Blog

  • Test Post for WordPress

    This is a sample post created to test the basic formatting features of the WordPress CMS.

    Subheading Level 2

    You can use bold text, italic text, and combine both styles.

    1. Step one
    2. Step two
    3. Step three

    This content is only for demonstration purposes. Feel free to edit or delete it.

  • राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

    राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ्ग

    देवदह । राष्ट्रिय सहमतिमा मात्र संविधान संशोधन हुने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङ्गले बताएका छन । उनले संविधान संशोधनको कुरा प्रतिपक्षले अनावश्यक प्रचार गरेको दावी गरे ।

    देवदह व्यापार संघको आयोजनामा रुपन्देहीको देवदहमा शुरु भएको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन । नेपाल सरकारका प्रवक्ता समेत रहेका गुरुङ्गले संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता परिवर्तन नहुने भन्दै राजनीतिक स्थिरताको लागि संविधान संशोधन गर्न खोजेको बताए । गुरुङ्गले शुसासन कायम नगर्दा सम्म देशको विकास हुन नसक्ने हुदा कानुनी शासन कायम नहुदा समस्या बढेको बताए । उनले मुलुक र नागरिककोे लागि शुसासन कायम गर्न १३ वटा पुराना कानुनलाई अध्यादेश मार्फत शंसोधन गर्न खोजेको बताए ।

    मन्त्री गुरुङ्गले राजनीतिक स्थिरता, संविधान रक्षाको लागि काग्रेस र एमाले मिलेर बर्तमान सरकार बनेको बताए । उनले नागरिकले देखिने गरी सरकारले काम गर्न नसकेपनि तहसनहस भएको देशको अर्थतन्त्र सुधार गर्न बर्तमान सरकार लागिरहेको बताए ।

    सोही अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले देवदहवासीको भूमि सम्वन्धी समस्या समाधान गर्न सरकारको ध्यान जान आवश्यक रहेको औल्याए । उनले देवदह क्षेत्रमा रहेका पुरातात्विक एवं ऐतिहासिक स्थलहरुको उत्खनन गरी प्रचार प्रसार गर्नु पर्नेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले नागरिकलाई अफठ्यारो परेका कुराहरुको सुधार गर्न सरकार तयार हुनु पर्नेमा जोड दिए ।

    देवदह व्यापार संघका अध्यक्ष कोेषबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य निर्मलादेवी चौधरी, देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेल, व्यापार संघ लुम्विनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह उद्योग बाणिज्य संघका अध्यक्ष हरि भण्डारी लगायतले आ–आफना भनाई राखेका थिए। कार्यत्रममा प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष गुरुङ्गले महोेत्सवले देशको अर्थतन्त्र चलायमान गर्न टेवा पुर्‍याउने बताए  । उनले औद्योगिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिए । उनले ६ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र करिव १० करोड बरावरको आर्थिक कारोवार गर्ने आयोजकले लक्ष्य लिएको जानकारी दिए ।

    देवदह नगरपालिका–७, शितलनगरबाट शुरु भएको विभिन्न झाकी सहितको र्‍याली देवदह मण्डपमा पुगेर सभामा परिणत भएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

    काभ्रेको महाभारत जङ्गलमा लागेको आगलागी अझै नियन्त्रणमा आएन

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

    खानीखोला गाउँपालिका–१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि आगलागी भएको बताइएको छ ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधवार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको जानकारी दिए ।

    उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानव बस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

    डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो ।

    हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको वन कार्यलयका प्रमुख कृष्णबहादुर थापाले बताए ।

    उनका अनुसार वनमा आगो फैलिरहेकाले त्यसको नियन्त्रणका लागि आज जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट उपाय खोजिनेछ ।

    आगलागी नियन्त्रणका लागि अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए ।

    आगलागी भएको स्थानबाट मानव बस्ती करिब तीन किलोमिटरको दुरीमा रहेको जनाइएको छ । प्रहरीले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

