Blog

  • वीरेन्द्र तालमा हिमपहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी

    वीरेन्द्र तालमा हिमपहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी

    पोखरा ।  गोरखाको वीरेन्द्र तालमा हिम पहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी आएको छ । त्यहाँका प्रहरी प्रमुख अञ्जन पौडेलले तालमा हिउँको ढिक्का र चट्टान थुप्रिएको बताए । उनका अनुसार तालबाट पानी गहिरिएर बगेको छ ।

    ‘मनास्लु बेसक्याम्पबाट हिउँ पहिरो गयो । तालमा हिउँ खस्यो । ढिक्का र चट्टान तालमा छ । पानी र हिउँको आकार बढी भएर बाटो खोज्ने क्रममा ताल बग्ने खोला अझै गहिरो बनाएर खोलिएको छ,’ उनले रातोपाटीसँग भने ।

    निरन्तर बाढी आइरहेको उनको भनाई छ । ‘बाढी रेगुलर आएको छ । बुढीगण्डकी र वीरेन्द्र तालको पानी मिसिने ठाउँमा बुढीगण्डकी भन्दा वीरेन्द्र तालबाट आउने पानी दोब्बर छ,’ पौडेलले अघि भने । उनका अनुसार बाढीले दोभानको काठे पुल बगाएको छ भने अन्य क्षति छैन ।

    सुरुमा स्थानीयले ताल फुटेको भने पनि अहिले बुझ्दा पानी थेग्न नसकेर खोला गहिरिँदै बगेको हो । कम्तीमा डेढ देखि २ घण्टासम्म निरन्तर पानी बढी आउने उनको भनाई छ । तल्लो तटमा रहेका चुमनुब्री,धार्चे,आरुघाट लगायत पालिकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

  • म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

    म्याग्दीको पन्थोकमा सिँचाइ आयोजना बन्दै

    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा एक दशकअघि सुरु भएको सिँचाइ आयोजना निर्माणले बल्ल गति लिएको छ ।

    सिँचाइ आयोजनाका लागि बजेट विनियोजन नहुँदा र पहिरोका कारण त्यसलाई अघि बढाउन सकिएको थिएन ।  गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेपछि निर्माणले गति लिएको हो ।

    ‘तत्कालीन जिविसले सुरु गरेको योजनाले निरन्तरता नपाएको र पहिरोले क्षति गरेपछि सात वर्षदेखि अलपत्र थियो । यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएकाले सिँचाइ योजनालाई पूर्णता दिन लागिपरेका छौँ’, स्थानीय अगुवा एवं पूर्ववडासदस्य दिलबहादुर पुनले भने ।

    सात वर्षअघि १३ लाख खर्चेर जङ्गलेखोलाको मुहाबाट करिब एक किलोमिटर पाइप लाइन बिछ्याइएको थियो । उपभोक्ता समितिका सचिव केमबहादुर मल्लले मुहानबाट पाँच सय मिटर दुई सय मिलीलिटर क्षमताको पाइपबाट पानी चलाइसकेको र कुनलेखर्कसम्म थप तीन सय मिटर पाइप लाइन जडान  भइरहेको जानकारी दिए ।

    खानेपानी सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका सबइन्जिनीयर अन्जन खत्रीका अनुसार सो योजनाबाट पन्थोकको ५० हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

    उपभोक्ता समिति र स्थानीयवासी गरी दैनिक १२ देखि २० जनाले श्रमदान गरेर पाइप लाइन खन्ने र जोड्ने काम गरिरहेका छन् । योजनाको शनिबार अनुगमन गरेका खानेपानी, सिँचाइ तथा जलस्रोत डिभिजन कार्यालयका प्रमुख झलकमोहन ओझाले गौराखोलालगायत म्याग्दीका ६० वटा सिँचाइ आयोजना निर्माणाधीन रहेका  बताए ।

  • लुम्बिनीका ४ जिल्लामा हावाहुरीले जंगलको डढेलो गाउँमा

    लुम्बिनीका ४ जिल्लामा हावाहुरीले जंगलको डढेलो गाउँमा

    रुपन्देही । लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन क्षेत्रमा लागेको डढेलो शनिबार लागेको हावाहुरीले गाउँघरमा प्रवेश गर्दा ७० भन्दा धेरै घरगोठ जलेर क्षति भएका छन् ।

    पहिलेदेखि वनजंगलमा लागेको डढेको शनिबारको हावाहुरीले गाउँमा सल्केको हो । अर्घाखांचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

    भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा १८ ओटा घरगोठ जलेका छन् । भुमिकास्थान ३ र ४ मा भिषण आगलागी हालसम्म १८ घरगोठमध्ये शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घररगोठ, वसन्त मल्ल ठकुरीको घररगोठ,

