Blog

  • बझाङ उपनिर्वाचन : सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक

    बझाङ उपनिर्वाचन : सबै मतपेटिका सङ्कलन, ११ बजे सर्वदलीय बैठक

    धनगढी ।  बझाङ निर्वाचन क्षेत्र नं. १ मा भएको मतदानको सबै मतपेटिका सङ्कलन गरिएको छ ।

    शनिबार सङ्कलन हुन बाँकी रहेका उच्च हिमाली क्षेत्रका पनि मतपेटिका आज आइतबार बिहान सेनाको हेलिकप्टरमार्फत सङ्कलन गरी सदरमुकाम चैनपुर पुर्याइएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले ११ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । लगत्तै मत गणना हुने उनले जानकारी दिए ।

  • सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै

    सन्दीपको पुनरावेदनमाथि सुनुवाइ हुँदै

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं लेग स्पिनर सन्दीप लामिछानेमाथिको बलात्कार सम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदै छ ।

    उच्च अदालत पाटनमा परेको पुनरावेदनमा आज सुनुवाइ हुन लागेको हो । यसअघि अदालतले हेर्न नभ्याइने भन्दै मुद्दाको पेशी आजलाई सारेको थियो ।

    सन्दीप पक्षका वकिलहरूले मुद्दालाई प्राथमिकतामा राखेर हेर्नुपर्ने बताउँदै आएका छन् ।

  • इलाममा सर्वपक्षीय बैठक सुरू, केहीबेरमा मतगणना हुँदै

    इलाममा सर्वपक्षीय बैठक सुरू, केहीबेरमा मतगणना हुँदै

    इलाम। प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम २ को मतगणनाका लागि सर्वपक्षीय बैठक भर्खरै सुरू भएको छ।

    राजनीतिक दलका उम्मेद्वार र प्रतिनिधिहरू, स्वतन्त्र उम्मेद्वार र प्रतिनिधिहरूसहितको बैठक भर्खरै सुरू भएको हो।

    बैठकपछि मतगणना सुरू हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

    शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो।

    संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो। शनिबार भएको मतदानमा ६० प्रतिशत मत खसेको थियो।

    यो क्षेत्रमा १ लाख १५ हजार ८८९ मतदाता छन्। तीमध्ये ६९ हजार २८७ जनाले मतदान गरेका छन्। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ६० प्रतिशत मत खसेको बताए।

    इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइपुर्‍याइसकिएको छ।

    चुलाचुली, माङसेबुङ र फाकफोकथुम गाउँपालिका र देउमाई नगरपालिकाका सबै वडा, इलाम नगरपालिकाका १० नम्बर बाहेकका सबै (११ वटै) र माई नगरपालिकाका ६, ७ र ८ गरी कुल ४२ वडा इलाम–२ मा पर्छन्।

    मतगणनाका लागि सदरमुकामस्थित सिटी हलमा व्यवस्था गरिएको छ। सिटीहलको एउटा कोठामा तारजाली लगाएर गणक मात्र भित्र बस्न मिल्ने र प्रतिनिधि बाहिरै बस्ने गरी गणनास्थल तयार गरिएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार गणनास्थलमा ११ वटा सिसी क्यामरा जडान गरिएका छन्। ’गणनाको अंक प्रत्येक घन्टा सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘इलाम चोक बजारको डिस्प्लेमा समेत मतगणनाको नतिजा सार्वजनिक गर्दै जाने तयारी गर्दैछौं।’

  • कहिले पूरा हुने बुटवल-नारायणगढ सडक खण्ड

    कहिले पूरा हुने बुटवल-नारायणगढ सडक खण्ड

    काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-नारायणगढ सडकखण्ड शिलान्यास भएको ६ वर्ष भयो । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक खण्डको शिलान्यास गर्नुभएको थियो । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडले विसं २०७५ माघ २४ मा सम्झौता गरेको थियो । करिब दुई वर्षअघि नै सकिनुपर्ने सडक खण्डको काम अझै आधा पनि पूरा भएको छैन । एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको सडकको भौतिक प्रगति अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । पाँच वर्षमा बनाउनेभन्दा बढी भत्काउने काम जारी छ ।

    दुई प्याकेजमा गरी काम भइरहेकामा दुवै ठेक्का चाइना स्टेट कन्सट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनलाई दिइएको छ । चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार गर्ने तयारी छ । काम सुरु भएको ६ महिनासम्म पनि नबित्दै कोभिड महामारी आयो । आयोजना ढिलाइ गर्न महामारी राम्रो बहाना बनिदियो । कोभिड महामारीले काम अघि बढ्न सकेन । १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागत लाग्ने योजनामा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी छ । विसं २०१८ मा गैँडाकोटको शिलान्यास चोकबाट पूर्वराजा महेन्द्रले शिलान्यास गरेको सडक करिब ५८ वर्षपछि एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ ।

