वाइस किड्स’का निर्देशक लक्ष्मण पौडेलले जेठ ३१ गते शुक्रबारदेखि तेस्रो सिजनको प्रसारण सुरु हुने बताए । उक्त अवसरमा ‘भ्वाइस किड्सको सिजन ३’ को प्रोमो देखाइयो ।

    ‘पोएट आइडल’को दोस्रो सिजनमा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक थिए । दिब्यदेव होस्टको रुपमा थिए । निर्देशक अमनप्रताप अधिकारीले तेस्रो सिजन झण्डै डेढवर्षपछि दर्शकमाझ आउने बताए ।

    पहिलो सिजनको उपाधि सिक्किमकी निलम गुरुङले जितेकी थिइन् । यो सिजनको प्रसारण हिमालय टिभीबाट भएको थियो । तीन सिजनसम्म हिमालय टिभीमै प्रसारण हुने निर्देशक अधिकारीले जनाए ।

  • कविता : कृषि 

    कविता : कृषि 

    कृषि ईश्वर हो माटो

    दानामा रक्त बोल्दछ

    आत्मा चैतन्यको  बाटो

    पानामा कवि बोल्दछ

    कृषि कृषकको अन्न

    गहना हो उमङ्गको ।

    पसिना हैन  हुन् मोती

    श्रम साध्य तरङ्गको ।।

    हो हलो सृष्टि ब्रह्माको

    जुवा हो बिष्णुको स्थिति ।

    गोरुहुन् शिवका भागी

    यसरी बुझ्दछन् कवि ।।

    कृषक जहिलेसम्म

    बाँच्दछन् दुःख ग्रस्त भै

    साम्यवादी भनी हिड्ने

    चिप्लन्छन् रोगग्रस्त भै

    चैन छैन जहाँ निद्रा

    कसरी मिल्छ मस्तको ।

    यसरी बित्दछन् स्वार्थी

    काल समय भ्रष्टको ।।

    कृषि हो प्रेमको खेती

    हैन ठेक्का कुकर्मको

    राष्ट्रले कहिले सोच्ने

    श्रमजीवी ति मर्मको

    लेखक : आचार्य त्रिभुवन न्यौपाने

  • मलाइ अप्सनल म्याथ पढ्न दिनुहोस्

    मलाइ अप्सनल म्याथ पढ्न दिनुहोस्

    मेरो औपचारीक बिद्यालय शिक्षा साविक करहिया गाउँ पञ्चायतमा र हाल तिलोत्तमा नगपालिका वडा नम्बर ८ मा रहेको श्री शिबपुर मावि , रुपन्देहीबाट सुरु भएको हो। कक्षा १ मा उक्त बिद्यालयमा अध्ययन गरेपछि कक्षा २ र ३ अर्को नजिकको विद्यालय श्री ज्योति प्रावि र त्यसपछि शान्ति नमुना माध्यमिक विद्यालयमा कक्षा १० सम्म अध्ययन गरेँ। एकपटक ३ कक्षामा फेल पनि भएँ र सोहि कक्षामा स्कुल प्रथम पनि भएँ। समग्रमा बुझ्दा म मध्यम सिकाइ क्षमताको बिद्यार्थी थिएँ।कक्षा ८ सम्म सबै बिषयहरु अनिवार्य थिए। तर कक्षा ९ मा पुगेपछि केही बिषयहरु रोज्नुपर्ने थियो।मैले ऐ. गणित, भुगोल र शिक्षा पढ्नुपर्ला भन्ने मनस्थिति बनाएको थिएँ।

    नयाँ शैक्षिक सत्रका कक्षाहरु सुरु भए। अनिवार्य बिषयहरु त सबै बिद्यार्थी हरुले संगै पढिन्थ्यो। अब ऐच्छिक विषय पढ्नेहरु छुट्टिएर अर्को कक्षामा जानुपर्ने थियो। म बढो उत्सुकताका साथ ऐच्छिक गणित पढाइ हुने कक्षा तर्फ बढेँ। म सहित त्यहा २२ जना भयौ। पढाउने सर कक्षा भित्र आउनुभो । सबैजनालाइ पालैपालो हेर्नुभो अनि भन्नुभो – तिमीहरुले अप्सनल पढ्न सक्छौ ? हामी सबैले सक्छौ भन्ने जवाफमा टाउको हल्लायौ। तर सरलाइ त्यति जवाफले पुगेन ।मलाइ उठाउनु भो र फेरि भन्नुभो – अम्बिका नानु तिमीलेअप्सनल पढ्न सक्दिनौ। अप्ठ्यारो हुन्छ। जबर्जस्ति नगरी भोलिदेखि अर्थशास्त्र पढ्न जाउ है? ” सक्छु सर। मेहनत गर्छु त भनेकै हुँ। सायद गुरुलाइ पनि मेरो अक्षमताको अवगत थियो ।गणितमा त त्यति उत्कृष्ट थिईन। मेरो नाम अर्थशास्त्रको समुहमा नै लेखाइयो। मन दुख्यो ,पिडा भयो, घर गएर खुव धेरै रोएँ। घरमा सबैले सम्झाउनुभो – “जे पढेपनि हुन्छ। यहि बिषयमा राम्रो गर भैहाल्छ नि।” ९ र १० कक्षा सकियो। माध्यमिक तह परिक्षामा पनि सन्तोजनक अंक आएन।

