Category: साहित्य

साहित्य

  • नसोध्नु मेरो खबर

    नसोध्नु मेरो खबर

     

    न सोध्नु मेरो हाल खबर वचनले छुरा लागेको छ
    सत्य शब्द बोल्दा बोल्दै ईमान्दारीता टाढा भागेको छ ।

    बेहाल छु म सक्दिन झुट कहिल्यै पनि स्वीकार्न
    सत्य बोल्दा थाकिसके पर्छ आखिर असत्यलाई पुकार्न

    गलत साबित गरियो मलाई सत्य बोल्न खोज्दा खोज्दै
    भक्कानिएर रुन्छ मन एक्लो भए अरुको बारेमा सोच्दा सोच्दै

    दुखाउन सम्म दुखाए मुटु दाग बनी सधै रहेयो
    सोचेजस्तो भएन मेरो जिबन औलाईएको झार भयो

    टुट्यो मेरो सारा सपना दाउरा सरि भयो खरानी
    हृदयमा चोट बोकि रुदै लिई हिडे एकमुठी परानी

    गरौं गुहार को सङ्ग छैनन् यहाँ कोहि निस्वार्थिहरु
    इस्ट मित्र साथी भाइ भए सबै स्वार्थिहरु

    जता गयो ठक्कर नै ठक्कर भेटिएन कतै बाटो
    अशान्तिले बाचिराछु छैन शान्ति खुसिको साटो

    नमेटिने दाग बन्यो मुटुमा छुरा गोपियो
    दुखेको घाउ सेलाउदै थियो त्यसैमा चर्को नुनले छोपियो ।

    सत्यको परिचय देउ म कसरी सत्री बोले बैमान भैन्छ
    झुट बोल्न आउदैन मलाई सत्यको त जमाना रैन्छ

    गरौं गुनासोको सङ्ग यहाँ कोहि छैन सुनिदिने
    दुस्ख कष्ट धैरै भोगे गरिदिन्छ्न निर्दोषलाई थुनिदिने

    अभिनय गर्दै हिड्छ्न भक्छक लुटिदैछ इमानदारी
    रक्छक भक्छ्क भाको देख्दा हुन्छ मेरो मन भारी

    लडौ अब कुन आधारमा शान्ति यहाँ छैन कतै
    हत्यारालाई बचाईन्छ यहाँ अशान्ति छ जताततै

    धर्म स्वर्ग, पाप नर्क सिमित रहेयो शब्दै मात्र
    बिन्ती बिसाउ को सङ्ग यहाँ देखिराछु जात्रैजात्रा

    अपराध गर्ने गरिराछ्न लगाको छ्न धनको राश
    रक्छ्न नै राक्षस भाछ्न बाचेका छौ त्रास नै त्रास

    आशा पनि मरि सक्यो, न्याय हामी पाउछौ कहिले
    विकल्प नै भेटिदैन आत्महत्या हुन्छन् जहिले

    नसोध्नु मेरो हाल खबर वचनले छुरा लागेको छ
    नसोध्नु मेरि नयाँ खबर हृदयमा वाण लागेको छ ।

    सुसिला पराजुली

  • फर्केर आमालाई सम्झदा

    फर्केर आमालाई सम्झदा

    सानो कुरामा पनि बिचलित हुँदा होस
    जिन्दगी देखि हारेको महसुस गर्दा होस
    कहिलेकहीँ, म मेरी आमालाई सम्झन्छु
    जस्तो परिस्थितिमा पनि, जस्तो समयमा पनि
    संघर्ष गरेर अघि बढेको देख्छु
    अनि आमाको अघि मैले देखेको, भोगेको साना कहिलेकहीँको पीडा त केही पनि रहेनछ भन्ने लाग्छ ।

    आमाले मलाई दुखमा हुर्काएकी हुन
    तर मलाई दुखमा कहिल्यै राखिनन्
    मेरी आमा आफू दुखमा हुर्किएकी हुन
    तर मलाई सुखको कमी कहिल्यै हुन दिइनन्

    जन्मिएकी हुन मेरी आमा अभावमा
    हुर्किएकी हुन मेरी आमा अभावमा
    देखेकी छिन मेरी आमाले अभावै अभावको पहाड
    तर मलाई अभाव हुन दिइनन् केही कुराको पनि।