    म्याद थपेको थप्यै, काम उस्तै

    ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ । तर, काम भने उस्तै सुस्त छ । नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले पहिलोपटक थप गरिएको समय विसं २०८० भदौ १२ मा सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्ने समय २०८१ साउन ८ मा पुर्‍याइएको बताउनुभयो । दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले बनाएको योजनाअनुसार अझै काम हुन सकेको छैन ।

    निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिन अढाई महिना बाँकी छ । तर, काम सकिनु त परको कुरा आधा भएको छैन । निर्माण व्यवसायीले बनाएको कार्य योजनाअनुसार कुनै पनि काम नगरेको स्थानीय बताउँछन् । निर्माण व्यवसायी आफैँले बनाएको योजनाअनुसार काम गर्न सकेको छैन । निर्माण व्यवसायीले आफैँले बनाएको योजनाअनुसार काम नगर्दा सडक विस्तारको कामले गति लिन नसकेको उहाँको भनाइ छ ।

    चार लेनमा विस्तार हुने नारायणगढ-बुटवल सडकका दुई-दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा विरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७ दशमलव ६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ ।

    सडकको ४२ दशमलव सात किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताउनुभयो । यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन् । सडकका विभिन्न स्थानमा निर्माण हुने दुई सय १५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ ।

    ढिलाइ किन ?

    नारायणगढ-बुटवल सडक विस्तारका लागि डिपिआर बनेको केही वर्षपछि मात्रै चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको हो । त्यसअघि पनि एक कम्पनीसँग सम्झौता भएर रद्द भएको थियो । पछिल्लो सम्झौतापछि पनि तुरुन्तै काम सुरु हुन सकेन । चाइनाको कम्पनीसँग सम्झौता भएपछि पनि राजमार्ग क्षेत्रमा रहेको वनका कारण पूर्णरूपमा काम सुरु गर्नै ११ महिना लागेको थियो । डिपिआर बन्दा सुरुआती चरणमा वातावरणीय प्रभाव मूल्यांकनबाट नौ हजार वटा रूख काट्नुपर्ने देखिएको थियो । तर, सडक निर्माणको सम्झौतापछि सो क्षेत्रमा काट्नुपर्ने रूखको संख्या अत्यधिक बढी देखियो ।

    यात्रुलाई सधैँ सास्ती

    पश्चिम नेपाल र पूर्वी नेपाल जोडिने मध्य भागको बाटो एवं राजधानी काठमाडौंसँग जोड्ने एउटा प्रमुख सडक मानिसहरूको दैनिक आवतजावत र व्यावसायिक दृष्टिबाट महत्वपूर्ण मानिन्छ । पहिला तीन घण्टा लाग्ने बुटवल–नारायणगढको यात्रा सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण खाल्डा खुल्डीले ६ देखि ८ घण्टासम्म लाग्ने गरेको छ । सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्को तर्फबाट सवारी साधनको सहज आवत-जावतको वातावरण सिर्जना गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

    सडक स्तरोन्नतिमा भएको ढिलाइकै कारण आर्थिक गतिविधिमा समेत असर पर्न थालेको स्थानीय बताउँछन् । खराब सडकका कारणले पाँच वर्ष पुग्ने गाडी मेन्टिनेन्स खर्च एक वर्षमै सकिने गरेको यातायात व्यवसायी बताउँछन् ।

    ठाउँ-ठाउँमा सडक र आसपासका भाग खनेर छाडिएको छ । ठेक्का लागेको भन्दै सरकारले सडकको नियमित मर्मत गर्नै छाड्यो । ठेकेदारले पनि सम्झौताअनुसार सवारी चलिरहेका लेनहरू मर्मत नगर्दा सवारी, यात्रु र स्थानीयहरू खाल्डो, धुलो र हिलोको मारमा परिरहका छन् । काम यति सुस्त छ कि आयोजनामा बिजुलीको पोल सार्ने कामसमेत अझै सकिएको छैन । यो काममा विद्युत् प्राधिकरणले असहयोग गरेको आरोप लगाउँदै सडक विभागका अधिकारीहरू पन्छिने गरेका छन् । तर, विद्युत् प्राधिकरणले भने ठेकेदार कम्पनीले नै सार्नुपर्ने गरी खरिद सम्झौता भएको बताउँदै आएको छ ।

    सधैँको टाउको दुःखाइ

    अबको केही समयमा वर्षा सुरु हुनेछ । वर्षासँगै चाडवाडको समय सुरु हुन्छ । चाडवाडमा मुलुकभित्र मानिसको सबैभन्दा बढी आउजाउ हुन्छ  । पानी पर्दा हिलो, घाम लाग्दा धुलोले अहिले सर्वसाधारणले हैरानी खेप्नुपरेको छ । अनि यही समयमा सुरक्षित रूपमा गन्तव्यमा नपुगिएला कि भन्ने चिन्ताले सताउने गर्छ । अहिले पनि लामो यात्रा गर्नुपर्ने अवस्थाका मानिस सडकको दुरवस्थाका कारण पिरोलिन थालिसकेका छन् । यो सधैँको समस्या हो ।