    उबेला ९/,१० मा जुनसुकै विषय पढे पनि आइ ए, आइएडमा फेरि बिषय छान्न पाइन्थ्यो।मेरो भाइ बुटवल बहुमुखी क्याम्पसमा भर्ना बारे बुझ्न गएछ। घरमा आएर भन्यो-” दिदि तैले गणित पढ्न खोजेकि थिइस् नि?अब पढ्न पाउछेस्। जा गएर भर्ना गर।” म अत्यन्तै हर्षित भएँ। भर्ना भएँ र नियमित क्याम्पस जान थालेँ। तर सोचेजस्तो कहाँ हुन्थ्यो र ! सर कक्षामा आउनुभो र त्रिकोणमिति पढाउन थाल्नुभो। त्यसका ट्रम्सहरु, सिम्बोलहरु र सुत्रहरुले मलाइ बिचलित बनायो । कहिल्यै नपढेका प्रयोग नगरेका गणितिय अभ्यासहरु साह्रै कठिन लाग्यो। मलाइ ९ कक्षामा पढन दिएको भए अहिले सहज हुने रहेछ नि भन्ने सोचमा एकोहरिएँ। गणित जानिन। पढ्न सकुला जस्तो लागेन।धेरै साथीहरु ऎछिक अङ्ग्रेजी पढ्ने थिए। अब मैले पनि अंग्रेजी नै पढ्नुपर्यो भनेर अंग्रेजी बिषयकै नोट बनाएँ र पढ्न थालेँ। महिना बित्दै गयो । परीक्षा फारम भर्ने मिति खुल्यो। मैले पनि परीक्षा फारम भरेँ। फारम मा आफुले पढेका बिषयहरु भरेँ। अनि बुझाउने लाइनमा बसेँ। मेरो पालो आएपछि झ्यालबाट मेरो भरेको फारम लेखाका कर्मचारीलाइ बुझाएँ। मेरो फारम फिर्ता भयो र भनियो -” तिमीले गलत बिषय भरेछौ।अर्को फारम भरेर ल्याउ। तिम्रो बिषय गणित हो अंग्रेजी होइन। मै अंग्रेजी बिषयको परीक्षा दिन नपाउने यकिन भयो। विषय परिवर्तन का लागि क्याम्पस कर्मचारी र क्याम्पस प्रमुखसंग धेरै अनुरोध गरेँ। तर पाइन। मैले गणितकै परीक्षा दिनुपर्ने भयो। तर मसंग १० पुर्णांकको हिसाब गर्ने क्षमता पनि थिएन। अब डेढ महिनामा कसरी गणित तयार गर्न सक्थेँ र! पढ्ने अभ्यास गर्ने समय थिएन। त्यो बर्ष त्यसै वरबाद भयो। पहिलो बर्ष फेल भएँ ।अर्को बर्ष सुनिल सर संग अतिरिक्त कक्षा लिएर पढेँ । परीक्षा दिएँ,पास भएँ / कटाएँ। राम्रो अंक नल्याएपनि म खुशि थिएँ कि म पास भएँ। जे हुन्छ राम्रोको लागि हुन्छ भन्ने कुरा चरितार्थ भयो। एउटा पथ्थर आभुषणमा बदलिनको लागि सयौँ चोट खानुपर्छ।