    यो ठुलो संसारलाई कमै देखेकी छिन
    एउटै कुनामा मात्र सिमित भैन धेरै समय
    तर मलाई सारा संसार देखेको डुलेको हेर्न चहान्छिन ।
    आमा तिम्रो छत्र छाँया भन्दा परको संसार
    तिमीले सुने जस्तो छैन रहेछ नि
    अहिले तिमीबाट सात समुन्द्र पारी रहँदा महसुस गरेको छु ।

    समय परिस्थिति त्यही अनुसार नभैदिँदा खासै पढलेख गर्न त पाइनन मेरी आमाले
    त्यसैले पनि उनी चहान्थिन आफ्नो सन्तानलाई पढाउन आफूले नदेखेको कुरा मलाई देखाउन
    आफूले नजानेको कुरा मलाई जान्ने बनाउन

    खै आमाको यो प्रयासबाट कति पढें कति बुझेँ कति जाने त थाहा छैन तर यति चाहि बुझ्ने भएको छु आमालाई खुशी देख्दा मात्र मेरो मन खुशी हुने रहेछ मन म खुशी हुने रहेछु ।

    अबको जिन्दगी मैले आमाको लागि केही गर्नको लगि आमाका सिमीत रहरहरुमा रंग भर्नको लागि संघर्षले थाकेकी छिन मेरी आमा आमालाई आराम दिएर आफू संघर्ष गर्नको लागि । आमाको खुशीको लागि ।
    – अनिता रेग्मी

  • हार मान्देेैनीन् आमा

    हार मान्देेैनीन् आमा

    जब मैले तिम्रो पेटमा लिएकि थे बास
    तब मलाई सन्सार देखाउने लाग्यो तिमिलाई आस
    नौ-नौ महिना कोखमा हिड्यौ बोकि बोकि
    आफ्नो खाना मलाई खुवाई आफू रन्थयाै भोकि

    खेल्दा खेल्दै घर आगनमा लडिहाले पनि
    म भन्दा नि पहिल्यै रुन्थ्यौ चोट लाग्यो कि भनी
    अन्जानमा कोहि कसैको गल्ती गर्दा मैले
    दुई हात जोडी माफी माग्थ्यौ तिमी आफैले
    तर पनि कुनै हालमा हार मानिनौ कैले
    छोर-छोरी कै राम्रो राम्रो सोच्ने गर्थ्यौ जैले

    चुहिने थियो घरको छानो लाग्दा बर्खामास
    नबिउझिदै हामी ल्याई सक्थ्यौ गाईलाई घाँस
    जङ्गल जादा घाँस काट्दा बिज्थे काडा कति
    बनमारा र झारपात थिची लाउथ्यौ ओखती
    तर पनि तिमी कैले मानिनौ नि हार
    दु:ख जस्तो भएपनि भ्याउथ्यौ सारा संसार

    सक्दैनथ्यौ हिड्न तिमी कम्जोर थियो खुट्टा
    लाउन कहाँ मिल्थ्यो र रहर लाको जुत्ता
    अभाव थियो धन पैसाको हात हुन्थ्यो खाली
    घरमा भ्याई मेला जादा खान्थ्यौ साहूको गाली
    तर पनि कुनै हालतमा हार मानिनौ कैले
    आफू दु:ख गरि हामीलाई सुख दिन्थ्यौ जैले

    सक्दैनथे बाबा गर्न थिए पेटको रोगी
    यहाँ सम्म हामीलाई ल्यायौ अनेक कष्ट भोगी
    कोहि कसैले वचन लाउथे भित्री मन घोची
    बोलिदिन्थे तिम्रो मन दुख्ला भन्ने नसोची
    तर पनि तिमिले हार मानिनौ कैले
    जे भनेनी पुराईदिन्थ्यौ चाहियो भन्दा मैले

    गर्थ्यौ दु:ख रातदिन हामिलाई पढाउन
    कै कुरामा कमि दिनौ अरुभन्दा अघि बढाउन
    किनिदिन्थ्यौ नयाँ लुगा आउँदा चाडपर्व
    तिमी जस्तो आमा पाउदा लाग्छ मलाई गर्व
    तर पनि तिमिले हार मानिनौ कैले
    सन्तान कै राम्रो राम्रो सोच्ने गर्थ्यौ जैले
    सन्तान कै भलाई मात्र सोच्ने गर्थ्यौ जैले ।

