Blog

  • बन्द उद्योग सञ्चालन गर्ने प्रदेश सरकारकाे योजना छ : मन्त्री न्याैपाने

    बन्द उद्योग सञ्चालन गर्ने प्रदेश सरकारकाे योजना छ : मन्त्री न्याैपाने

    बुटवल । लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डकिक्रम न्याैपानेले साना तथा मझौला उद्योगबाट पनि राेजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् ।
    मंगलबार बुटवलमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशकाे तेस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनकाे उद्घाटन गर्दै मन्त्री न्याैपानेले सानातिना घरेलु उद्योगहरूबाट पनि स्वराेजगार बन्नुका साथै धेरैलाई राेजगारी दिन सकिने भएकोले प्रदेश सरकारले त्यस्ता उद्योगहरूकाे प्रवर्द्धन गर्ने योजना रहेको बताएका हुन् ।
    स्वदेशमा थाेरै लगानी गरेर पनि धेरै मुनाफा आर्जन गर्न सकिने प्रसस्त सम्भावना रहेको भन्दै उनलेे राेजगारमुखी र निर्यातमुखी उद्योगहरूलाई प्रदेश सरकारले सहयोग गर्ने नीति लिएको बताए ।
    सुनका गहना बजाउनका लागि भारत र बंगलादेशबाट लाखौं कारिगड नेपाल आउने गरेको भन्दै मन्त्री न्याैपानेले नेपालीहरूलाई सुनचाँदीका गहना बनाउने कारिगड तालिम दिने तयारी गरेको जानकारी गराए ।
    रूग्ण तथा बन्द उद्योग पुन सञ्चालन गर्ने मन्त्रालयकाे योजना रहेको जानकारी गराउदै उनलेे उनलेे त्यस्ता उद्योगहरूकाे बारेमा जानकारी दिन र पुनः सञ्चालनकाे योजना पेस गर्न उद्योगी ब्यवसायीहरूलाई आग्रह गरे ।
    नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठककाे सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निबर्तमान केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरी,महासंघका बरिस्ठ उपाध्यक्ष सुर्य बहादुर कण्डेल,महासंघ केन्द्रीय महिला समिति बरिस्ठ उपाध्यक्ष रीता अवाल, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्याैपाने, रूपन्देही उद्योग संघका पुर्व टंक प्रसाद पाेखरेल,रूपन्देही उद्योग संघकै अर्का पुर्व अध्यक्ष बाबुराम बाेहाेरा, महासंघ लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी,महासचिव जयश्वर पाैडेल, महासंघ अन्तर्गतकाे महिला समिति अध्यक्ष शान्ति शर्मा, रूपन्देही जिल्ला अध्यक्ष टंक प्रसाद अधिकारीलगायले मुलुकमा युवाहरूको बिदेश पलायन, दक्ष मजदुरको अभाव,उद्योग दर्ता र सञ्चालनमा आइपर्ने समस्याका बारेमा आ आफ्नो भनाइ राखेका थिए ।
    साे अवसरमा रूपन्देहीका प्रतिष्ठित उद्योगी बसन्त राेका क्षेत्री र दाङकी रचना सुवेदीलाई उत्कृष्ट उद्योगी सम्मानबाट सम्मानित गरिएको थियो ।
    त्यस्तै महासंघ लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, महासचिव जयश्वर पाैडेल, महासंघ अन्तर्गत लुम्बिनी प्रदेश महिला समिति उपाध्यक्ष सावित्रा टण्डन,महासचिव पार्बती अधिकारी, महासंघ प्रदेश समिति सदस्यद्वय माया खनाल र कृष्णप्रसाद प्रसाईंलाई सम्मान गरिएको थियो ।
    १२ जिल्लाका २४३ प्रतिनिधिहरूकाे सहभागीता रहेको अधिवेशनले महासंघकाे नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

  • यूएईले दियो १६६ नेपाली कैदीलाई आममाफी

    यूएईले दियो १६६ नेपाली कैदीलाई आममाफी

    काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)ले पवित्र रमजान महिना र इद पर्वको अवसरमा ११६ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।