  • लस एन्जलसमा डढेलो, १९ हजार मानिस विस्थापित

    लस एन्जलसमा डढेलो, १९ हजार मानिस विस्थापित

    काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा डढेलो फैलिएको छ । हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

    अहिले आगो लागेको क्षेत्र सहरबाट ४५ किलोमिटर टाढा छ ।

    कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा डढेलो लागेको हो । डढेलो लागेको स्थान नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् ।

    डढेलोले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र हावा र सुख्खा झाडीहरूले आगो बढाउन इन्धनको रूपमा काम गरिरहेका बीबीसीले जनाएको छ ।

    आगलागीबाट हालसम्म घरमा क्षति नभए पनि करिब १९ हजार बासिन्दा उक्त क्षेत्र छाड्न बाध्य भएका छन् ।

    आगो निभाउन दमकलहरूको प्रयोग गरिएको छ । आगलागी भएको एक साताभन्दा बढी भइसकेको छ ।

  • रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन

    रामग्रामदेखि लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन

    लुम्बिनी । लुम्बिनी विकास कोषले बुद्धको अस्तीधातु रहेको रामग्रामबाट लुम्बिनीसम्म बुधबारदेखि विद्युतीय बस सञ्चालन शुरु गरेको छ ।  गत पुस ४ गतेदेखि सञ्चालन शुरु गरिएको बिजुली बसलाई बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुहरुको सेवालाई लक्षित गरी रामग्रामबाट लुम्बिनीका लागि बस सञ्चालन शुरु गरिएको हो ।
    बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई(सिद्धिचरण), रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बसमा सवार भएर सेवा सञ्चालन गरे ।
     कोषले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकहरुलाई सेवा दिने उदेश्यले अनुदानमा प्राप्त गरेको विद्युतीय बस कानुनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन ।
    कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षण स्वरुप बस सञ्चालन गरिएको बताए । उनले रामग्राम र बुद्धजन्मस्थल लुम्बिनी जोड्नका लागि हप्ताको तीन दिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एक वटा बस सञ्चालन गर्ने योजना रहेको बताए ।
    यस्तै रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आफूहरुले लामो समयदेखि विद्युतीय बस सञ्चालनका लागि माग गरेकोमा त्यसको शुरुवात भएको बताए । उनले रामग्राम र लुम्बिनी जोड्नका लागि विद्युतीय बसले ठूलो भूमिका खेल्ने बताए । उनले विजुली बस नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए ।
    रामग्रामबाट लुम्बिनीका लागि हप्ताका तीन दिन सोमबार, बुधबार र शुक्रबार विहान ९ बजे बस चल्नेछ । रामग्राम स्तुपबाट बुद्धचौक, परासी बजार, धकधई, बेलहिया भैरहवाको देवकोटा चौक, बुद्धचोक हुँदै एयरपोर्टबाट लुम्बिनी बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए ।
     उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइने छ । लुम्बिनीदेखि सिधा बस सञ्चालन भएपछि रामग्राम आउने तीर्थयात्रुहरुलाई सहजता हुनेछ । बसमा सवारहरुले स्वेच्छिक रुपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन् तर, कोषले भाडा वापत भने शुल्क लिनेछैन ।
    बस शुभारम्भमा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, रामग्राम वडा न. ७ का वडाअध्यक्ष, रविन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) का अध्यक्ष केशव पराजुली, रामग्राम विकास कोषका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।
    लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका ५ वटा मध्ये २ वटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षण स्वरुप सञ्चालन गरिएको छ ।
    एसियाली विकास बैंकको अुनदान सहयोगमा ५ वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।
  • जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या

    जाडोमा देखिने प्रमुख स्वास्थ्य समस्या

    जाडो मौसम सुरु भएसंगै यससंग संबन्धित रोग पनि देखिन सुरु भैसकेका छन । जाडोयाममा विशेषत् बुढाबुढी र बालबालिका बढी प्रभावित हुन्छन् । बालबालिकामा पनि शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ ।