    यस्तै विष्णु जि एमको दोकान, गंग बहादुरको थारे घर, दुर्गा विकको थारे घर, पुर्ण प्रसाद भुसालको गोठ र बाईक, भुपलाल भसालको गोठरभैसी, झविलाल भुसालको घर, खिम प्रसाद भुसालको घर, तिलक भुसालको घर, ईश्वरी भुसालको घर, काँशिराम भुसालको घर, गंगा भुसालको गोठ, रामजी भुसालको घररथारो, कृष्ण ओलीको घररथारोरभैंसी, दोल प्रसाद भुसालको थारो, पिताम्वर भुसालको थारो डढेको स्थानीय हरि भुसालले जनाएका छन् ।

    साँझ अबेरसम्म आगलागी नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।

    उता गुल्मीको इस्मा गाउँपालिका २ मा आगलागी हुँदा १३ घर जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर जलेका वडाध्यक्ष लोकनाथ आर्चायले बताए । घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् । अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

    इस्मा गाउँपालिकाबाहेक अन्यत्र पनि आगलागी भएको छ । आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

    आगलागीबाट इस्मा गाउँपालिका १ उजुङका १९ बर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ का २१ बर्षीय प्रेम राना घाइते भएका छन् । घाइते भएका इस्माका राना ट्याक्टर चालक हुने भने मुसिकोटका राना एक्साभेटर चालक हुन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक डीएसपी शंकर पोखरेलले बताए ।

    आगलागी भएका ठाउँमा आगो निभाउन सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी खटिएका छन् । एकपटक निभाइसकेको ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ ।

    गुल्मीकै रुरु क्षेत्र गाउँपालिका–१ भटकुवामा शनिबार सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर र एक गोठ जलेको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीका वडाध्यक्ष नवराज विकका अनुसार भरत पन्थीको घर र गोठ साथै झविन्द्र ज्ञवालीको घरमा आगलागी भएको हो । बस्तीका १० बढी घर डढेलोको जोखिममा रहेकाले स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा जोगाइएको छ ।

    जंगलमा लागेको डढेलो हावाहुरीका कारण नियन्त्रणमा आउन सकेको छैन । पछिल्लो एक सातामा लुम्बिनी प्रदेशका १२ जिल्लामा ४ सय बढी स्थानमा डढेलो लागेको छ । प्रदेश सरकारले हरेक वर्ष ६० लाख बढी खर्चिएर गरिादै आएको डढेलो सचेतना कार्यक्रम असफल देखिएको छ ।

    यसैगरी पाल्पाका दर्जनभन्दा बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए ।

    वनदेवी सामुदायिक वन क्षेत्रको जंगलका तीन चार स्थानमा डढेलो लागेको छ । ल्याण्डफिल साइट क्षेत्रका साथै नजिकका अन्य जंगलमासमेत डढेलो लागेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बस्तीमा डढेलो पस्नबाट रोकिएको छ ।

    मिलीजुली पालेको सामुदायिक वन बतासेमा लागेको डढेलोले बस्ती जोखिममा परेको हो । तानसेन नगरपालिका–१४, अर्गलीको विभिन्न स्थानमा लागेको डढेलोले पनि बस्ती जोखिममा परेपछि दमकल लगिएको छ । पाल्पाकै अर्गली, मुझुङ, माथागढीको झडेवा, तिनाउको दोभान, बगनासकालीको यम्घा लगायतका स्थानमा भीषण डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

  • इलाम दौडाहामा शीर्ष नेता

    इलाम दौडाहामा शीर्ष नेता

    भगीरथ भण्डारी, ­इलाम । इलाम–२ को उपनिर्वाचन नजिकिँदै जाँदा शीर्ष नेता इलाम केन्द्रित भएका छन् । विभिन्न पार्टीका शीर्षनेता आफ्ना उम्मेदवार जिताउन इलाम–२ मा आइरहेका छन् ।

    आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका शीर्ष नेताले इलामको विकासको जिम्मा आफ्नो पार्टी र आफूले नै लिने आश्वासनसमेत दिइरहेका छन् । ५ वैशाखमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मंगल’bout आयोजित चुनावी सभामा आए । सभामा ओलीले सुहाङलाई जिताउन मतदातालाई आग्रह गर्दै भने, ‘सुहाङलाई जिताएर पठाउनुस्, इलामको विकासको जिम्मा म लिन्छु, एमालेले लिन्छ ।’

    पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल पनि चुनावी घरदैलोमा छन् । उनले आफ्ना उम्मेदवार जितबहादुर राईलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘यसपटक इलाम–२ मा हाम्रा उम्मेदवारलाई मतदाताले जिताउनेछन्, हाम्रो जित सुनिश्चित छ ।’

    उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछाने पनि चुनावी–सभामा व्यस्त छन् । उनले चुनावी सभामा सहभागी भएर आफ्ना उम्मेदवार मिलन लिम्बुलाई जिताउन आग्रह गरिरहेका छन् । ‘आश्वासनका पोका बाँडेर मात्र हुँदैन, अब काम गरेर देखाउनुपर्छ,’ उनले आफ्ना उम्मेदवारलाई भोट माग्दै भने, ‘पुराना दललाई सुधार्न सकिएन, नयाँ दल र नयाँ मान्छेबाट मात्रै परिवर्तन सम्भव छ ।’

    त्यस्तै, रास्वपा नेत्री तथा शिक्षामन्त्री सुमना श्रेष्ठसमेत केही दिनअघि इलाम आएर आफ्ना उम्मेदवारलाई भेट मागेकी थिइन् ।

    नेपाली कांग्रेसले इलाममा शनिबार गरेको चुनावी–सभामा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सहभागी थिए । शर्माले इलाममा काम नभएको होइन धेरै काम भएको भन्दै अधुरा रहेका काम पूरा गर्न कांग्रेसलाई जिताउनुपर्ने बताए । ‘इलाम–२ मा धेरै काम भएको छ, धेरै काम हुँदै छन् । केही अधुरा छन् । ती काम किन अधुरा र ढिला भयो भन्ने हेर्न जरुरी छ,’ शर्माले भने, ‘२०४६ को परिवर्तनपछि कांग्रेस नेतृत्वको सरकारका पालामा पनि धेरै काम भए । स्वर्गीय सुवासचन्द्र नेम्वाङले पनि यहाँ काम नगर्नुभएको भन्न मिल्दैन, नेम्वाङका अधुरा सपना अब नेपाली कांग्रेसले पूरा गर्नेछ ।’

    त्यस्तै, कांग्रेस महामन्त्री गगन थापाले देशलाई सम्हाल्ने शक्ति चाहिएको बताएका छन् । उनले सबैको पहिचानलाई सम्हाल्ने गरीको नेतृत्व इलाम क्षेत्र–२ को निर्वाचनले खोजेको पनि बताए । सभामा महामन्त्री थापाले पहिचान पक्षधरलाई वास्तवमा नाराको सम्बोधन गर्न खोजेको कि चुनावी एजेन्डा मात्रै बनाएको भन्ने प्रश्नसमेत गरे ।

    ‘यो देशलाई मिलाउने शक्ति चाहिएको छ, सम्हाल्ने शक्ति चाहिएको छ,’ उनले भने, ‘पहिचानको नारा लगाउने साथीलाई यही मञ्चबाट भन्छु, यो नाराको सम्बोधन होस् भन्ने चाहेको हो कि नारा मात्रै लगाएको ?’

    उनले इलामका मतदाताले उत्तेजना, भड्काउको राजनीति स्विकार्ने कि चेतनाको राजनीति रोज्ने भन्ने पनि आउँदो उपनिर्वाचनले देखाउने बताए । ‘कांग्रेस सबैको समान अधिकार स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छ,’ उनले भने, ‘इलामले उत्तेजनाको, भड्काउको र उचाल्ने राजनीतिलाई स्विकार्छ कि मिलाउने वा सहमतिको राजनीतिलाई स्विकार्छ भन्ने यो निर्वाचनले देखाउने छ ।’ उनले कांग्रेस नेता डम्बरबहादुर खड्कालाई जिताउन मतदातासँग आग्रह गरे ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्लेन साताअघि इलाम आएका थिए । इलाम बजारमा आयोजित चुनावी–सभामा उनले राप्रपालाई जिताउन आग्रह गरे । उनीसहित नेता रविन्द्र मिश्रसमेत आएका थिए । राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीसहितका दुई सांसदसमेत चुनावी अभियानमा इलाम आए । उनीहरूले यसपटक राप्रपा उम्मेदवार यहाँबाट विजयी बन्ने दाबी गरे ।

    जनमत पार्टी अध्यक्ष सिके राउतसमेत यसअघि इलाम आएका थिए । उनले आफ्ना उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका थिए । जनमत पार्टीले प्रेमकुमार थाम्सुहाङलाई उम्मेदवार बनाएको छ ।

    पहिचान पक्षधरतर्फबाट डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बु, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली उम्मेदवार बनेका छन् । स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन् ।

    एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्बाङको गत २६ भदौमा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । २०७९ सालको निर्वाचनमा नेम्बाङ ३० हजार २० मतसहित विजयी भएका थिए । तत्कालीय सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । । रास्वपाका प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत ल्याएका थिए ।

    समानुपातिकतर्फ एमालेले २६ हजार ५ सय ६२, कांग्रेसले २२ हजार ३ सय ३३, माओवादीले ५ हजार १ सय ५३ र रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएका थिए । आजको राजधानी दैनिकमा प्रकाशित समाचार

  • उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

    उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

    फिक्कल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन् ।

    इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो-कोहीलाई कडा कारबाही गरिने बताएका हुन् ।

    उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए । ‘मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला’, उनले भने, ‘२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौँ ।’

    उनले गाउँगाउँमा पैसा बाँड्दै हिँडेर इलामको भविष्य किन्न खोज्नेलाई सार्वजनिक गरेर आम नागरिकसामु चिनाउने बताए । 

    लामिछानेले आफ्नो पार्टीको उम्मेदवार जिताउन मात्रै इलाम नआएको उल्लेख गर्दै इलामलाई जिताउन र आम इलामेली नागरिकलाई जिताउन चुनावी घरदैलोमा आएको बताए । 

    रास्वपाले इलाम-२ मा पत्रकार मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ । यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ ।

  • हङकङसँग पनि हार्‍यो नेपाल

    हङकङसँग पनि हार्‍यो नेपाल

    काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।

    नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो । हङकङका लागि अन्सुमन राथले नटआउट रहँदै सर्वाधिक ६५ रन बनाए ।

    त्यस्तै, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए । नेपालका लागि सोमपालका कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।

    नेपालले खेलमा खराब सुरुवात गरेको थियो । कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए ।

    त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए । जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाए ।

    कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।

  • पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

    पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

    म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

    विसं २०८० को वैशाखदेखि चैतसम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरणसहितको अभिलेख राख्दै आएको छ ।

    गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हुादै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताए । सबैभन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् ।

    वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् ।

    कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए ।

    विसं २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्षसमेत रहेकी होटल व्यवसायी जुलीठकुरी पुनले कोरोनाअघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताए ।

    ‘अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ’, उनले भने, ‘आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।’ कोरोनाअघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।

    समुद्र सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् ।

    पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न हरेक नेपालीले रु ५० र विदेशीले रु एक सय ५० शुल्क तिर्नुपर्छ ।

    पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जङ्गल छ । हिजोआज गुराँसले ढकमक्क भएको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए ।

    अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ । पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ ।

  • बाध्यताको बाटो विदेश : रहर कि बाध्यता ?

    बाध्यताको बाटो विदेश : रहर कि बाध्यता ?

    “विद्यालय तहको अध्यनमा कुनै पनि हालमा आफ्नो करियर बनाउन आफ्नो स्वार्थकालागी देश छाड्दिन विदेश जान्न जे गर्छु नेपालमा गर्छु भनेको थीए´ मेरो बाबाले पनि भन्नू हुन्थ्यो अरु सबै बिदेश जालान यो चै कतै जादैन यो पक्का हो । जब अध्यनकालागि काठमाडौं गए मेरो यो सोच,बिचार ठिक बिपरित भयो। यो कसरी भन्दा मेरो साथी सर्कालले गर्दा म उनिहरुलाइ दोष दिन त चाहेको हैन तर माहोल नै तेस्तै थीयो मेरा साथीहरुको भन्थे अमेरिका जाने, अष्ट्रेलिया जाने उतै सेट हुने अनि मेरो मस्तिष्कमा पनि तेस्तै सोच आयो । जब मैले बुबालाइ बिदेश जाने कुरा  गरे उहाँ अचम्मित पर्नु भयो । मेरो सोच अष्ट्रेलिया जाने सुट बुटमा कम्प्युटर अगाडी काम गर्ने टन्न पैसा कमाउने” । यो भनाइ हो सम्भवत नेपालका कान्छो उपन्यासकार अस्मित रेग्मीको केहि दिन अघि एक अन्तर्वार्तामा रेग्मीले आफू अष्ट्रेलिया जादा पहिलो काम झाडु र भाडा माझेको बताए सोही सन्दर्भमा उनले भनेको थीए । मेरो हातमा झाडु पोछा हुदा मैले सोचे  आजसम्म विद्यालय देखि हालसम्म मैले गरेको अध्यन मेरो ज्ञान सिप वा मेरो योग्यता यहि हो । उनले भनेका थीए के सोचेर आएको थीए के भएको थीयो म त्यो अवस्थाको  समना गर्न तयार नै भएको थिएन मलाई तयार हुन समय चाहिएको थीयो म ६ महिनामै नेपाल फर्किए र तयार भएर आए  । अस्मित जस्तै लाखौं युवाहरु हाल मेनपावर र कोन्सल्टेन्सीको अफिसमा भेटिन्छन् जस्ले कहिले कल्पनानै गरेका थीएन आफ्नो परिवार छाडेर लाखौं रिन काडेर प्रदेशिनु पर्छ भनेर यर विवस अनिदो रातो आँखा मिच्दै आज काममा जान बाध्य छ्न् ।