    अहिलेको नयाँ शैक्षिक सत्रमा मेरा बिद्यार्थीलाई पनि त्यस्तै परेको छ। धेरैले अप्सनल म्याथ पढ्ने रहर गरेका छन् । जो गणितमा अलि कमजोर थिएँ तिनिहरुलाइ अर्थशास्त्र पढने सल्लाह दिइयो र अर्थशात्रको कक्षामा पठाइयो तर उनीहरुले अर्थशास्त्र विषयप्रति चासो देखाएनन। भोलिपल्ट अभिभावकहरु पनि विद्यालय आउनुभयो र आफ्नो बच्चालाइ एकपटक मौका दिनुपर्ने कुरा राख्नुभो। मैले झल्यास्स मेरो विगत सम्झेँ। यदि रहर नै हो भने त बञ्चित गर्नु हुदैन भन्ने लाग्यो। केहि विद्यार्थीले “सबै एकाइ परीक्षामा उत्कृष्ट अंक ल्याउने गरि अभ्यास गर्नेछु” भन्ने बाचा गरेका छन् ।”मलाइ एकपटक मौका दिनुहोस् भन्ने लिखित निबेदन पेश गरेका छन।” अब तिनिहरुलाइ अप्सनल म्याथ पढ्न रोक्ने हो भने उनीहरुमाथी ठुलो अन्याय हुनेछ।

    * यदि मन भित्रैबाट कुनै संकल्प गरिन्छ भने त्यसका लागि दिलोज्यानले सघर्ष गरिन्छ र अवस्य सफल पनि भइन्छ।

  • दिनहुँ मेरालागि फूल ल्याउने विद्यार्थी

    दिनहुँ मेरालागि फूल ल्याउने विद्यार्थी

    स्थायी सेवाको पहिलो वर्ष : शैक्षिक सत्रको सुरुवात बैशाख १ गतेदेखि हुन्छ । मैले भदौ महिनाको १८ गते नियुक्ती लिएको हुँ। साढे चार महिना त सकिइसकेको थियो। भदौ १८ गते अध्यापरत विद्यालयका प्रिन्सिपलको अनुमति लिएर पाँचौ घण्टि पढाएपछि जि शि का भैरहवा पुगि नियुक्ति बुझि सोझै सिफारिस गरिएको बिद्यालय देवदह मा वि मा दिउसो ४:०० बजे भित्र पुगेको थिएँ। भोलिपल्ट भदौ १९ गते देखि यस बिद्यालयमा मेरो फरक शिक्षण अध्याय सुरु भयो। अध्यापन अनुभव लामो रहेता पनि अब नयाँ बिद्यालय, नयाँ बिद्यार्थी, नयाँ शिक्षक परिवार, बढो उत्सुकता थियो ममा।

    यसभन्दा अगाडि अध्यापन गरेको बिद्यालयमा अध्यापन अवधी भर सबैभन्दा कडा शिक्षकको रुपमा गनिएको थिएँ। मलाइ बिद्यार्थीका हरेक गतिबिधि चुस्त तन्दुरुस्त चाहिन्थ्यो। अनुशासन  पहिलो प्रथमिकता भित्र पर्थ्यो। अस्वभाविक गतिबिधि पाउने बित्तिकै स्पष्टिकरणको कठघरामा उभिनुपर्थ्यो। त्यसैले बिद्यार्थी र मेरो बिच दुरी कायम रहेको थियो। म मेरै छोराछोरीको पनि शिक्षक थिएँ। दुबैले बिद्यालय समय र बिद्यालयको कम्पाउण्ड भित्र छिरेपछि मलाइ म्याम नै भनेर बोलाउथे। त्यो पनि समय र स्थान अनुसार आफुलाइ परिवर्तन गर्न सक्नुपर्छ भन्ने सिकाइ थियो।

    नयाँ विद्यालयमा पनि त्यही स्वभावलाइ निरन्तरता दिन थालेँ। सुरुसुरुमा  बिद्यार्थीहरुले -” नयाँ मिस कक्षामा हामीलाइ पढाउदा धेरै अंग्रेजी बोल्नुहुन्छ। हामीले बुझ्दैनौ” भनेर हेडसरलाइ सिकायत गर्न पुगेछन्। हेडसरले उक्त सिकायतको मलाइ जानकारी दिनुभयो। त्यसपछि म उनीहरुकै चाहाना अनुसार आफुलाइ परिवर्तन गरेँ। यति छिटै उनिहरुको माया पाएँ। त्यो अकल्पनिय छ। सुरुमा मलाइ कक्षा ५ को कक्षा शिक्षकको जिम्मेवारी दिइएको थियो।