    “पवित्र रमजान महिना र इदको पर्वको अवसरमा १६६ नेपाली कैदीलाई आममाफी प्रदान गरिएकामा नेपाल सरकार संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछ,” मंगलबार परराष्ट्रले एक विज्ञप्तिमार्फत भनेको छ ।

    नेपालीलाई यूएईले दिएको आममाफीलाई नेपालले उच्च मूल्यांकन गरेको परराष्ट्रले जनाएको छ ।  यूएईको अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले अनुरोधमा उनीहरूलाई आममाफी दिइएको परराष्ट्रले जनाएको छ ।

    यस्तै, यसअघि कतारले पनि रमजान र इदको अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिएको थियो । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको थियो ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने

    काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको काम गरिएको थियो ।

    आजदेखि विमानस्थल बिहान ६ः०० देखि राति १२ः०० बजेसम्म खुला रहने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानस्थलका ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिङ्क वेको निर्माण सम्पन्न भएको छ । समानान्तर ट्याक्सी वे निर्माणको काम भने जारी रहेको छ ।

    नेपाल नागरिक उड्ड्यन प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तारको काम गरिरहेको हो ।

    यी काम पूरा गर्न करिब रु १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ । हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए । रातिको समयमा गर्नुपर्ने विमानस्थलको भौतिक संरचनाको काम करिब सकिए पनि आयोजनाको सम्पूर्ण काम सक्न करिब डेढ वर्ष लाग्ने आयोजनाले जनाएको छ ।

  • सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चार दिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ ।

    सोमबार प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार ८०० रुपैयाँले बढेर एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ३५ रुपैयाँ निर्धारण भएको छ ।

    अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ ।

    निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।

  • आजदेखि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

    आजदेखि डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

    काठमाडाैँ । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । घटेको मूल्य आजदेखि लागू भएको निगमले जनाएको छ ।

    नयाँ मूल्यअनुसार डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन (आन्तरिक)तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।

    मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४६ रुपैयाँ ५० पैसा, एक सय ४८ रुपैयाँ र एक सय ४९ रुपैयाँ तथा आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय २५ रुपैयाँ निर्धारण भएको छ ।

    अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ निगमले तोकेको छ ।

  • मंगलबार भगवान गणेशको पूजा, गणेशजीलाई लड्डु औधी नै मनपर्छ

    मंगलबार भगवान गणेशको पूजा, गणेशजीलाई लड्डु औधी नै मनपर्छ

    काठमाडौं । आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा फाइदा पुग्ने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गरिन्छ ।

    मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन हो । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

    शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

    मंगलबारको दिन भगवान गणेशजीको पूजा गर्दा निकै लाभ मिल्ने विश्वास सदिऔँदेखि चल्दै आएको छ । पछिल्ला दिनहररूमा मंगलबार भगवान गणेशको पूजा गर्ने भक्तजनहरूको संख्या बढेर गएको छ ।

  • गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङदेन

    गणतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको छ : राजेन्द्र लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा गणतन्त्रको नाममा दलहरुले लुटतन्त्र मच्चाइरहेको बताएका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन् ।

    नेपाली जनताले नेताहरुले गरेको गलत क्रियाकलापहरु हरिरहेको बताए । जनताको शक्तिलाई कमजोर नठान्न उनले आग्रह समेत गरे । छतमाथि बसेर किन म्याद सकिएको अश्रुग्यास बर्षाइयो भन्दै उनले प्रश्न समेत गरे ।

  • संसद्‍बाट प्रधानमन्त्रीको उद्घोष- आगजनी, लुटपाट र तोडफोडको जिम्मा पूर्वराजाले लिनुपर्छ

    संसद्‍बाट प्रधानमन्त्रीको उद्घोष- आगजनी, लुटपाट र तोडफोडको जिम्मा पूर्वराजाले लिनुपर्छ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ को तीनकुने क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडको मूल जिम्मेबारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएका हुन् ।