    – सुसिला पराजुली

  • जिन्दगीका रंगहरु

    जिन्दगीका रंगहरु

    निष्फिक्री फुलका डालीमा रमाउदै दुल्ने रङ्ग‌गिन पूतली थिए म त्यो पुतली जो हरेक फुलका पत्रहरूमा आफुलाई डरका कुनैपनि लक्ष्मणरेखामा नबाधी आजाद छोडिदिन्थी ,
    उसलाई कुनै पानीका फोकाहरुले दुखाउदैनथ्यो
    उसलाई कुनै घामका किरणले सताउदैनथ्यो
    उसलाई कुनै मुस्कानले पोल्दैनथ्यो
    न त उसलाई कुनै सम्बोधनले बिझाउथ्यो

    तर जिन्दगीमा कुनै बहाव आउछ
    जसले अनायासै परिवर्तन ल्याउछ
    मलाई अचेल अतितले खुब सताउछ
    जब त्यो कालो दिन मेरो स्मरणमा आउछ

    दैनिकी नै त हो मेरो उड़ने त्यस दिन पनि उडिरहेकी थिए
    सपना बिपनाका अनेक तरङ्‌ग चुमिरहेकी थिए
    हो ! अनायसै थियो त्यो बहाव जसले जीवन बद‌लीदियो
    रसनै निमोठिने गरी जीवन कसैले निचोरीदियो

    थोरै सुइको पाएको भए बच्ने थिए
    ति पापीको फन्दामा कहा म फस्ने थिए
    तर हुरीले विनाश बोकेर आउछ थाहै नदिइ
    मेरो पनि जीवनमा आएको त्यस हुरीले सर्वनास ल्याएको छ सम्झन त चाहन्न तर बिर्सन पनि त सहज छैन

    त्यस दिन भन्दा पहिले मलाई हातहरू प्रिय लाग्थ्यो,
    स्पर्शहरु प्रिय लाग्थ्यो,

    प्रेमको प्रतिक हो भन्ने आभाष जाग्थ्यो
    तर प्रेमको पनि प्रकार हुदो रहेछ
    विभिन्न रूप हुदो रहेछ,
    त्यसैले त्यसदिनको स्पर्श बढो भिन्न भयो
    किन किन त्यसप्रश्चात पूर्ण जीवन खिन्न भयो
    उत्साह हिम्न मिन्न भयो
    हो त्यही दिनदेखि स्पर्शको आभाष भिन्न भयो।

    त्यस दिनदेखि त्यो पुतलीको पखेटा च्यातियो
    पाईला बाधिन थाल्यो
    मनमा अनेकौ तर्क उपतर्क खादिन थाल्यो
    धामको किरणले सताउन थाल्यो
    पानीको फोकाले दुखाउन थाल्यो

    हिजो आज
    मुस्कानले पोल्छ सम्बन्धले बिझाउछ
    उम्किन नसक्ने रहेछ मन यस्ता रङ्गहरुबाट
    तर्सिरहन्छ मन यस्तो उमङ्ग‌हरुबाट
    कास ति दिन म बिर्सन सकु
    फेरि उही उचाइ‌मा पुनः उड्‌न सकु

    अफसोस
    अब विश्वास गर्न लायक कोही भेट्दिन म
    झस्किन्छु, तर्सिन्छु
    नजिक कसको जानु? कोही आफ्नो लाग्दैन
    किनकी आफ्नैबाट म लक्षित भएकी छु
    आफ्नाकै कारण हरेक रङ्‌बाट त्रसित भएकी छु।

  • रुदै छ देश

    रुदै छ देश

    खै कस्तो विकृती भित्रियो घरमा भन्दै नेपाल आमा रुँदै छिन्।

    उब्जाउ जग्गा जमिन सबै पोलिटी गर्दै सकिए, चारैतिर ठूला ठूला घर अनि कलकारखाना बनाउने क्रममा जमिन कोही मासिए त कोही बाझिए ।

    खोला नालाको छेउछाउमा फोहोर अनि मैला छ, त्यसमाथि चारैतिरबाट गनाउने पानी मिसिएको छ।

