Blog

  • सुनकोशी सुरुङ खन्न एक सय १० मिटर बाँकी

    सुनकोशी सुरुङ खन्न एक सय १० मिटर बाँकी

    काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजनाको सुरुङ खन्ने काम अब एक सय १० मिटर मात्रै बाँकी रहेको छ ।

    तराई–मधेसका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ ।

    कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही वैशाख २६ गते विशेष समारोहको आयोजना गरी सुरुङ ब्रेक थ्रु गर्ने अन्तिम तयारी गरिएको आयोजनाले जनाएको छ ।

    सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये हालसम्म १३ दशमलव एक सय ९० किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २६ गते सुरुङको ब्रेक थ्रु गर्नेछन् । त्यसका लागि तयारी भइरहेको छ । ‘प्रधानमन्त्रीको समय मिलाइसकिएको छ र अन्य आवश्यक तयारी पनि भइरहेको छ’, आयोजना प्रमुख मित्र बरालले भने ।

    सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भए पनि त्यसलाई समाधान गरेर अगाडि बढिएको जानकारी दिँदै आयोजना प्रमुख बरालले भने, ‘ग्राउटिङलगायतका विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ, सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।’

    सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोशी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो ।

    उपकरणको प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको छ । अन्य आयोजनाको पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायतका अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीयस्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन नियमित निर्देशन दिएका छन् । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ ।

    निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले यसअघि नै निर्देशन दिएको थियो ।

    प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुगमन भइराखेको छ ।

    आयोजना प्रमुख बरालका अनुसार २०७९ साल असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो ।यसअघि भेरी–

    बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ ।

    सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षितभन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन ।

    बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिएअनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीले काम गरिरहेको भए पनि बाँध निर्माणमा अपेक्षित प्रगति भएको छैन । विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ ।

    सुनकोशी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर डाइभर्सन गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इञ्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

    आगामी बर्खााअघिसम्म बाँध निर्माणलाई एउटा स्तरमा पुर्‍याउने लक्ष्य राखिएको छ । वैशाखपछि नदीमा जलसतह बढ्ने भएकाले काम गर्न समस्या हुनेछ । यस्तै विद्युत् गृह निर्माण हुने स्थानमा मुआब्जा वितरण सम्पन्न भइसकेको छ । सो आयोजनाबाट तराई–मधेसका कूल एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको टिप्पणी छ ।

    यसअघि सुरुङ निर्माणमा भौगर्भिकरुपमा रहेको जटिलताका कारण पटकपटक समस्या देखिएको थियो । सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछापको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।

    सुनकोशीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि वाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । त्यस्तै सो आयोजनाबाट ३१ मेगावाट बिजुली उत्पादन हुनेछ ।

    आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ को असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोशी मरिणमा आउन नदिन सरकार उत्तिकै चनाखो देखिएको छ ।

    सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्य तराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्य उपज उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइन्छ ।

     

  • कतारी राजा नेपाल आउने

    कतारी राजा नेपाल आउने

    काठमाडौं।  कतारी राजा शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमण गर्दैछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारी थानीले यहि वैशाख ११ र १२ गते नेपाल भ्रमण गर्न लागेका हुन् ।

    नेपालीहरुको प्रमुख श्रम गन्तव्य मुलुकबाट हुन लागेको यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो । १९ वर्षअघि अर्थात् सन् २००५ मा नेपाल र कतारबीच श्रम सम्झौता भएको थियो । त्यसयता समेत ठुलो संख्यामा नेपालीहरु कतार पुगेका छन् । कतारी राजाको भ्रमणका अवसरमा नयाँ श्रम सम्झौता गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    नेपाल भ्रमणका क्रममा कतारी राजा शेख तमिमको राष्ट्रपति रामचन्द्र पौडेल लगायत अन्य उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । यसअघि गत कात्तिकमा हुने भनिएको कतारी राजाको नेपाल भ्रमण इजरायल–हमास युद्धका कारण स्थगित भएको थियो । कतारी राजा शेख तमिमले सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका छन् ।