    अध्यागमन विभागको बढ्दै ग्राफ

    पछिल्लो एक वर्षमा स्थायी बसोबास गर्न ७१ हजार नेपालीले देश छोडेका छन् । अध्यागमन विभागको तथ्यांक अनुसार सन् २०२३ मा विश्वका विभिन्न मुलुकमा स्थायी बसोबास गर्नका लागि ७१ हजार जना नेपालीले देश छोडेका हुन् । यो वर्ष नेपालबाट कुल १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेश गएका थिए । जसमध्ये स्थायी रुपमा देश छोड्नेको संख्या ७० हजार ९ सय १५ जना रहेको विभागले जनाएको छ । विभागको तथ्यांक अनुसार सन् २०२३ मा ९१ हजार तीन सय ४९ जना नेपाली अस्थायी बसोबासका लागि विदेश गएका छन् । त्यस्तै, एक लाख ६७ हजार चार सय ८५ जना नेपाली विदेशमा रहेका आफ्नो परिवार भेट्न गएको तथ्यांकमा उल्लेख छ । त्यस्तै, विदेश जानेमध्ये आधाभन्दा धेरै नेपालीहरु रोजगारी प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये सबैभन्दा धेरै नेपाली रोजगारीका लागि दुबई गएका छन् भने सबैभन्दा धेरै क्रमशः भारत, कतार, मलेसिया र साउदी अरब गएका छन् । हाल यो संख्याको ग्राफ उकालो लागिरहेको छ । आफ्नो स्नातक तह अध्यन गर्दागर्दै युएई आएका रेमन प्रधान भन्छन् “पढाई बिचमै छोड्नु पर्यो आफ्नो र क्याम्पसको खर्चकालागि जागिर गर्थे तर पढाइ र जागिरको जातोमा पिसिएको महसुस भयो जेठो छोरा भएका कारण मैले मेरो लागी भन्दा पनि परिवारको बारेमा सोच्ने बेला भएको थीयो त्यसैले टुटेको सपनाको भग्नावसेस देशमा छोडेर युएई आए ।

     

    उच्च महत्वकांक्षा र देखासिकी

    विदेश पलायन हुनुमा युवाहरुको उच्च महत्वकांक्षाले पनि काम गरेको देखिन्छ । युवाहरुको जीवनशैली फेरिएको छ । युवाका इच्छा, चाहना र आकांक्षाहरु असीमित तरिकाले बढेका छन् । छिटोछिटो प्रतिफल खोजिरहेका छन् । युवाहरुका अपेक्षा अनपेक्षित रुपमा बढिरहेको छ । युवाका आवश्यकताहरु दिनप्रतिदिन बढिरहेका छन् । जीवनशैली विलासितामा परिणत भएको छ । तसर्थ छिटो–छिटो धन कमाउन र रातारात धनी बन्ने तीव्र आकांक्षाले सबै युवालाई विदेश मोहले तानिरहेको छ । सबैमा विदेश मोह जागेको छ । छरछिमेक र साथीभाइको दवाव अनि देखासिकीको कारणले पनि विदेश जाने बाध्यता छ । एउटा छिमेकिको छोरा विदेश जान्छ अनि अर्को छिमेकिलाई पनि छोराछोरी विदेश पठाउन दबाब पर्दछ । विदेश जाने प्रवृति सामाजिक प्रतिष्ठाको विषय बनेको छ । समाज र परिवारले विदेश जानेलाई भाग्यमानी र स्वदेशमा बस्नेलाई अभागी भनेर ट्याग लगाउने अवस्था आएको छ ।

    पढाई भन्दा पैसामा प्रेसर

    विदेशमा पढ्नभन्दा पनि उनीहरू आफ्नो कामको ग्यारेन्टी भएमा बढी खुसी हुन्छन् ।  चालीस–पचास लाखको सम्पत्ति देखाएर विदेश पुगेका युवाहरू किताब र क्याम्पसमा होइनन्, काम र दाममा मरिहत्ते गर्छन् ।  घरमा सामान्य काम पनि नगरेका ती युवा त्यहाँ गएर होटेल के काम गर्छन्, कसैलाई थाहा छैन । जानेहरू यो काम गर्छौँ भनेर कसैका सामु भन्दैनन् । विदेशको परिवेशमा भाग्य खोज्न विवश नेपाली युवाको भविष्यले कस्तो फल दिन्छ ? यसको सहजै आकलन गर्न सकिन्न ।

    राज्यसत्ताको आमुल परिवर्तन गर्ने र युवाहरुको भविष्य पूर्ण रुपले सुनिश्चित गर्ने लक्ष्यका साथ ती युगान्तकारी क्रान्ति र आन्दोलनहरु भएका थिए । तर, ती मुख्य आन्दोलनकर्ता युुवाहरुको भविश्य । देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा देशले फड्को मार्ने थियो । स्वदेशमै रोजगारीको अवसर प्राप्त हुन सकेको भए युवाहरुले विदेश पलायन हुनु पर्ने थीएन । अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ ।