    पश्चिमतिर जाने यात्रुका लागि नारायणगढ-बुटवल र मुग्लिङ-पोखरा सडक सधैँ टाउको दुःखाइको विषय बन्ने गरेका छन् । सवारी चाप अझ बढ्ने भएकाले यो बेला ती सडकको यातायात सकसपूर्ण हुने देखिन्छ । अघिपछि साढे दुई घण्टा लाग्ने नारायणगढ-बुटवलमा अहिले यात्रुलाई तेब्बर समय लाग्छ । यात्रुले कहिलेसम्म सास्ती पाइरहने ?

     

  • बझाङमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै

    बझाङमा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिँदै

    काठमाडाैं ।  निर्वाचन आयोगले शनिबार सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत बझाङ जिल्ला साइपाल गाउँपालिकाको ३ स्थानको मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला सदरमुकाम चैनपुरमासम्म ल्याउन लागिएको जनाएको छ ।

    निर्वाचन आयोगले आवश्यक सबै साधनबाट आज बिहान १०ः०० बजेभित्र ढुवानी भइसक्ने गरी व्यवस्था मिलाएको जनाएको छ ।

    मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगबाट भएको निर्देशन बमोजिम मतगणना प्रारम्भ गरिने आयोगले जनाएको छ ।

  • रोहितको शानदार शतकमा नेपाल विजयी

    रोहितको शानदार शतकमा नेपाल विजयी

    काठमाडौं । पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो ।

    नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य पछ्यायो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले । उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४ बलमा १० चौका र ६ छक्का हिर्काए ।

    दीपेन्द्र सिंह ऐरीले १८ बलमा २४ रनको योगदान दिए । उनले यस क्रममा २ चौका र १ छक्का हिर्काए । कुशल भुर्तेल र कुशल मल्लले १६–१६ रन बनाए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । पाहुना टोलीका लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का हिर्काए ।

    त्यस्तै, ओपनर एलिक अथानाजेले २५ बलमा ४७ रनको शानदार इनिङ्स खेले । उनले यस क्रममा ५ चौका र ३ छक्का हिर्काए । किसी कार्टीले २६ बलमा ३८ रन बनाए । उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे । नेपालका लागि अविनाश बोहरा, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र कमल ऐरीले १–१ विकेट लिए ।

    शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

  • स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुनुपर्छः सभापति देउवा

    स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुनुपर्छः सभापति देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन् ।

    शनिबार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको पनि बताए ।

    उनले पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उल्लेख गर्दै खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको जनाए । उनले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुने बताए ।

    सभापति देउवाले समुन्नत नेपाल सबैको सपना भएको र समुन्नत नेपालको सपना पूरा गर्न सबै क्रियाशील हुन जरुरी रहेको बताए ।

  • The Youngest Nepalese Music Producer and DJ

    The Youngest Nepalese Music Producer and DJ

    Dj Atul Whose real Name is Mukti Thapa, A Nepalese DJ and Music producer, known by his stage name Dj Atul, is a multifaceted artist, born on September 1, 1997, in Butwal. He began his music career in 2015. As a young artist, he has made a significant impact in the world of music as the youngest DJ and music producer in the region. Apart from his DJing prowess, Dj Atul has also showcased his directorial skills by working on several music video projects.

    His unique approach to music production sets him apart, as he focuses on blending traditional Nepalese music with contemporary beats, creating a distinctive sound that resonates with audiences across the country. As a solo artist, DJ Atul has traveled extensively throughout NEPAL to perform, sharing his passion for music with fans everywhere.

    He has collaborated with artists such as Almoda Rana Uprety and many others, DJ Atul has continuously expanded his artistic horizons and enriched the Nepalese music scene. His talent and dedication have earned him a prominent position in the industry, making him a true inspiration for aspiring musicians and DJs.

  • वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

    वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजको ‘ए’ विरुद्ध पहिले  बलिङ गर्ने भएको छ ।  नेपालले टस जितेर पहिले  बलिङ गर्ने निर्णय लिएको हो ।

    खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

    नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।

    नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

    शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

    घोषित टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब र आकाश चन्द रहेका छन् ।

    आगामी जुनमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो अभ्यास खेल खेल्न लागिएको हो । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । नेपालसँगै वेस्ट इन्डिजसले पनि आगामी टी–२० विश्वकप खेल्दै छ ।

    आईसीसी टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ ।

    उक्त समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । वेस्ट इन्डिज भने टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ । उक्त समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगान्डा रहेका छन् ।

    यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । सो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।