    विद्यार्थीहरुले दिनहुँ मेरालागि फूल ल्याउने र बिहान म भन्दा अगाडि स्कुल पुगेर मेरो प्रतिक्षा गर्ने गर्थे। सुरुमा मिसलाइ कसले फुल दिने भन्ने प्रतिष्पर्धा गर्थे। म त त्यो सम्मान र मायाले गदगद हुन्थेँ। उनीहरुले दिएको फुल मेरा हातमा पनि अटाउदैथ्यो। सबै ल्याएर स्टाफ रुमको टेवलमा राख्ने गर्थेँ। दिन, हप्ता र महिना बिते बिद्यार्थीले फूल दिने कार्य निरन्तर रह्यो। एकदिन बिद्यालयमा मेरो अनुपस्थिति मा केहि शिक्षक स्टाफबीचमा यहि फूलको बिषयमा टिकाटिप्पणी भएछ। प्रअ लाइ पनि यो क्रियाकलाप रोक्नुपर्ने सल्लाह भएछ। बिद्यार्थीहरुले घरबाट बिदालय आउदा बाटो बाटोमा अरुका घरका अगाडी लगाएको फूल चोरेर ल्याउछन् र नयाँ मिसलाइ दिन्छन्। मिसले नल्याउ भन्नुपर्ने हो। गाउँका मान्छेहरु रिसाएका छन बिद्यार्थीले फूल चोरे भनेर भन्ने कुरा मैले पनि सुने। अरु शिक्षकहरुले पनि बिद्यार्थीलाइ हप्काउनु भएछ र मलाइ पनि त्यो कृयाकलाप रोकिहाल्नुस् मिस, भन्ने आदेश आयो। कुरा ठिकै पनि भन्ने लागेर मैले बिद्यार्थीहरुलाइ राम्रोसंग सम्झाएँ- भोलिदेखि कसैले पनि मेरालागि फूल टिपेर नल्याउ फूल चोर्नु पनि पाप हो, नराम्रो काम हो। तिमीहरुले अहिलेसम्म गाउबाट फूल चोरेर ल्याउने रहेछौ। मलाइ धेरै दुख लागेको छ। सबैजना बिद्यार्थीहरुले सबैले आआफ्नो घरबाट फूल ल्याएको कुरा ब्यक्त गरे। उनीहरुको कुरा सुन्दा चोरेर फूल ल्याउछन् भन्ने लाग्दैनथ्यो। अनि मैले भने -” सुन ! अब जे भयो भयो। तर अबदेखि कसैले पनि कतैबाट पनि फूल टिपेर स्कुल नल्याउने। मलाइ पनि नदिने है? यति ल्यायौ भने म तिमीहरुसग रिसाउछु। मेरो कुरा सुनेपछि सबै बिद्यार्थी मौन भए।

    भोलिबाट कसैले फूल ल्याएन। फूलको बहानामा बिद्यार्थीहर मेरो नजिक आउथे मनका कुरा गर्थे। त्यो सबै सकियो। अब पढ्ने पढाउने सामन्य दिन सुरु हुन थाल्यो। केहि दिन बिते पाँचौ दिनको दिन म कक्षामा पसेर हाजिरी पुस्तिकामा सबै बिद्यार्थीको हाजिर चढाइसकेपछि बिद्यार्थीहरुलाइ किताव निकल्न लगाएँ। सबैले किताव निकाले आ आफ्नो अगाडिको डेस्कमा राखे। एउटी बिद्यार्थीको झोलाबाट किताव संगसगै एउटा गुलाफको फूल पनि निस्क्यो र भुइमा झर्यो।सबैले उनलाइ हेरे। उनि निकै डराइन्। म नजिक गएँ र सोधेँ। तिमीले किन फूल ल्याएको? नल्याउ भनेको होइन?” अरु केके छ नि झोलामा खै हेरुँ त भनेर उनको झोला हेरे । त्यहा अरु फूल पनि रहेछन। केहि सुकेका,केहि सुक्न लागेका , र एउटा चै ताजा जुन भुइमा खसेको थियो। उनले ती सबै फूल बाहिर निकालिन् र भनिन् – हजुरले फूल दियौ भने रिसाउछु भन्नुभयो त्यसैले मैले दिनदिनै ल्याएको थिएँ तर हजुर रिसाउनुहुन्छ भनेर झोलामा राखेको मिस। अनि मैले सोधेँ- कहाबाट टिपेर ल्याउथ्यौ त? चोरेरत होइन नि? उनले जबाफ दिइन् -” होइन मिस। हाम्रो घरमा दिनहुँ पुजाको फुल टिप्ने र पुजा गर्ने काम मेरो हुन्छ। त्यही पुजाको फूल मध्य एउटा फूल तपाइको लागि भनेर दिनहुँ झोलामा राख्छु। नरिसाउनुस है मिस ,प्लिज।” यति सुनेपछि मेरो मन  भरियो। उनलाइ केहिछिन अंगालेर छातिमा टाँसे । कतिबेला आँसु खस्यो थाहै पाइन।