     

  • नेपाली मिडियामा नवीन अभ्यास

    नेपाली मिडियामा नवीन अभ्यास

    ‘मिडिया’ शब्द नेपालीमाझ केही वर्षयता सहलिया बनेको छ । ‘मिडियम’ शब्दको बहुवचन ‘मिडिया’को प्रयोग बढेको छ, व्यापक भएको छ । यो एकभन्दा बढी पेसाकर्मीको साझा शब्दजस्तै बनेको छ तर यसबाट विशिष्टीकृत मिडियाको पहिचानको सङ्कट गहिरिँदै छ ।

    प्रसङ्ग हो, ‘मिडिया’ र ‘पत्रकारिता’लाई समानार्थक शब्दका रूपमा प्रयोग हुन थालेपछि सिर्जना भएको अन्योल । केही वर्षयता प्रेस र पत्रकारितासमेतको पर्याय बनेर फेसनकै रूपमा ‘मिडिया’ शब्दको प्रयोग बढेको छ । हो, त्यस्ता पेसाकर्मी छन्, जसले आफूलाई साधिकार ‘मिडियाकर्मी’ भन्न सक्छन्, भन्न पाउँछन् । यो सङ्ख्या पत्रकारको तुलनामा निकै अधिक छ तर कतिपय पत्रकारले समेत आपूmलाई ‘मिडियाकर्मी’ भन्न रुचाउन थालेका छन् । नेपालका सरकारी दस्तावेजमा समेत बेलाबखत पत्रकारिताको विकल्प जनाउने गरी ‘मिडिया’ शब्दको प्रयोग हुँदै आएको छ । यस्तो प्रयोग भने विचारणीय पाटो हो ।

    पत्रकार विनयकुमार कसजूले २०६४ सालमा नै ‘मिडिया’ शब्दको प्रयोगले भ्रम जन्माएको भन्दै एउटा लेखको शीर्षकमा नै प्रश्न तेस्र्याउनुभएको थियो– ‘मिडिया भन्ने कि प्रेस ।’ लेखमा उहाँले मिडिया शब्दले प्रेस र पत्रकारितालाई मात्रै समेट्ने भए त्यसले खासै गडबडी गर्ने थिएन तर मिडियाले सञ्चारका सबै माध्यमलाई समेट्ने हुनाले अनेक भ्रम सिर्जना भएको र अनर्थ पनि हुन थालेको उल्लेख गर्नुभएको छ ।

     

    सन् १९०१ मा ‘गोर्खापत्र’ (हालको गोरखापत्र)को प्रकाशनबाट नेपालमा अखबार प्रकाशन प्रारम्भ भयो । त्यसको दुई दशकपछि मात्रै प्रयोगमा आउन थालेको ‘मिडिया’को शाब्दिक अर्थ हो, ‘साधन’ वा ‘माध्यम’ । विज्ञापन उद्योगमा अखबार, रेडियो तथा सूचनाका अन्य स्रोतको वर्णनका लागि प्राविधिक शब्दका रूपमा प्रयोगमा ल्याइएको ‘मिडिया’लाई सञ्चार क्षेत्रले ‘सञ्चारमाध्यम’का रूपमा स्वीकार र व्याख्या गरेको छ । विद्वान्हरूले यसलाई ‘मिडिया अफ कम्युनिकेसन’ (सञ्चारको माध्यम) वा ‘मास कम्युनिकेसन मिडिया’ (आमसञ्चार माध्यम)को छोटकरी रूप पनि भन्ने गरेका छन् ।

     

    अखबार, रेडियो, टेलिभिजन, अनलाइन पत्रकारिता मात्र होइन, रङ्गमञ्च, चलचित्र उद्योग, सङ्गीत उद्योग, विज्ञापन उद्योग, जनसम्पर्क, इन्टरनेट सेवा, केबुल, पुस्तक, हाउस जर्नल, बुलेटिन, ब्रोसर, फ्लायर, भिडियो क्यासेट, सीडी, डीभीडी, होर्डिङबोर्ड, कम्प्युटर गेम, टेलिफोन, फ्याक्स, प्रत्यक्ष हुलाक, सामाजिक सञ्जाल, साइबर क्याफे, वेब पोर्टल, वेब डिजाइन सेवा, वेब होस्टिङ आदि मिडियाको फराकिलो दायराभित्रै पर्छन् । नेपालमा मध्यकालीन समयमा ‘कटुवाल कराउने’, ‘गन्धर्व गाउने’, ‘झ्याली पिट्ने’, ‘दमाहा ठटाउने’, ‘कर्नाल फुक्ने’, ‘बिगुल बजाउने’जस्ता चलन थिए । यीमध्ये केही अहिले पनि देशका केही क्षेत्रमा जीवन्त छन्; प्रयोगमा छन् ।

    सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा निर्माण गर्न लगाएको धरहरा (भीमसेन स्तम्भ)को टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । बिगुल बजेपछि जङ्गी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो । विदेशमा जस्तै नेपालमा पनि इस्तिहार टाँस्ने चलन रहेको इतिहासले जनाउँछ । शिलापत्र वा ताम्रपत्र पनि कुनै विशेष विषयको प्रचार वा प्रमाणका लागि राख्ने गरिन्थ्यो । यी पनि ‘मिडिया’को फराकिलो दायराभित्रै पर्छन् । यी सबै माध्यमका आआफ्नै अस्तित्व, महìव, उपयोगिता एवं औचित्य छन् । यी सबै माध्यमलाई प्रेस वा पत्रकारिताको अर्थ वा विकल्पका रूपमा प्रयोग गर्न मिल्दैन ।

    केही वर्षअघिको कुरो हो । मूल कर्म पत्रकारिता नभएका तर आमसञ्चार र पत्रकारितासँग सरोकार राख्ने कर्ममा लागेकाहरूले सञ्चारकर्मी (कम्युनिकेटर) शब्दको प्रयोग गर्दथे । वर्तमानमा सबै नै ‘मिडियाकर्मी’ (मिडिया पर्सन)मा रूपान्तरित भएका छन् । एक जना हुलाकीले आफुलाई साधिकार मिडियाकर्मी भन्न सक्छ । सोखका लागि ब्लग लेख्ने, दुई–चार पैसाको जोहो होला कि भनेर अथवा सोखकै लागि ‘युट्युब च्यानल’ चलाउनेहरू पनि मिडियाकर्मी हुन् । आर्थिक उपार्जनको मूल उद्देश्यसहित विज्ञापन व्यवसाय गर्ने उद्यमी होस् वा विज्ञापन एजेन्सीका लागि विज्ञापन सङ्कलन गर्ने व्यक्ति होस्, मिडियासँग आबद्ध भएपछि मिडियाकर्मी हुनु र भन्नु-भनाइनु स्वाभाविक हो ।

    एउटै ‘मिडिया’का पनि विभिन्न रूप हुन सक्छन्, हुन्छन् । छापा माध्यमकै कुरो गरौँ । अखबार, म्यागेजिन र ‘येलो पेजेज’ तीनै थरीका प्रकाशन ‘प्रिन्ट मिडिया’ हुन् तर यी माध्यमका लक्षित पाठक, प्रकाशन उद्देश्य, प्रकाशन स्वरूप र आवृत्ति समान छैनन् । अखबार र म्यागेजिन (खासगरी न्युज म्यागेजिन)को मूल कर्म पत्रकारिता हो । ‘यलो पेजेज’को कर्म पत्रकारिता होइन । मिडियाकै अर्को रूप पुस्तक पनि छापा माध्यम हो तर यसको कर्म पनि पत्रकारिता होइन ।

    टेलिभिजन च्यानलहरूकै कुरा गर्ने हो भने समाचार, मनोरञ्जन, खेलकुद, विज्ञान तथा आविष्कार, कार्टुन, जीवनशैली, धार्मिक च्यानललगायत विशिष्टीकृत च्यानल छन् । यी च्यानलहरू सञ्चालनको तौरतरिका र दर्शकहरू समान हुँदैनन् । समाचार च्यानलको कर्म, मर्म र धर्म पत्रकारिता हो तर धार्मिक च्यानलको सञ्चालन मिडिया कर्म त हो तर यो विशुद्ध पत्रकारिताचाहिँ होइन । प्रोपगान्डा पनि मिडियाजन्य कर्म नै हो तर पत्रकारिता र प्रोपगान्डा दुई विपरीत ध्रुवीय पाटा हुन्, जसलाई एउटै मापदण्डबाट हेर्न सकिँदैन ।

    उद्देश्य, लक्ष्य र सञ्चालनका तौरतरिका पृथक् होलान् तर मिडियामा काम गर्ने सबै मिडियाकर्मी हुन्, विवाद छैन । यद्यपि अखबारकर्मी, टेलिभिजनकर्मी, रेडियोकर्मी, विज्ञापनकर्मी, सामाजिक सञ्जालकर्मी, चलचित्रकर्मी, सङ्गीतकर्मी, हुलाककर्मी, पुस्तक प्रकाशक, जनसम्पर्क अधिकारी, कलाकार आदि सबैको पहिचान ‘मिडियाकर्मी’मा समाहित भए उनीहरूको वास्तविक पहिचान नै गुम्ने खतरा रहन्छ । माध्यमको दुरुपयोगको सम्भावना रहन्छ ।