    कतारी राजाको शेख तमिमका उच्चस्तरीय भ्रमणले नेपाल र कतार सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास लिइएको छ । भ्रमणका क्रममा ब्यापार, लगानी र संस्कृति आदनप्रदान गर्ने लगायतका विषयहरुमा समेत छलफल हुनेछ ।

    नेपालको कृषिमा, भौत्तिक पूर्वाधार र मानव विकासमा कतारको लगानी भित्र्याउनका लागि कुराकानी हुन सक्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशका जनताका बीचमा सम्बन्ध स्थापित गर्ने र यसमार्फत् अगाडि बढ्ने कतारको समेत चाहना रहेको बताइन्छ । यसका लागि आवश्यक सम्झौताहरु हुन सक्ने पनि बताइएको छ ।

    तर कतारबाट हुन लागेको उच्च स्तरको भ्रमणबारे आवश्यक तयारी सरकारले गरेको देखिदैन । जबकी कतारी राजा नेपाल आउने समय अब केही दिन मात्रै बाँकी छ ।

  • हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

    हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा टस जितेको छ । अल अमरेत क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएक छन् । पहिलो सेमिफाइनल खेल युएईबाट नेपालले टोलीमा परिवर्तन गरेको छैन ।

    नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।

    अब तेस्रो स्थानको लागि हुने नेपाल र हङकङबीचको विजेता टोली इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोली हुनेछन् ।

    नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

    बेन्च :  विवेक यादव, अनिल शाह र प्रतिश जिसी

  • गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

    गोरखाका महिलाद्वारा सीप सिकेर गाउँमै सेनेटरी प्याड उत्पादन

    गोरखा । गोरखाको सहिदलखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाले समूहमा मिलेर गाउँमै सेनेटरी प्याड उत्पादन गर्न सुरु गरेका छन् ।

    व्यावसायिक सीपमूलक तालिमबाट सिकेर महिलाले सामूहिकरुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेको सहिदलखन–५ स्थित नवपालुवा कोसिस महिला समूहका अध्यक्ष गीता परियारले जानकारी दिइन् ।

    “नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) ले प्रदान गरेको सेनेटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो”,उनले भनिन्, “तालिमसँगै वडा कार्यालय र एड्वानकोसमेत आर्थिक सहयोगमा समूहमा आबद्ध महिलाले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो ।”

    उद्योगबाट नवपालुका कोशिस महिला समूहमा आबद्ध २१ महिला प्रत्यक्षरुपमा आयआर्जनसँग जोडिन पुगेको उनको भनाइ छ । उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्नसमेत थालिएको छ ।

    “भर्खरै मात्र उत्पादन थालेकाले उत्पादन भएजति सबै बजारमा बिक्री हुने गरेको छ”, परियारले भनिन्, “अहिलेसम्म उद्योगमा करिब दुई हजार थान प्याड उत्पादन गरिसकिएको छ, सबै स्थानीय बजारमा नै खपत भएको छ । कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उनको भनाइ छ ।

    “फागुन महिनामै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भए पनि प्याडको बाहिरी प्याकेट आउन अलि ढिलो भयो”, उनले भनिन्, “उत्पादन माघ महिनाबाट नै सुरु गरिएको हो ।” उद्योगमा जोडिएका समूहका सदस्य पालैपालो उद्योगको काममा खटिने गरेको उनको भनाइ छ ।

    प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केही दिनमै प्याकेटमा राखेर बजार पठाउने तयारी भइरहेको छ । समूहले ठूलोमात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थापन गर्न गाउँपालिकासँग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिइन् ।

    उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान सेनेटरी प्याड उत्पादन गर्नसक्ने उनको भनाइ छ । “नियमितरुपमा उत्पादन गर्न सकियो भने जिल्लाभित्रका अन्य पालिकामा पुर्याउन सक्छौँ भन्ने लागेको छ”, परियारले भनिन्, “तत्कालका लागि सेनेटरी प्याडको बाहिरी प्याकेट चितवनबाट छपाइ गरेर ल्याउने गरेका छौँ ।”