    देशका युवा पुस्ता सबै रित्तिएर विदेशमै सेटल हुने रे, गाउँघरमा सुनसान छाउँदै छ, घरमा बूढापाका मात्र बाँकी हुन्छन् क्य अबत । मर्दा पनि ग्वार पाउनी गाह्रो हुने भो, अरु कुरा छोडौं, मलामी पनि नपाई अब लास यत्तिकै गनाउने भो।

    खै कस्तो विकृती भित्रियो, हेर्दा हेर्दै पुरै देश रित्तियो।

    देशलाई रित्तो बनाउने खै कस्तो नेता हो, मनमा लागेको जति भाषण भन्छन् अनि काम गर्ने बेला लोन कति सासन हो ।

    खै कहिले बन्ने हो पूर्व पश्चिम राजमार्ग, भत्काउन थालेको नि भयो धेरै वर्ष । जताततै खाल्टो अनि धुलो छ, यसैले गर्दा कतिले ज्यान गुमाउन पर्य छ।

    आकाशमा उडेर जानेलाई त के मतलब भयो र, भुईमा गुड्नेलाई पो सकस खेप्नु पर्‍य छ ।

    नेपालमा केही आउन हुन्न, भोकमरी र महंगीले आकाश छुन्छ, भएन भनेर मन्दीको कारणले पसलहरू सबै डामाडोल छ ।

    कुर्सीमा बसी एसीको हावा खानेलाई के बाल भयो, छोरा पढाउँछु भन्दै लिएको बैंकको ऋण तिर्दा तिर्दा मेरो आधी जिन्दगी जानि भो । न त देशमा केही रोजगार नै छ, न त कुनै पैसाको स्रोत नै छ, तब पनि किन ब्याज यति महँगो हो ?

    छोरीको विवाह गर्ने बेला भयो, सुनको औंठी माग्छन् सम्धिले, खै कसरी दिने हो। ज्वाइँलाई १ औंठी, सम्धिनीलाई माईली तिल्लरी अनि सम्धिलाई औंठी किन्दा नै मेरो आधा घर लिलाम भो । सुनको भाउ पनि के सारो बढेको ?

    खै मेरो देश नि कहिले बन्ने हो, चिल्लो बाटो अनि रोजगारको स्रोत खुल्ने हो?

    रोजगारको कोटा नखुलेको होइन, फारम भर्नै ५००/१००० तिर्नु पर्ने, त्यसमा पनि आफ्नै मान्छे लैजाने हो।

    केही गरौँ भने नि छैन यहाँ सुविधा, राम्रो गर्‍यो नि आफैले भोग्नु पर्ने हो दुर्व्यवस्था। खै कस्तो कानुन हो हाम्रो देशको, दोषी हिँड्छन् सडकमा निर्दोषी पर्छन् खोरमा। खै त सरकार, तिम्ले केही गरेको खाडीमा फसेका नेपालीलाई नेपाल फर्काउने कहिले हो? मलाई आश्चर्य लाग्छ, लेखेका कानुनहरू सुन्दा नि, देशमा बढेको अपराध देख्दा नि किन शान्त छन् ती नेता भनाउँदाहरू पनि ?

    जति जोगी आए पनि कानै चिरेको भन्ने उखान बल्ल मिल्यो, खै हाम्रो देशले योग्य नेता कहिले पाउने हो? रातदिन रुवाबासी छ जनता अनि देशमा, उता नेताहरू व्यस्त छन् विदेशको भ्रमणमा। विदेशबाट कोही आउनु पर्छ, राता रात देशको मुहार फेरिन्छ, महिनौंसम्म पनि नबनेका पुलमा बत्ती बालिन्छ, होइन, यस्तो तीव्रता विकासमा पनि लिने हो भने देशको रुप नि छिटै फेरीने थियो कि ।

    तिमी हिँड्ने प्लेनमा हामी हिँड्छौं खाल्टोमा, त्यही खाल्टोमा तिमीलाई लिइपार्नु मन छ २४ घण्टे जाममा अनि बल्ल चिसो पस्तो कि तिम्रो मनमा ।