    ‘मिडिया’ एकल शब्दले समग्र सञ्चारमाध्यम (मिडिया)लाई समन्याय गर्न सक्दैन र यसबाट मिडियाका उपभोक्ता भ्रमित हुन सक्छन् भन्ने कुरामा प्रयोगकर्ताहरू नै सचेत हुनुपर्छ । तसर्थ प्रत्येक ‘मिडिया’ले आफ्नो पहिचानलाई स्पष्ट पार्न र पारदर्शी बन्न जरुरी छ । कुनै मिडियाको कर्म समाचार सङ्कलन र सम्प्रेषण हो भने त्यसले आपूmलाई ‘न्युज मिडिया’ (समाचार माध्यम)का रूपमा परिचित गराउनुपर्छ । कुनै मिडियाको कर्म विज्ञापन हो भने त्यसले आपूmलाई ‘एड्भर्टाइजिङ मिडिया’ (विज्ञापन माध्यम) भनेर परिचित गराउनुपर्छ । सामाजिक सञ्जाल हो भने ‘सोसल मिडिया’ (सामाजिक सञ्जाल माध्यम)कै पहिचान दिनुपर्छ । यसबाट कुनै माध्यमको मानमर्दन हुँदैन । एउटा सानो उदाहरणबाट पनि यसलाई बुझ्न सकिन्छ ।

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, नेपाल विज्ञापन सङ्घका केन्द्रीय अध्यक्ष सोमप्रसाद धिताल, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का, एसियन बिजनेस सर्कल टिमका अध्यक्ष-प्रधानसम्पादक शुभशङ्कर कँडेल, मिडिया एलाइन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेल, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई, इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालका अध्यक्ष सुधीर पराजुली सबै नै कर्मले मिडियाकर्मी हुनुहुन्छ तर उहाँहरूको कर्मक्षेत्रको दायरा र उहाँहरूको सीप पहिचान भएको संस्थाको अन्तरनिहित उद्देश्य, लक्ष्य र स्वार्थ फरक–फरक छन् ।

     

    ‘मिडियाकर्मी’को एकल पहिचानले उहाँहरूको कर्मको वास्तविक पहिचान खुल्दैन । यही कुरा समग्र मिडिया र मिडियाकर्मीमा लागू हुन्छ । रिपोर्टर्स विद्आउट बोर्डर्सका दस्तावेजमा ‘जर्नलिस्ट’ र ‘मिडिया वर्कर्स’ शब्दको प्रयोग भएको पाइन्छ । प्यु रिसर्च सेन्टरले ‘न्युज मिडिया’ पदावली प्रयोग गर्दछ ।

    औद्योगिक व्यवसाय ऐन, २०७६ ले पत्रकारितासँग प्रत्यक्ष सरोकार राख्ने माध्यमलाई उद्योगको सूचीमा समावेश गरेको छ तर अन्य उद्योगजस्तो पत्रकारिताको एक मात्र उद्देश्य नाफा आर्जन होइन, हुन सक्दैन । ‘आवाजविहीनहरूको आवाज’ भनी कहलिएको पत्रकारितालाई सार्वजनिक हितको सेवाको धारणाले नै अन्य मिडिया क्रियाकलापबाट पृथक् राखेको छ । पत्रकारिताले राष्ट्रको चौथो अङ्गको सम्मान प्राप्त गरेको छ । प्रचलित ‘मिडिया’ शब्दले त्यो गुरुत्तर दायित्व निर्वाह गर्न सक्दैन ।

     

    न त पत्रकारिता नै अन्य माध्यमको विकल्प हुन सक्छ ।  र, पत्रकारिताको कमीकमजोरीको दोषका लागि अन्य मिडियालाई जिम्मेवार मान्न मिल्दैन । ‘मिडिया’ शब्दमा केन्द्रित हुँदा पनि ‘मिडिया’ र ‘मास मिडिया’ले एउटै कुरोलाई जनाउँदैनन् । यस्तै ‘मास मिडिया’ र ‘मास कम्युनिकेसन’ पर्यायवाची पदावली होइनन् । जहाँसम्म मूल कर्म पत्रकारिता रहेको सञ्चारमाध्यमको कुरो छ, त्यस्तो माध्यमलाई ‘समाचार माध्यम’ (न्युज मिडिया) र पत्रकारितालाई नै कर्म बनाउनेलाई पत्रकार भन्नु नै उपयुक्त हुन्छ । सरकारी दस्तावेजमा रहेका अलमलकारी प्रयोगलाई पनि हटाउनु र सच्याउनु बुद्धिमानी ठहर्छ । लेखक कृष्ण श्रेष्ठ