    उत्पादित प्याड परीक्षणका लागि बजारमा  ५० रुपैयाँ प्रतिप्याकेटका दरले बिक्री गर्न थालिएको छ । “बाहिरबाट ल्याएको सेनेटरी प्याड अहिले स्थानीय बजारमा प्रति प्याकेट  ७० मा बिक्री हुँदै आएको छ”, उनले भनिन् ।

    उद्योग सञ्चालनका लागि अहिलेसम्म  १५ लाख ५० हजारभन्दा बढी लगानी भइसकेको छ । वडा नम्बर ५ का वडाध्यक्ष चन्द्र रानामगरले समूहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताए । उनका अनुसार महिला समूहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ ।

  • वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा

    वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने दाबी गरे । उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए ।

    उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । थापाले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए । इलामबाट नेपालमा चुनाव अघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

    ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताका अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईंहरुको बीचमा फेरि जवाफ दिन आउनेछु’ उनले भने, ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका र बेइमानी हो ।

    चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन हो । त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ ।’ महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताए ।

  • मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण

    मेडिकल कलेजका विद्यार्थीलाई अभिमुखीकरण

    काठमाडौं । नेपाल मेडिकल कलेजले नयाँ शैक्षिक सत्रमा स्नातकोत्तर तहमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष डा. भोला रिजालले स्नातकोत्तर कार्यक्रममा भर्ना हुन आएका विद्यार्थीहरुलाई स्वागत गर्दै मेहनत गरेर अध्ययन गर्न सुझाए ।

    डा. रिजालले आफुले मेडिकल शिक्षा अध्ययन गर्दाको समयमा स्नातकोत्तर तह अध्ययन गर्न ४० वर्ष पुरा भएको हुनुपर्ने मान्यता अहिले हटेको बताए । ‘आज २८ वर्ष उमेरका विद्यार्थीहरु पोस्ट ग्राजुएट गर्न आएको देख्दा मलाई गर्व लागेको छ । हाम्रो पालामा ४० नकटी पोस्ट ग्राजुएट गर्न हुँदैन भन्ने मान्यता राखिन्थ्यो भने, अहिले आएर एमविविएस पास गरिसकेपछि जसले इन्र्टनशिप पुरा गर्छ त्यसलाई पोस्ट ग्राजुएट गर्न रोक्नुहुँदैन भन्ने लडाईमा हामी छौं ।’ नेपाल मेडिकल एशोसिएसन मातहतमा लडिरहेको लडाईले विद्यार्थीहरुलाई ठूलै उपलब्धी हुने भन्दै डा. रिजालले भने ।

    अरु मुलुकहरुमा एमविविएस पास गरे लगत्तै पोस्ट ग्राजुएट गर्न पाइने प्रावधान अब नेपालमा पनि लागू हुनुपर्ने डा. रिजालको तर्क छ । मेडिकल शिक्षा अध्ययनका लागि नेपाल मेडिकल कलेज उत्कृष्ट गन्तव्य रहेको उल्लेख गर्दै अध्यक्ष डा. रिजालले विद्यार्थीको सिकाई र अध्ययनका लागि कलेज प्रशासन सदैव सहयोगी भूमिकामा रहने बताए । मेडिकल शिक्षा अध्ययन गर्नु भनेको धेरै गाह्रो विषय हो भन्दै त्रासमा रहेर अध्ययन नगर्न सुझाए । ‘तपाईहरु आफ्नो कामदेखि रमाउन सक्नुहोस्, धेरै पढिराख्नु पर्दैन । जब बिरामी तपाईहरुको अगाडी आउँछ उसलाई कसरी खुसी पार्ने, निको पारेर घर पठाउने मात्र सोच्नु होस्, दुखःलाई नै सुख ठान्नुहोस् ।’ उनले भने ।

    कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आफुले एमविविएस गर्दाको समय र अहिलेको पढाईमा धेरै अन्तर आइसकेको बताउँदै मेहनत र लगनशील भएर अध्ययन गर्ने विद्यार्थीहरुले सधैं सफलता प्राप्त गर्ने बताए । ‘मेडिकल शिक्षा विशिष्टीकृत विषय हो । ४० वर्ष मैले पिजी पाउँदा मलाई सर्जन भइसके लागेको थियो । जब पढ्न गएँ बेकार पढ्न आएँ जस्तो लाग्यो । धेरै मेहनत गर्नुपर्दथ्यो । अल इण्डीया इन्ष्टिच्युटबाट परीक्षा लिन आउँथे । प्रोफेसरहरुले ओटीमा केही गल्ती गरे कुटीपनि हाल्थे । राती राम्ररी सुत्न पाइदैनथ्यो । राम्ररी खान पाइँदैनथ्यो ।’ तर, त्यसबेला गरेको मेहनतले सफलता प्राप्त गरेको भन्दै प्रा.डा. अन्सारीले विद्यार्थीहरुलाई मेहनत गर्न सिक्नुपर्ने बताए ।

    प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेज गुणस्तरीय मेडिकल शिक्षाका लागि सदैव विद्यार्थीको पक्षमा रहेको बताउँदै विगतको जस्तो मेडिकल शिक्षा अध्ययन गर्न बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको जनाए । विद्यार्थीले हासिल गरेकाे सफलतामा कलेजले गर्व गर्ने भएकाले मेहनतका साथ लगनशील भएर अध्ययन गर्न प्रा.डा. अन्सारीले जाेड दिए ।

    यस्तै, कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्रीले मेडिकल शिक्षाको क्षेत्रमा कलेजले दक्ष जनशक्ति उत्पादन र स्वास्थ्य सेवामा राम्रो काम गरिरहेको बताउँदै पोस्ट ग्राजुएट गर्न आएका विद्यार्थीको सिकाईमा कलेजले कुनै कम्प्रोमाइज नगर्ने बताउँदै विद्यार्थीले पनि कलेजको अनुशासन र नियममा रहेर अध्ययन गर्नुपर्ने बताए ।

    कार्यक्रममा बोल्दै कलेजका अस्पताल निर्देशक प्रा.डा. मोदनाथ मरहठ्ठाले विद्यार्थी र परिवारले देखेको सपना पुरा गर्न कलेज तत्पर रहेको भन्दै अनुशासनमा रहेर अध्ययन गर्न सुझाए । कलेजमा शैक्षिक सत्र २०२४ का लागि चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर कार्यक्रमका लागि ६० वटा सिट निर्धारण गरेको छ ।

    अभिमुखीकरण कार्यक्रममा कलेजका हस्पिटल डाइरेक्टर डा. राजेश किशोर श्रेष्ठ, निर्देशक डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योति खड्का लगायत विभिन्न विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

  • ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

    ओयाममा पुस्तक बिमोचन, चर्चा र कविता प्रतियोगिता सम्पन्न

    पाँचथर । स्व. रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको छ । पाँचथरको आयोयममा एक कार्यक्रमका विच पुस्तक बिमोचन तथा  पुस्तक चर्चा र  कविता प्रतियोगिता सम्पन्न भएको छ । उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए ।

    सो अवसरमा ओयामका शिक्षासेवी भिमकुमार सेलिङ द्वारा लिखित ओयाम दर्पण र सेलिङ पुत्री लिला सेलिङ माबो द्वारा लिखित याक्थुङ लिम्बू भाषाको कविता कृति सेप्माङ्लक को चर्चा गरिएको थियो । पुस्तकमाथि प्रमुख अतिथि जबेगुसँगै फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङ, साहित्यकार मधुराज केरुङ, मनोज राई, बाबुराम पौडेल र सुनिल आङबोले समिक्षात्मक टिप्पणी राखेका थिए।
    सो अवसरमा लेखक द्वय भिमकुमार सेलिङ र लिला सेलिङ माबोलाई याङवरक गाउँपालिका, ३ नं।वडा कार्यालयले सम्मान गरेको थियो। लेखनको माध्यमबाट ओयामको प्रतिष्ठा उच्च बनाउन योगदान पु¥याएकोमा लेखक द्वयलाई सम्मान गरिएको वडा अध्यक्ष बिमल राईले बताए ।