    जाडो याममा देखिने स्वास्थ्य समस्या

    रुघाखोकी – जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने र उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्नु नै हो । शरीरलाई न्यानो राख्न सक्यो भने पनि भाइरल संक्रमणबाट बच्न सकिन्छ । त्यसैले समय समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

    श्वासप्रश्वास समस्या – विशेषगरी यो समस्या ६५ वर्षमाथिका वृद्धवृद्धामा देखिन्छ । श्वासप्रश्वासको समस्या भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ भने यसले अन्य धेरै समस्या निम्त्याउँछन् । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ। त्यसैले जाडो याममा बूढाबूढीलाई चिसोबाट जोगाउनु नै उत्तम हुन्छ।

    निमोनिया – यो धेरैजसो दुई वर्ष भन्दा कम उमेरका बच्चाहरू र बूढाबूढीमा देखिने रोग हो । यो एक प्रकारको छातीमा हुने संक्रमण हो । यो रोग पनि भाइरस, ब्याक्टेरिया, फंगसकै संक्रमणका कारण हुन्छ । यो अन्य मौसममा पनि देखा पर्न सक्छ । तर, जाडोयाममा भने यसले अलिक धेरै उग्र रुप लिन्छ । किनभने यो स्वासप्रस्वास, रुघाखोकी सबैलाई साथै लिएर आउँछ र उपचारलाई झन् जटिल बनाइ दिन्छ ।

    हाइपोथर्मिया – जाडोयाममा बाहिरको मौसमलाई बेवास्ता गरेर मनलागि गरे हाइपोथर्मिया हुने सम्भावना धेरै रहन्छ । हाइपोथर्मिया आफैँमा रोग भने होइन । तर, यसले विभिन्न प्रकारको स्वस्थ्य समस्या भने निम्त्याउन सक्छ । हाइपोथर्मिया भनेको आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो त्यो ताप शरीरबाट बाहिरिनु हो । धेरै चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा वा चिसोको सम्पर्कमा धेरै समय रहँदा यो आपतकालिन समस्या उत्पन्न हुन सक्छ । यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ ।

    कार्बनमोनोअक्साइड पोइजनिङ – यो जाडोयाममा मानिसको लापरवाहीले गर्दा देखिने समस्या हो । चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ । तर, कतैबाट हावा नै नछिर्ने गरि बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्छ वा मृत्यु नै पनि हुन सक्छ । जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो । त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ ।

    फ्रस्टबाइट – यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ । शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिँउ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ । त्यसैले शरिरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउँनु नै राम्रो हुन्छ । यदि धेरै नै नराम्रोसँग फ्रस्टबाइट भएमा उक्त ठाउँलाई चिरेर नै फाल्नुपर्ने अवस्था पनि आउन सक्छ । यो खासगरी हिमाली क्षेत्रमा बस्ने मानिसको हात–गोडामा देखिन्छ

    हृदयाघात र फोक्सोको संक्रमण – चिकित्सकका अनुसार चिसोका कारण रगत जम्ने समस्या बढ्छ। यो मौसममा उच्च कोलेस्टोरल, उच्चरक्तचाप बढ्ने हुन्छ । सामान्य रक्तचाप भएकामा पनि यो मौसममा रक्तचाप तलमाथि भइरहेको हुन्छ । केही छैन भनेर बस्नुभन्दा रक्तचाप नियमित जाँच्नु पर्ने हुन्छ ।

    ‘चिसो बढ्दा रगतमा फ्रिब्रिनोजेन, फ्याक्टर सेभेन, सिपिआर, कोलेस्टोरलजस्ता तत्व बढ्छ,’ उनले भने, ‘यसका कारण रगतका नशा खुम्चिन्छ र यस्तो समस्या बढ्छ ।’ यस्तो समयमा युवाहरुमा हार्ट–एट्याक्टको जोखिम बढी हुन्छ।