    खै कस्तो विकृती भित्रियो मेरो देशमा, छोटो लुगा लगाएर जान्छन् मन्दिरमा, पर्वको नाममा महिनौंसम्म रमाउँछन्, पाटी पालेस अनि बारमा। मिठो हुन्थ्यो मकै अनि मोहि, अब त कहाँ पाइएला र खै। भजन कीर्तन गाउनुको सट्टा पब तिर पस्ने, छैलाको सित्तन सँग बियरको बोतल लिने। हे भगवान, के विकृती आयो, हुँदा हुँदा देश नै डुबायो। वैवाही सम्बन्ध नि टुट्न थाले, श्रीमान श्रीमती भिन्न भिन्नै सँग रमाउन लागे। बिचरा कलियुगका बच्चाले कति दुःख पाए, कतै वेवारिस अवस्थामा छन् त कतै बा आमाको घर झगडाले टाढिन लागे ।

    खै कस्तो चलन भित्रियो भन्दै रुँदै छिन् मेरी नेपाल आमा। लौन सबै मिली जोगाउन पर्यो के गर्ने होला ।

    – ईरा आर्याल

  • सम्झिँदा तिमी मुस्कुराएको पलहरु

    सम्झिँदा तिमी मुस्कुराएको पलहरु

    चुप बस्छु बुझेर जिन्दगानीमा कहिले
    उम्रदैनन् सपनाहरु खरानीमा कहिले

    सम्झिँदा तिमी मुस्कुराएको पलहरु
    आफ्नै आँखा देख्छु पानीमा कहिले

    हाँगासँग छुट्टिएर बाँच्दैनन् फुलपनि
    सास रहँदैन त्यो फूलदानीमा कहिले

    मायामा रिस तिम्रो देख्न धेरै पाइयो
    माया भने देखिएन रिसानीमा कहिले

    रातमा सूर्य उदाएका आँखा हुन् मेरा
    अटाउँदैनन् तिम्रो कहानीमा कहिले
    – कपिल अगस्त्य

  • `बा´को संघर्ष

    `बा´को संघर्ष

    काँधमा बसेर गोरेटो बाटो कति हिँडे हुँला,
    यसरी हिड्दा यो गाउँ किन यति फुच्चे लाग्थ्यो ,
    लाग्थ्यो सगरमाथाले आफूलाई अग्लो बनाएको बाको शिर हेरेर हो,कति अग्लो छ बाको काँध
    जुन काँधमा जिम्मेवारीका भारी अटाइनसक्नु छन्
    तैपनि मलाई काँधमा राखेर हिड्नुहुन्थ्यो र
    मलाई यो गाउँ फुच्चे लाग्थ्यो,

    बा टेको हुन्,
    बा आधार हुन् ,
    बा साक्षत भगवान हुन्,
    यो ब्रह्माण्ड बाको छाती भन्दा साँघुरो छ

    अभावले ढोका ढकढक्याएर
    हाम्रो निद्रा खलबल गर्छकी भन्ने पिरले
    बाले चर्को घाममा शितल खोज्दै हिडेनन्
    पानी पर्दा ओड्ने माग्दै हिडेनन्

    दिनभर हाम्रो गन्तव्यसम्म पुग्ने बाटोभरी
    बिजाउन सक्ने ठेसहरु बटुलेर
    किनारा लगाइ दिनुहुन्छ

    बा हुन्जेल दुर्दशाहरु आउन डराउँछन्
    आए पनि चुइक्क नबोली फर्कन्छन्
    बा हुन्जेल अभावहरुलाई आउन शक्त मनाही छ

    यता हामी दिनहुँ आमाका कविता लेखी रहन्छौ
    कोमल हृदय उपमा दिएर
    बा लाई तुलना गर्छौ कठोरता सँग,
    जस्तै परिस्थितिमा पिल्सिएपनि
    बाले रुन जान्दैनन्
    र तिमीले भनिदिन्छौ बा कठोर हुन्छ्न्

    जुन माटोमा उभिएर
    तिमीले जिन्दगीको धुन बजाईरहेछौ
    स्वाभिमानका गीत घन्काईरहेछौ
    अस्तित्वको लडाइँ लडिरहेछौ
    प्रेममा लिप्त भएर ब्रह्माण्ड बिर्सिरहेछौ
    त्यो माटोमा बाको पसिनाको सुगन्ध छ,
    जुन सुगन्धलाई तिमीले गन्धको उपमा दिईरहेछौ
    तिमीले बुझ्दैनौ होला ती पसिनाले लेखेका अक्षर
    जुन अक्षर बाले शरिरमा लेखेपछि
    तिमीले लेख्न पाएका हौ आफ्नो नामको अक्षर कापीका पानामा