    ‘आपराधिक घटनमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुँदैन । यसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘मानिसलाई मर्न दुरुत्साहन गर्ने जनकमाण्डर, इतिहासले कुनामा फ्याँकेका व्यक्ति अभियानका संयोजक, धनजनको क्षति र लुटापाट, शासक बन्ने मनसुवा बोक्ने व्यक्ति सिरकभित्र चुपचाप कसरी हुन सक्छ ? यी सबै घटनाको मूल जिम्मेवार उहाँ हो, उहाँले लिनु पर्छ ।’

    गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व दुर्गा प्रसाईं र नवराज सुवेदीले गरेका थिए । उनीहरूले बिहीबार निर्मल निवास पुगेर पूर्वराजा शाहसँग संवाद गरेका थिए ।

    ज्ञानेन्द्रले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देउ’ भन्दै बक्तव्यवाजी गरेपछि ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम सुरु गरिएको उनको भनाइ थियो ।

    ‘फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज विथोल्न लागिपरेका एकजना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमाण्डर’ तोक्नु भयो र हिंसात्मक वारदातका लागि खटाउनु भयो,’ प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रप्रति आक्रोश वयक्त गर्दै भने ।

    प्रारम्भिक अध्ययनमा सबै घटनाले स्पष्ट तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेको उनको भनाइ थियो । तत्कालीन समयमा नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार–व्यावसाय सञ्चालन गर्ने सहमति भएको ओलीले स्मरण गरे ।

    उनले पूर्व राष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र ज्ञानेन्द्रलाई नागार्जुन दरबार प्रयोग गर्न र उनकी आमालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको पनि बताए ।

    ‘हाल राष्ट्रियसभाका माननीय सदस्य एवम् तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको तर्फबाट संवाद-व्यवस्थापन गर्नु भएको थियो,’ प्रधानमन्त्री ओलीले भने ।

  • त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

    त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

    काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ ।

    क्याम्पसका स्ववियु निर्वाचन अधिकृत प्राध्यापक डाक्टर कृष्णप्रसाद न्यौपानेका अनुसार बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहने छ ।

    यसअघि चैत ५ गते तोकिएको निर्वाचन विद्यार्थी सङ्गठनबीच विवाद र त्यसपछि चैत ८ गतेका लागि तोकिएको निर्वाचन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश आएपछि स्थगन भएको थियो ।

    क्याम्पसमा अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ । अनेरास्ववियुबाट सिद्धान्त भट्ट, नेपाल विद्यार्थी सङ्घबाट दीपकराज जोशी, अनेरास्ववियु (क्रान्तिकारी)बाट प्रविन दाहाल, स्वतन्त्र विद्यार्थी समूहबाट दिनेश कार्की उम्मेदवार छन् ।

    यस्तै, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घबाट विलम सुवाल, नेपाली विद्यार्थी मञ्चबाट अक्कल रानाभाट, नयाँ शक्ति विद्यार्थी युनियनबाट नरेन्द्रसिंह महरा, स्वतन्त्र विद्यार्थी (त्रिवि)बाट उज्जलबहादुर खड्का, स्वतन्त्रबाट पद्मा भुसाल, सनम वली र दिप्रसन केसीलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

    त्रिवि केन्द्रीय क्याम्पसमा ६ हजार १४६ जना मतदाता रहेका छन् ।

  • साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

    साताको पहिलो दिन ३२ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.२४ अंकले वृद्धि भएको छ । आज नेप्सेमा ७ अर्ब ५६ करोड ८२ लाख २६ हजार १९७ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से बढेर २६९५.५५ अंकमा पुगेको हो ।

    आज नेप्सेमा भएको शेयर कारोबारमा म्यूचुअल बाहेक सबै समूहको परिसूचक बढेको छ । जसमध्ये आज कारोबार भएका कम्पनीमध्ये २२२ वटाको शेयर मूल्य बढ्यो भने २२ वटाको शेयर मूल्यमा गिरावट आयो ।

    आज नेप्सेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने प्रभु स्मार्ट फन्डको कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।