    जाडो महिनामा फोक्सोको संक्रमण पनि बढ्छ। वायुमण्डलमा चिसो हुनाले बढी दिनसम्म किटाणु बच्ने हुँदा दमका रोग र श्वासप्रश्वासको समस्या निको हुन गाह्रो हुन्छ। वृद्धवृद्धामा प्राकृतिक रुपमै जाडो सहने क्षमता कमजोर हुनाले पनि चिसोसम्बन्धी रोग बढ्छ। उच्च रक्तचाप भएका र कोलेस्टोरल भएकाहरु बिहान चिसोमा नहिँड्न र हिँडे पनि चिसोको पूरै प्रोटेक्सन गरेर हिँड्दा राम्रो हुन्छ ।

    चिकित्सकले यस्तो अवस्थामा रोगप्रतिरोध क्षमतासमेत घट्ने बताउँछन्। चिसोबाट बालबालिका, अशक्त, दीर्घरोगी, दमका बिरामी, गरिब र सडकमा बस्ने बढी जोखिममा हुन्छन्। चिकित्सकले चिसोबाट बच्ने तातो बस्ने, तरल कुरा प्रशस्त पिउनेजस्ता सावधानी अपनाउन सुझाव दिएका छन्।

    जाडोमा स्वस्थ रहन के गर्ने ?

    – जाडो याममा बिहानको चिसोमा सकेसम्म हिँड्डुल नगर्दा नै फाइदा हुन्छ । हिँड्डुल गर्नै पर्ने भए न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ ।

    – भाइरल फ्लु लागेका मानिसहरूबाट दुरी कायम गर्ने ।

    – तातो पानी सकेसम्म धेरै पिउने । चिसो कुराको सेवन नगर्ने ।

    – बन्द कोठाभित्र नभई राम्रोसँग हावा आवतजावत गर्ने कोठामा मात्र बसेर हिटर वा आगो ताप्ने ।

    – मौसमी फलफुल विशेष गरेर भिटामीन सि युक्त फलफुलको सेवन धेरै गर्ने ।

    – श्वासप्रश्वासका समस्या भएकाहरूले यो मौसममा विशेष सतर्कता अपउने र समय–समयमा चिकित्सकसँग परामर्श गरिरहने ।

    – बालबालिकालाई धेरै बाक्लो लुगा लगाइदिएर गुम्साउनु हुँदैन । भित्रभित्रै तातो भएर पसिना आउँछ र त्यसैको चिसोले अन्य समस्या नित्याउँछ ।

    – हातगोडा र ओठ फुट्ने वा छाला फुस्रो हुने समस्या भएकाहरूले मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

    – जाडो मौसममा तुँवालो लागेको बेला माक्सको प्रयोग गर्नाले पनि धेरै प्रकारका स्वासप्रस्वासका समस्याबाट जोगिन सकिन्छ ।

    (डाक्टरहरुको सल्लाह अनुसार तयार गरिएको सामाग्री)

  • सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस

    सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस

    बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूरक अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला अदालतमा आजदेखि थुनछेक बहस हुने भएको छ । बुधवार सहकारी ठगी र सङ्गठित अपराध मुद्दामा अदालतमा उपस्थित भएका लामिछानेलाई बयानपछि आज १० बजे अदालत उपस्थित  गराउने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लाएको थियो ।

    न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा आज थुनछेक बहस हुने  श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए । थुनछेक बहसमा जिल्ला सरकारी वकिलको कार्यालयका तर्फबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित सहायक न्यायधिवक्ताहरु गोकर्णराज घिमिरे, वसन्त पोख्रेल, लगायतले बहस गर्ने छन् ।  यस्तै जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारीले पनि बहस गर्ने तयारी गरेका छन् ।

    प्रतिवादी लामिछानेका तर्फबाट नारायणदत्त कँडेल र सुशील पन्तको नेतृत्वका बहस हुनेछ । उनीहरूसँगै  काठमाडौँ र पोखरा बहस  गरेका धेरै कानुन व्यवसायीहरूले बहस गर्ने  राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश उपाध्यक्ष सालिक राज घिमिरेले रातोपाटीलाई बताए ।

    माघ ६ गते जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा सुरुमा ४२ जना विरुद्ध मुद्दा परेको थियो । त्यसमध्ये पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी,सहकारीका संरक्षक गितेन्द्रबाबु (जिवी) राई सहितका २२ जना विरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट समुहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।

  • देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

    देवदहमा दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

    देवदह । रुपन्देहीको देवदहमा नगर स्तरीय अन्तर विद्यालय दोश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८१ शुरु भएको छ । देवदह नगरपालिकाको आयोजना र केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको प्रतियोगिताको बिहिवार एक कार्यक्रमका बिच प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गरे ।

    माघ ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देवदह क्षेत्रका २७ वटा विद्यालयका आठ सय ४३ खेलाडीहरुले ४२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए ।

    प्रतियोगिता अन्तर्गत एथ्लेक्टिस तर्फ २६ ईभेन्ट, भलिवल र कवड्डी तर्फ तर्फ २ वटा ईभेन्ट, र कराँते तर्फ १२ वटा ईभेन्ट हुने ढुंगानाले जनाए । उद्घाटनसँगै गत बर्षको विजेता देवदह माध्यमिक विद्यालयले केरवानी माध्यमिक विद्यालयलाई रनिङ्ग शिल्ड हस्तान्तरण ग¥यो ।
    प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले खेलको माध्यमबाट राष्ट्रको पहिचान बनाउन सकिनेमा जोड दिए । पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले खेलाडीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउदै राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिताले सहयोग गर्ने बताए ।

    ‘खेलकुदको विकासका लागि खेलाडीलाई वातावरण संगै तालिमको आयोजना गर्न आवश्यक छ । पछिल्लो समय खेलकुदको महत्व बढ्दै गएको र नेपाली खेलाडीहरु अन्र्तराष्ट्रिय प्रतियोगितामा समेत सहभागि भई पदक जित्न सफल भएका छन् ।’ उनले भने, ‘खेलाडीहरु राष्ट्रिय गहना भएकोले विद्यालय स्तरबाट उत्पादीत खेलाडीको उचित संरक्षण गर्न स्थानीय तहले भूमिका खेल्नुपर्छ ।’
    यसैगरी नगर प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि देवदह नगरपालिकाले विभिन्न योजना अगाडि सारेको दावी गरे । उनले खेलकुदको विकासको लागि भौतिक पुर्वाधार निर्माणको लागि नगरपालिका लागिरहेको बताउँदै राष्ट्रिपति रनिङ्ग शिल्डले खेलाडी उत्पादनमा विशेष योगदान दिने बताए ।
    देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागत र केरवानी माध्यमिक विद्यालयका शिक्षक यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।

    प्रतियोगिता अन्र्तगत पहिलो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन् । छात्रा तर्फ भएको लङ्गजम्पमा जनता माविका आशा दगौरिया प्रथम, सगरमाथा आवासीय माविका रोशनी थापा द्धितिय, जनप्रिय माविका पूर्णिमा थारु तृतिय भएका छन् । सोही खेलको छात्र तर्फ प्रगति माविका पवन पासी प्रथम, कोलिय ईङलिस बोडिङ्गका प्रविन रञ्जितकार द्धितिय, र ग्रीन प्लान्ट आवासीय माविका अविरल सुनारले तृतिय स्थान हासिल गरे ।

