लस एन्जलसमा डढेलो, १९ हजार मानिस विस्थापित

काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।

कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको स्थान नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।

डढेलोले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका बीबीसीले जनाएको छ ।

आगलागीबाट हालसम्म घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छाड्न बाध्य भएका छन् ।

आगो निभाउन दमकलहरूको प्रयोग गरिएको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ ।

  • प्रकाशित मिति :- बिहिबार, माघ १०, २०८१
  • खोज प्रेस

    लेखकबाट थप
    © 2025 Khojpress Media Pvt.ltd | All right reserved
    स्रोतहरु खुलाइएका बाहेक खोजप्रेसमा प्रकाशित सम्पूर्ण सामग्रीहरु खोजप्रेस मिडिया प्रा.लिका सम्पत्ति हुन् |