    तिमीले बुझ्दैनौ होला
    बाको हत्केलामा उठ्ने ठेलाहरुका अक्षर
    जुन अक्षरलाई तिमी कुरुप देख्छौ

    तिमी बुझ्दैनौ होला
    खुजमुज परेर चाउरिएका छाला
    तिमी बुझ्दैनौ होला
    भाँजो फाटेको जमिनझैँ बाका पैताला,

    तिमी बुझ्दैनौ होला
    फुलेका केशहरुको कहानी ,

    तिम्रो भविष्य बनाउन
    आफ्नो प्रेमिल बैँस बिर्सने ती बा
    जसको शिरको टोपी ढल्किदा तिमीले कहिल्यै सोझाइदियौ ?
    – अनिता रेग्मी

  • बद्लिएको प्रेम

    बद्लिएको प्रेम

    आँसुलेनै वर्षा रोकियो आज
    यसरी आँसु पोखियो आज

    तिम्रो मुहार सम्झिँदा मनले
    आफ्नै मुहार बिर्सियो आज

    छातालाई मैले ओत दिएँ
    त्यसैले पानीमा रुझियो आज

    जसका निम्ति बद्लिएँ म
    उसैको प्रेम बद्लियो आज

    आमाको काख रित्तियो फेरि
    चिताको काख भरियो आज
    – कपिल अगस्त्य

  • पर्खिन तयार छु

    पर्खिन तयार छु

    मितेरी गाँस्न मन छ मलाई देउतासँग
    यदि पाउँछु भने जुनी काट्न उही एउटासँग
    फेरेर पनि सास आधी परे आधी बाचेर पनि
    आउछौ भने पर्खिन्छु म आधी जुनी काटेर पनि

    म फूल बनिदिन्छु उनी सुगन्ध हुन्छन् भने
    म भूल भनिदिन्छु उनी माफीको रङ्ग हुन्छन् भने
    म हाँसीहाँसी पर्खन तयार छु जुनी जुनी
    यदि उनि एकपल पनि मेरो यादमा रुन्छन् भने

    ढडकने यो मुटु आधा उनी आधा म हुँ
    मुटुको आधा अंश बिना कसरी जीवित रहु
    मलाई जस्तै अभाव उनलाई खटकिन्छ भने
    म एक क्षण पनि नसोची उनकै हुन तयार
    यदि म बिना उनको पनि सास अड्किन्छ भने

    आफ्नो जीवन करकापमा जिउनुको के फाईदा
    एकबारको जुनीमा पनि खटखटाहट पिउनुको के फाईदा
    म त हरदम उनकै यादको पर्यायवाची हूँ उनकै समीपमा खसिदिन्छु
    यदि उनलाई पनि लाग्छ भने म बिना जिउनुको के फाईदा

  • तिम्रो सम्झना…

    तिम्रो सम्झना…

    मलाई नसोध तिम्रो सम्झनामा कति वर्ष कुरे भनेर
    साँच्चिकै, यो प्रश्नको उत्तर मलाई पनि थाहा छैन माया
    तर
    तिम्रो सम्झनामा
    म अहिले कबीर सिंह बनिसकेको छु के भन्नु माया
    तिमी अहिले टाढा भएपनि
    तिम्रो सम्झना यो मनमा सधैंभरि चलिरहेको हुन्छ
    कहिलेकाहीँ एक्लोपनमा बस्दा
    बितेको दिनको सम्झना आउँछ
    यदि राम्रो कुरा याद आउँदा
    अनुहारमा मिठो मुस्कान झल्किन्छ
    तर
    यदि बिछोडको कुरा याद आउँदा,
    आँखाबाट आँसु झसक्कै निक्लिन्छ ।

    मुटु भरि माया अटुट सम्झना बोकी बसेको छु
    तिमी औषधि बनेर आइदिए हुन्थ्यो।

    पर्खाइको पलहरू घाइते मृग जस्तो हुँदो रहेछ
    सम्झनाका एकएक पल आँसुको थोपाहरूले भिग्दो रहनेछ ।

    – रोहित कुमार साह