    यसैगरी छात्र सटफुट तर्फ भएको खेलमाा सगरमाथा आवासीय माविका अञ्जना विक प्रथम, देवदह बुद्ध पव्लिकका अनिस झेडी द्धितिय, जनप्रिय माविका रिम्स गौतम तृतिय भएका छन् । सोही खेलको छात्रा तर्फ भविष्य निर्माण माविका विना श्रीष प्रथम, सगरमाथा आवासीय माविका कृष्टि पौडेल द्धितिय र जनप्रिय माविका खिमा खत्रीले तृतिय स्थान हासिल गरे ।
    त्यसैगरी १५ सय छात्रतर्फको दौडमा बुद्ध पव्लिक आवासीय माविका आशिष अग्रहरी प्रथम, मदर टङ्गस एकेडेमीका अरुणा विके द्धितिय र नारायणयी पव्लिकका सन्तराम पासीले तृतिय स्थान हासिल गरे । छात्रतर्फ भएको सोही खेलमा युगज्योति माविका आयुष्मा खत्री प्रथम, देवदह बुद्ध पव्लिकका सिम्रन पाण्डे द्धितिय र देवदह बोडिङ्ग स्कुलका संगीता थापा तृतिय भएका छन् ।
    यस्तै भलिवल प्रतियोगिताको विभिन्न खेलहरु पनि बिहिवार सम्पन्न भएका छन् । छात्र तर्फ भएको भलिवल खेलमा एशियनलाईट बोडिङ्ग र देवदह बुद्ध पव्लिक दोश्रो चरणमा प्रवेश गरेका छन् । खेलमा देवदह बुद्ध पव्लिकले युगज्योति माविलाई सोझो सेटमा हराउदै दोश्रो चरणमा प्रवेश ग¥यो ।
    त्यस्तै एशिनलाई बोडिङ्ग स्कुलले देवदह मदरटङ्गस एकेडेमीलाई २–१, को सेटमा हराउदै दोश्रो चरणमा प्रवेश गरेको हो । छात्रा तर्फ भएको भलिवल प्रतियोगितामा सगरमाथा आवासीय मावि, कोलिय ईङलिस बोडिङ्ग स्कुल र सिता मावि दोश्रो चरणमा प्रवेश गरेको खेल संयोजक खेमानन्द ज्ञवालीले जानकारी दिए ।

  • Test Post for WordPress

    This is a sample post created to test the basic formatting features of the WordPress CMS.

    Subheading Level 2

    You can use bold text, italic text, and combine both styles.

    1. Step one
    2. Step two
    3. Step three

    This content is only for demonstration purposes. Feel free to edit or delete it.

  • पत्रकारसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

    पत्रकारसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

    देवदह । आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको देवदहमा हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल बनाउन आयोजक र मिडियाकर्मी बिच अन्तरक्रिया गरिएको छ ।

    केरवानी माध्यमिक विद्यालयमा मिडियाकर्मीसङ्ग शुक्रवार मिडियाको तर्फबाट गरिने प्रचारप्रसार तथा प्रतियोगिता सम्पन्न गर्न सञ्चार संस्थाको भूमिकाको विषयमा छलफल गरिएको हो ।

    अन्तरक्रियामा केरवानी माविका प्रधानाध्यापक निर्मल ढुंगानाले प्रतियोगितालाई विवाद रहित र व्यवस्थित रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरिएको बताए । पर्याप्त स्रोत र पूर्वाधार अभावका बाबजुद नगरबाद बिनियोजित रकमबाटै खेल सम्पन्न गर्नेगरि विद्यालयले तयारी गरेको र सोहि अनुसारको खेलमैदान मर्मतको काम भैरहेको प्रधानाध्यापक ढुंगानाले बताए ।

    केरवानी माविको संयोजनमा हुने प्रतियोगिताको लागि नगरपालिकाले ९ लाख रुपैंया बजेट बिनियोजन गरेकोे छ । राष्ट्रपती रनिङ शिल्डको उद्घाटन विद्यालय प्राङ्गणमा हुने र पानबारी खेलमैदानमा बाँकी खेलहरु हुनेछन् ।

    कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले खेल सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने बताए । खेल अवधिभर खेलाडीहरुको सामूहिक बीमाको व्यवस्था गरिने समेत उनले जानकारी दिए ।

    कार्यक्रममा रेडियो देवदहका समाचार प्रमुख गोविन्द घर्ती, देवदह साप्ताहिकका तिलोचन दाहाल, देवदह प्रेस क्लबका सचिव निर्मल थापा, बुद्द टेलिभिजनका केशब पराजुली, सेतोमसी मिडियाका रेशम अधिकारी र सिम्रीक आवाजका सुरज भट्टराई लगायले बोल्दै रनिङ शिल्ड सफल बनाउन मिडियाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

    विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता र सहायक प्रधानाध्यापक खेमानन्द ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।