    कार्यक्रममा आयोजित कविता प्रतियोगितामा पवित्रा प्रयत्न प्रथम, बिनोद ओडारी द्वितीय र उमा ओडारी त्रितीय भएका थिए। उनीहरुलाई नगद पुरस्कार र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

  • Михаил Зборовский: будущее Cosmobet и всей индустрии к 2030 году

    Онлайн-казино как явление стремительно меняется под влиянием технологий, регулирования и запросов игроков. Михаил Зборовский, бенефициар Cosmobet, считает, что в ближайшие годы онлайн-жизнь будет только расти и развиваться.

    Чего конкретно стоит ожидать от индустрии?

    Изменения сегодня – меняют будущее завтрашнего дня. Давайте разберемся.

    • Полноценное внедрение криптомонет: Существует множество альтернатив фиатным деньгам. Однако многие это игнорируют. В мире онлайн-досуга должны быть и виртуальные деньги.
    • Развитие виртуальной реальности: К 2030 году цифровые казино станут реальностью, позволяя игрокам перемещаться по цифровым игорным залам и взаимодействовать с другими пользователями.

    Сравнение гемблинга сегодня и в 2030 году

    Технический прогресс удивляет нас каждый день, то, что было невозможным несколько лет назад, уже стало реальностью. Индустрия азартных развлечений не должна стоять в стороне от прогресса. Только систематические инвестиции и привлечение новых умов приведут нас к чему-то новому.

    Фактор 2025 год 2030 год
    Безопасность Защита данных, 2FA Полный контроль через AI, биометрическая аутентификация
    Платежи Карты, электронные кошельки Криптовалюты, мгновенные блокчейн-транзакции
    Игровой опыт Онлайн-казино с живыми дилерами Полноценные VR/AR-игровые залы

    Пытаясь предсказать что-то, мы создаём это уже сегодня. Не стоит полагаться, что кто-то сделает работу за нас. Множество операторов будут ориентироваться на прорывные решения и адаптироваться под них. Соответственно, только “первопроходцы” новых технологий смогут устоять в ужесточённой конкуренции.

  • Михаил Зборовский: грядущие изменения в индустрии развлечений

    Современные технологии стремительно меняют сферу развлечений, делая ее более интерактивной, персонализированной и безопасной. Михаил Зборовский считает, в ближайшие годы нас ждут глобальные изменения в индустрии развлечений, и ключевую роль в этом сыграют искусственный интеллект.

    Технологии, что определят будущее индустрии развлечений

    Гемблинг – одна из самых быстрорастущих отраслей, в ближайшие 5-10 лет нас ждут следующие изменения:

    • Рост мобильного гемблинга. Более 70% ставок уже совершаются через смартфоны, и эта доля продолжит расти.
    • Интеграция AI в онлайн-казино. Системы будут автоматически анализировать поведение игроков и предотвращать мошенничество.
    • Создание метавселенных для гемблинга. Пользователи смогут взаимодействовать в виртуальной среде, участвовать в турнирах и соревнованиях.
    • Развитие ответственного гемблинга. Технологии помогут предупреждать игровую зависимость и защищать пользователей.

    Будущее – уже наступило

    Индустрия развлечений – это слияние технологий и максимальная персонализация. Визионер Михаил Зборовский утверждает: 

    – “Уже в ближайшие годы нас ждет более безопасный, инновационный и захватывающий формат развлечений, который изменит привычный мир гемблинга, видеоигр и онлайн-казино.”